• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, भदौ २३, २०८३
☰
मङ्गलबार, भदौ २३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

सरकारी राँगो मार हान्न तीन लाख ३० हजार रुपैयाँ बोलकबोल


  •   सोमबार, कार्तिक ०६, २०८० मा प्रकाशित
  • म्याग्दी । नवदुर्गा भगवती मन्दिर शक्तिपीठमा पशु बलि दिने हिन्दु धार्मिक परम्पराअनुसार म्याग्दीको रघुगंगा गाउँपालिका २ स्थित भगवतीकोट मन्दिरमा बलि चढाइने सरकारी राँगो मार हान्न (काट्न) तीन लाख ३० हजार रुपैयाँ बोलकबोल भएको छ ।

    Advertisement

    प्रतिस्पर्धामा सबैभन्दा बढी तीन लाख ३० हजार कबोल गरेका रघुगंगा गाउँपालिका २ सिजलगाउँका एकेन्द्र भण्डारीले पुजा व्यवस्थापन समितिलाई कबोल गरेको रकम नगद दाखिला गरेपछि नवदुर्गालाई बलि चढाइने राँगो मार हान्ने पक्का गरिएको हो । भण्डारीलाई रघुगंगा गापा ३ पिप्लेका उमेश आचार्यले ३ लाख २० हजार ५ सय रुपैयाँ बोलेर पछ्याएका थिए ।

    ‘यो यस क्षेत्रकै ऐतिहासिक कोट मन्दिर हो । यहाँको सरकारी राँगो काटेपछि मनले आँटेको पुग्छ भन्ने जनविश्वास भएकोले दुर्गा भगवतीलाई बलि चढाइने राँगो मार हान्न ठूलो हानथाप नै हुन्छ,’ भगवतीकोट मन्दिर पुजा व्यवस्थापन समितिका सचिव कृष्ण शाहीले भने, ‘बाइसे/चौबिसे राज्यकालदेखि यहाँको कोट मन्दिरमा बढीबढाउ गरी राँगो हान्ने (काट्ने) चलन छ । यस वर्ष बोलकबोलमा बढी रकम बोलेका सिजलगाउँका एकेन्द्र भण्डारीले सरकारी राँगो मार हान्ने भएका छन ।’

    भगवती कोट मन्दिर पुजा व्यवस्थापन समितिले सरकारी राँगोको मूल्य ६७ हजार रुपैयाँ तोकेको थियो । सुरुमा भगवतीकै एकेन्द्र शाहीले एक लाख ५१ हजार बोलकबोल गरी सरकारी राँगो मार हान्ने बढाबढको सुरुआत गरेका थिए । कालरात्रीको राति ९.३० बजेदेखि १०.३० बजेसम्म हजारौं सर्वसाधारणको बिचमा बोलकबोल गरिएको थियो । प्रतिस्पर्धामा एकेन्द्र शाही, साजन थापा, उमेश जैसी र एकेन्द्र भण्डारी सहभागी थिए ।

    कालरात्रीको राति १२ बजे भगवती मन्दिरमा ‘निमको पाठो’ बलि दिन त्यसक्षेत्रका हजारौं सर्वसाधारण कोट मन्दिरमा भेला हुने प्रचलन छ । जिल्लामा ‘धजाअक्षेता’ शीर्षकमा सरकारी खर्च आउने यो एक मात्र कोट मन्दिर हो । गुठी संस्थानले मालपोत कार्यालय मार्फत हरेक वर्षको दसैंमा ‘धजाअक्षता’ खर्च पठाउने गरेको छ ।

    कोट मन्दिरमा कालरात्रीको दिन नीमको पाठो बलि चढाउनु पुर्व खुल्ला रुपमा ‘सरकारी राँगो मार हान्न’ बढीबढाउ गरिन्छ । राखुभगवती कोट मन्दिरमा निर्धारित १ घन्टाको समयावधिमा बढीबढाउ क्रम चल्छ । मार हान्न इच्छुकहरूले समितिमा नाम लेखाउनु पर्छ । सोही अनुसार सूचीकृत भएका व्यक्तिहरूले पालोपालो रकम बोलकबोल गर्ने र जस्ले धेरै रकम बोल्छ उसैले राँको काट्न दिने गरिन्छ ।

    बढी रकम तिरेका केसीले आज नवमीको दिन दिउँसो डाँडामा घाम डुब्ने बेला (३/४ बजे) बिचमा राखुभगवती कोट मन्दिरको मौलोमा सरकारी राँगो मार हान्ने छन् । यहाँको कोट मन्दिरमा राँगाको बलि दिएको हेर्न रघुगंगा गाउँपालिका १ देखि ४ वडासम्मका हजारौं श्रद्धालु पुग्छन् ।

    त्यसस्तै सरकारी राँगो मार हान्न उत्तरी क्षेत्रको अन्नपूर्ण गाउँपालिका ६ घार, बेनी नगरपालिका, २ गौस्वारा र धवलागिरी गाउँपालिका, ७ स्थित ताकम कोट मन्दिरमा पनि बोलकबोल गर्ने गरिन्छ । तर यहाँको मन्दिरमा राखुभगवती मन्दिरमा जस्तो महँगो मूल्य तोक्ने गरिन्न ।

    तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहकी रानी सूवर्णप्रभा तीर्थाटनका लागि मुक्तिनाथ आउँदा मुक्तिनाथ मन्दिरको नियमित पूजा सञ्चालनार्थ म्याग्दीको राखु पिप्ले, भगवती, मौवाफाँट, कटुवाल थर र दोवामा २८ हजार ८ सय ९३ रोपनी ९ आना,एक पैसा, एक दाम ( २८८९३–९–१–१ ) क्षेत्रफलको जग्गा गुठी राखी राखुका सुवेदीहरूलाई सदाका लागि मुक्तिनाथ मन्दिरका पूजारी तोकी दिएकी थिइन ।

    सोही समयदेखि यहाँको भगवती कोट मन्दिरमा पनि पूजा सञ्चालन खर्च आउने थोको हो । पछिल्ला वर्ष गुठी सञ्चालन धजाअक्षता खर्च भनी हरेक वर्ष दसैंमा तीन हजार पठाउने गरेको छ ।

    सोमबार, कार्तिक ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    भर्खरै

    • १.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • २.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • ३.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer