• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, असार ०२, २०८३
☰
मङ्गलबार, असार ०२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: असार २०८३

कोठा लिएर सेवा गर्दै आएको मानव सेवा आश्रम बागलुङ शाखाको अब आफ्नै भवन


  •   बुधबार, कार्तिक ०८, २०८० मा प्रकाशित
  • काठमाडौं । पाँच जनाको पहलमा २०७३ चैत २१ गते आठौँ शाखाको रूपमा स्थापना भएको मानव सेवा आश्रम बागलुङ शाखाको अहिले आफ्नै भवन निर्माणको अन्तिम चरणमा छ ।

    Advertisement

    युनिटीलाईफको अलपत्र जग्गा सदुपयोग गरेर बागलुङ नगरपालिका-३ स्थित किनाराटोलमा सञ्चालित सो आश्रम आफ्नै भवनमा सर्ने तयारीमा छ ।

    साँघुरो कोठाबाट सुरु गरिएको मानवता अभियान अहिले सुविधा सम्पन्न भवनबाट प्रदान गर्ने उद्देश्यले २०७७ सालदेखि वडा नं-४ स्थित निरयघाटमा तीन वटा ब्लकको भवन निर्माण भइरहेको छ ।

    अहिले भवन निर्माणको काम ६० प्रतिशतभन्दा बढी पुगेको छ ।

    नगरपालिकाको पहलमा पाँच रोपनी जग्गामा बनिरहेको आश्रमका लागि गण्डकी प्रदेश, स्थानीय तह र मानवता अभियानकर्मीले आर्थिक सहयोग गरिरहेका छन् ।

    भवन निर्माणसहित डिपिआर अनुसारको संरचना तयार गर्न रु. १२ करोड खर्च लाग्ने अनुमान गरिए पनि अहिले मुख्य तीन वटा ब्लक भने अन्तिम अवस्थामा पुगेका छन् ।

    तीन वर्षमा भवन निर्माण गर्न हालसम्म तीन करोड २५ लाख खर्च भइसकेको आश्रमका अभिभावक तथा भवन निर्माण समितिका अध्यक्ष शिव खड्काले जानकारी दिए ।

    उनका अनुसार गण्डकी प्रदेश सरकारले रु एक करोड ५० लाखका साथै सामाजिक विकास कार्यालयबाट रु. ५० लाख, रघुगङ्गा गाउँपालिकाबाट रु. पाँच लाख, गलकोट नगरपालिकाबाट रु. चार लाख, ताराखोला गाउँपालिकाबाट रु. दस लाख, बागलुङ नगरपालिकाबाट रु. सात लाख, बरेङ गाउँपालिकाबाट रु. छ लाख, बडिगाड गाउँपालिकाबाट रु. दस लाख, बेनी नगरपालिकाबाट रु. चार लाख र कालिका मन्दिरबाट रु. दस लाख गरी रु. एक करोड छ लाख व्यहोरिएको थियो ।

    “सुविधा सम्पन्न भवन निर्माणका लागि गण्डकी प्रदेश सरकारसहित स्थानीय पालिकाको सहयोग छ” उनले भने “अझै तीन करोड खर्च भएमा मात्रै आश्रमले सेवा दिन सक्नेगरी भवन तयार हुन्छ ।”

    आश्रमले अहिले बागलुङ नगरपालिका-३ स्थित किनाराटोलबाट अस्थायीरुपमा सेवा दिइरहेको छ ।

    आश्रममा अहिले ५५ बेसहारा सडक मानवलाई आश्रय दिइरहेको शाखाका संयोजक विपना तामाङले बताए ।

    भवनको ‘ए’ ‘बी’ र ‘सी’ ब्लक भवनको तीन तला ढलान भएर अहिले इँटाको पर्खाल लगाउने कार्य भइरहेको छ ।

    आश्रममा हाल व्यक्तिगत रूपमा समेत रु. छ लाख ४८ हजार ४८६ सङकलन भएको छ ।

    आश्रममा धौलागिरिमा सडक तथा पेटीमा भेटिएका बेसाहाराहरुलाई उद्धार गरी उपचार गरेर राखेको सो आश्रमले स्थापना कालदेखि १५२ जनाको उद्धार, २८ जनाको पुनर्मिलन गराइसकेको छ ।

    आश्रम सञ्चालनका लागि संयोजक, स्वास्थ्यकर्मी सहित पाँच कर्मचारी छन् ।

    आश्रम साँघुरो हुँदा केही सहयोगापेक्षीहरुलाई अन्य शाखामा समेत स्थानान्तरण गरिरहेको बताउँदै संयोजक तामाङले आफ्नै भवन निर्माण भएमा म्याग्दी, बागलुङ, पर्वत र मुस्ताङलाईसमेत सडक मानवमुक्त बनाइने जानकारी दिए ।

    स्वास्थ्य सेवाका लागि समेत छुट्टै कक्षको स्थापना गरिएको सो आश्रममा एक आश्रितका लागि मासिक रु. १५ हजार खर्च लागेपनि हालसम्म मुठ्ठीदानबाटै सेवा सञ्चालन हुँदै आइरहेको छ ।

    आश्रमका लागि जन्मोत्सव, पितृकार्य र अन्य शुभकार्यमा सङ्कलित रकमले पनि टेवा दिँदै आएको छ।

    बुधबार, कार्तिक ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल असार २ गते (१६

    • ५.
      मासिक राशिफल: असार २०८३

    भर्खरै

    • १.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      मासिक राशिफल: असार २०८३

    • ३.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer