काठमाडौं । सिरहामा विद्यार्थीले शुल्क नतिरेको भन्दै बन्धक बनाउने स्कुल सञ्चालक पक्राउ परेका छन् । लहान नगरपालिका- ४मा रहको पाराडाइज एकेडेमीका सञ्चालकसमेत रहेका प्रिन्सिपल राकेश गुप्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
Advertisement
कक्षा १ मा अध्ययनरत सचिन रामलाई पाराडाइज एकेडेमीका सञ्चालकसमेत रहेका प्रिन्सिपल राकेश गुप्ताले दसैँमा फि नबुझाएको भन्दै घरमा थुनेर राखेपछि प्रहरीले विद्यार्थीको उद्धार गरेको छ । प्रहरीले बोर्डिङ सञ्चालक राकेश गुप्तासहित तीनजनालाई नियन्त्रणमा लिएको छ ।
छोरालाई स्कूलले बन्धक बनाएको भन्दै उनका बुवा दीपेन्द्रले उद्धार गरिदिन इलाका प्रहरी कार्यालय लहानलाई गुहारेका थिए। त्यहाँका डीएसपी भोला भट्ट आफैँ विद्यालय पुगेर आज बालकको उद्धार गरेका हुन्।




