काठमाडौं । आज पहाडी इलाकाका १-२ स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा र हिमाली भेगमा हल्का हिमपात हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
Advertisement
मुलुकको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव छ । सोही वायुको प्रभावका कारण आज दिउँसो पहाडी भेगमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सफा रहनेछ । पहाडी इलाकाका १-२ स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। यस्तै, उच्च पहाडी तथा हिमाली भूभागका १-२ स्थानमा हल्का हिमपातको सम्भावना छ ।
आज राति पहाडी भूभागमा आंशिक बदली तथा बाँकी क्षेत्रमा मौसम सफा रहनेछ।




