• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

फेसबुकमा प्रोफाइल पिक्चर के राख्दा र कहिले परिवर्तन गर्दा राम्रो ? हेर्नुहोस्


  •   शुक्रबार, कार्तिक १०, २०८० मा प्रकाशित
  • काठमाडौं । हिजोआज सामाजिक सञ्जाल हाम्रालागी अनिवार्य आवश्यकता जस्तो बनेको छ । हामि हाम्रा अरु समय घटाउन सक्छौं, तर  सामाजिक सञ्जाल प्रयोगको समय घटाउन सक्दैनौ । सामाजिक सञ्जाल प्रयोग गर्दा सबैभन्दा महत्वपुर्ण कुरा हो, प्रोफाइल फोटो । प्रोफाइल फोटो कस्तो राख्ने र कहिले परिबर्तन गर्ने भन्ने कुरा हरेक ब्यक्तिपिच्छे फरक-फरक भए पनि फेसबुकमा प्रोफाइल फोटो कहिले वा कस्तो राख्ने र कति कति समयमा परिवर्तन गर्नु उपयुक्त हुन्छ भन्ने प्रश्नको जवाफ ठ्याक्कै  पाईदैन । तरपनि  फेसबुक प्रोफाइल परिवर्तन गर्ने  बारे सामान्य नियमहरु पक्कै छन्, जसले तपाईलाई असामाजिक देखिनबाट बचाउछ ।

    Advertisement

    हुन त फेसबुकमा तपाईँ कसरी उपस्थित हुनुहुन्छ भन्ने कुराले तपाईँको व्यक्तित्व झुल्काएको हुन्छ । यसैसँग तपाईँको प्रोफाइल फोटो पनि जोडिएको हुन्छ । तपाईँको प्रोफाइल फोटो पुरानो भयो भने पनि फेसबुक आफैंले प्रोफाइल फोटोलाई यथावत् नै राखिदिन्छ । भन्नुको अर्थ, तपाईँले नगरेसम्म तपाईँको फेसबुक प्रोफाइलमा कुनै परिवर्तन आउँदैन ।

    त्यसैले फेसबुक प्रोफाइल कहिले परिवर्तन गर्ने ? कस्तो प्रोफाइल राख्ने भन्ने कुरा तपाईँमै निर्भर हुन्छ । आज हामी कस्तो अवस्थामा फेसबुकको प्रोफाइल फोटो परिवर्तन गर्ने भन्ने विषयमा चर्चा गर्दैछाैं ।

    फेसबुक प्रोफाइलले मानिसको व्यक्तित्वलाई मात्र नझुल्काएर स्वयम् व्यक्तिलाई प्रतिनिधित्व गरेको हुन्छ । तपाईँ वास्तविक समयमा जस्तो देखिनु हुन्छ, त्यस्तै प्रोफाइल फोटो राख्नुहोस् ।

    उदाहरणका लागि मान्नुस् तपाईँ दारी पालिरहनु हुन्छ । र, प्रोफाइल फोटोमा पनि दारी भएकै फोटो राख्नुभएको छ । तर, एक्कासि तपाईँले क्लिन सेभ गर्नुभयाे, तर प्राेफाइल फोटो उही राख्नुभयाे भने फेसबुक फ्रेन्डले तपाईँलाई चिन्न सकस पर्न सक्छ ।

    त्यसैले तपाईंले त्यस्तो प्रोफाइल फोटो राख्नुपर्छ, जसले वास्तविक तपाईंलाई नै प्रस्तुत गरेकाे हाेस् । यदि तपाईंको आवरणमा परिवर्तन आएको छ भने प्रोफाइल फोटो परिवर्तन गर्नु उपयुक्त हुन्छ ।

    यदि तपाईंको प्रोफाइल फोटो वर्षौंअघिको छ भने त्यसले तपाईँलाई प्रतिनिधित्व नगर्न सक्छ । अथवा जस्तो तपाईँ फोटोमा देखिनुभएको छ, अहिले तपाईँको लुक्स परिवर्तन भएको हुन सक्छ । यस्तोमा प्रोफाइल फोटो परिवर्तन गर्न सक्नुहुन्छ ।

    आफू अनलाइन अकाउन्टमा सक्रिय छु भन्ने देखाउन प्रोफाइल फोटो परिवर्तन गर्न सक्नुहुन्छ ।

    सामाजिक सञ्जालमा एकरूपता ल्याउन निकै आवश्यक हुन्छ । एउटै फोटोलाई विभिन्न सामाजिक सञ्जालमा प्रोफाइल फोटोका रूपमा राख्दा त्यसले एकरूपता कायम गर्छ ।

    भन्नुको अर्थ तपाईँलाई फेसबुकमा चिन्ने मान्छेले इन्स्टाग्राम, टिकटक वा ट्वीटरमा तपाईँको उस्तै प्रोफाइल फोटो देखेर पहिचान गर्न सक्छ । त्यसैले तपाईँका सबै सामाजिक सञ्जालका अकाउन्टमा फरक-फरक प्रोफाइल फोटो छ भने परिवर्तन गरेर एउटै फोटो राख्नु राम्राे हुन्छ ।

    हरेक वर्ष प्रोफाइल फोटो परिवर्तन गर्नु राम्रो

    मानव शरीरमा हरेक सेकेन्ड सूक्ष्म परिवर्तन भइरहेको हुन्छ । यी परिवर्तनलाई वर्षभरको हिसाब गर्ने हो भने तपाईंको शरीरमा प्रस्ट देखिने कुनै परिवर्तन पक्कै भएको हुन्छ ।

    त्यसैले हरेक वर्ष सामाजिक सञ्जालको फेसबुक प्रोफाइल परिवर्तन गर्नु उपयुक्त हुन्छ ।

    जतिबेला तपाईंलाई प्रोफाइल फोटो परिवर्तन गर्ने इच्छा हुन्छ, त्यही बेला परिवर्तन गर्न सक्नुहुन्छ

    प्रोफाइल पिक्चरलाई लिएर फेसबुकले त्यस्तो कुनै नीति वा नियम बनाएको छैन ।

    त्यसैले तपाईंलाई जतिबेला फोटो परिवर्तन गर्न इच्छा लाग्यो, त्यतिबेला परिवर्तन गर्न सक्नुहुन्छ । यता फेसबुकले भने तपाईंका पुराना प्रोफाइल फोटो भण्डारण गरेको हुन्छ ।

    आफ्नो प्रोफाइल फोटोमा राम्रो कुरा खोज्नुहोस् ।

    हरेकले आफ्नो प्रोफाइल फोटो आकर्षक बनाउन खोजिरहेका हुन्छन् । विशेषगरी कुनै औपचारिक वा आफूलाई विशेष लागेको फोटो प्रोफाइल फोटोका रूपमा राख्ने प्रवृत्ति छ ।

    कुनै कम्पनीको प्रोफाइल फोटो भने लोगो राख्ने गरिन्छ । लोगो विरलै परिवर्तन हुने कुरा हो । त्यसैले कम्पनीकाे हकमा पनि प्रोफाइल पिक्चर विरलै परिवर्तन हुने गरेको पाइन्छ ।

    समग्रमा प्रोफाइल पिक्चर तलका अवस्थामा परिवर्तन गर्दा उपयुक्त हुन्छ:

    – तपाईंको शारीरिक आवरणमा परिवर्तन हुँदा (जस्तै कपाल काटेको बेला, तौल घटेको वा बढेको अवस्था वा त्यस्तै कुनै परिवर्तन भएमा)

    – विशेष अवसर जस्तै; बिहे, जन्मदिन, ग्य्राजुएट हुँदा, वा उपहार तथा सम्मान पाएको पल कैद गर्न उक्त फोटो प्रोफाइलका रूपमा राख्न सक्नुहुन्छ ।

    – नयाँ संस्थामा काम गर्दा वा आफूले आफ्नो व्यवसाय परिवर्तन गरेको अवस्थामा प्रोफाइल फोटो परिवर्तन गर्न सक्नुहुन्छ ।

    – आफ्नो अहिलेको इच्छा वा व्यक्तित्व दर्शाउन प्रोफाइल फोटो अपडेट गर्न सक्नुहुन्छ ।

    प्रोफाइल फोटो राख्दा के कुरामा ध्यान दिने ?

    – उच्च गुणस्तरको फोटो राख्ने, विशेषगरी तपाईंको अनुहार फोकस भएको फोटो राख्दा राम्रो ।

    – तपाईंको अनुसार प्रस्ट देखिने फोटो राख्नुहोस् ।

    – मधुरो, धेरै चम्किलो वा धमिलो फोटो नराख्नुहोस् ।

    – उत्तेजक बनाउने वा तपाईँको व्यक्तित्वबारे धेरै कुरा प्रस्ट पार्ने फोटो नराख्नुहोस् ।

    शुक्रबार, कार्तिक १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ३.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      मासिक राशिफल: वैशाख २०८३

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      वार्षिक राशिफल: २०८३

    • ७.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer