• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, बैशाख ०३, २०८३
☰
बिहिबार, बैशाख ०३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

पृथ्वीकै परिक्रमा ‘सुस्त’ बनाईदिने संसारकै ठूलो थ्री गर्जेज जलविद्युत आयोजना


  •   शुक्रबार, कार्तिक १०, २०८० मा प्रकाशित
  • एजेन्सी । चीनले २२ हजार ५ सय मेगावाट क्षमतायुक्त ‘थ्री गर्जेज’ बाँध सन् २००३ मा बनायो । अहिले यसलाई विश्वको सबैभन्दा ठूलो जलविद्युत बाँध मानिन्छ ।

    Advertisement

    यो परियोजना १९९४ मा सुरु भएको थियो । जब चीनले अत्यधिक बढ्दो जनसंख्याको माग पूरा गर्न ऊर्जा उत्पादनका लागि हरियाली र अधिक प्रभावकारी तरिका खोजिरहेको थियो । साथै, देशभरि प्रविधिको वृद्धि भएको थियो ।

    यो बाँध पनि अर्को महत्वपूर्ण उद्देश्यले निर्माण गरिएको थियो । याङ्जी नदीको आकारका कारण स्थानीयले बाढीको सामना गरिरहेका थिए । विशेषगरी वर्षायाममा लाखौं बासिन्दालाई प्रभावित पारेको थियो । बाँध हुबेई प्रान्तभित्रका मानिसका जीवनस्तर सुधार गर्न निर्माण गरिएको थियो । तर, यसले पृथ्वीको परिक्रमा पनि सुस्त बनायो ।

    बाँधले पृथ्वीलाई परिक्रमा गर्न ढिलो गर्न सक्छ?

    धेरै मानिसले आफ्नो निर्णय गर्नुपूर्व यसबारे कम्तिमा तीनपटक सोच्नेछन् किनभने यो घटनाबारे पहिलोपटक सुन्दा सबैको यस्तै प्रतिक्रिया आउने गर्छ । बाँध निर्माण गर्दा यसमा अत्याधुनिक प्रविधि जस्तै, अत्याधुनिक हाइड्रो टर्बाइन उच्च दक्षतासाथ डिजाइन गरिएको थियो ।

    बाँधको पछाडिको वास्तुकला यति राम्रो छ कि यसले ३९ हजार अर्ब किलो पानी (१० हजार अर्ब ग्यालन पानी) समुद्र सतहबाट १ सय ७५ मिटर उचाइमा पुर्याउन सक्छ ।

    यति धेरै पानी जम्मा भएका कारण यसले यति ठूलो प्रभाव सिर्जना गर्न पुग्यो कि बाँधका माध्यमबाट पानीको उच्च मासका कारण पृथ्वी घुम्दा केही गति गुमाउँछ । यो क्षण मुख्यतयाः ग्रह वरिपरि चलिरहेको पानीको विशाल संरचना बन्ने गर्छ ।

    यद्यपि, यसले हामीलाई त्यति असर गर्दैन जति नासाको हिसाबमा बाँधले पृथ्वीको परिक्रमा ०.०६ माइक्रोसेकेन्डले मात्र ढिलो गर्छ । पृथ्वीको यो परिक्रमा वास्तवमा चन्द्रमाको स्थिति, भूकम्प र हालसालै प्रमाणित जलवायु परिवर्तन जस्ता अन्य कारण प्रायः सुस्त हुन्छ ।

    अझ चाखलाग्दो के छ भने पृथ्वीको परिक्रमाले समयलाई पनि असर गर्छ । हरेक पाँच वर्षमा दिनलाई एक मिलिसेकेन्डले लामो बनाउँछ । त्यसैले भविष्यमा दिन घन्टाले लामो हुनसक्छ । यसले उत्तरी ध्रुवलाई दुई सेन्टिमिटरले सार्न पनि सक्छ छ ।

    के बाँध यसको लायक थियो?

    त्यतिबेला यो परियोजनामा चीनको सबैभन्दा ठूलो लगानी थियो । बाँधको कूल लागत २८ अर्ब अमेरिकी डलरभन्दा बढी थियो। ठूलो मूल्य बिन्दुबाहेक बाँधले रोकेको पानीको उच्चमात्राका कारण यसले चीनको पश्चिमी क्षेत्रभित्र साना भूकम्प सिर्जना गरेको थियो ।

    चीनका जनतालाई सुरक्षित राख्न उक्त क्षेत्रका १३ लाख मानिसलाई बाँधबाट उत्पन्न हुने भूकम्प अस्थिर भएकाले स्थानान्तरण गर्नुपरेको थियो ।

    बाँध निर्माणका कारण मानिसले मातृभूमि छाड्नुका साथै ऐतिहासिक सम्पदाहरू पनि ध्वस्त पारेको छ र अहिले लोप हुने खतरामा परेका विभिन्न प्रजातिका जीवजन्तुहरूको पारिस्थितिकीय प्रणाली पनि नष्ट भएको छ ।

    अमेरिकी सञ्चार संस्था सिएनएनको यो लेखमा लेखकले बाँध, यसले हुबेई प्रान्तभित्रका मानिसलाई यो निर्माण हुनुअघि र पछि कसरी असर गरेको थियो भन्ने केही प्रशंसनीय तर्क दिन्छन् ।

    बाँधले वास्तवमा तीन प्रान्तका १ सय १४ सहर र १ हजा ६ सय ८० गाउँका बासिन्दा प्रभावित भएका छन् । त्यसबेला चीनमा कम्युनिस्ट शासन भएका कारण बाँधको विरोध गर्न बाहिर निस्केकालाई सरकारले दमन गरेको थियो । त्यहाँ बाँध निर्माण प्रक्रिया र निर्माण भएपछि यसका काम देखाउने बारे पुरानो वृत्तचित्र पर्याप्त छ ।

    समग्रमा, बाँधले चिनियाँ जनताको जीवनस्तर सुधार गर्नुको सट्टा थप हानी पु¥याएको देखिन्छ । यद्यपि, इन्जिनियरिङका हिसाबले यो बाँध नमुना रहेको छ ।

    शुक्रबार, कार्तिक १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      वार्षिक राशिफल: २०८३

    • ३.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ५.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८२ साल चैत १६ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer