• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ११, २०८३
☰
शुक्रबार, बैशाख ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

नेपालमा आज राति १ बजे आईपुग्दैछन् गुटेरेस, यस्ता छन् उनका कार्यक्रम


  •   शनिबार, कार्तिक ११, २०८० मा प्रकाशित
  • काठमाडौँ । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरस नेपालको चार दिने भ्रमणका लागि राति १ बजे काठमाडौँ आइपुग्दै छन् । उनी काठमाडौँ उत्रेपछि विमानस्थलको अतिविशिष्ठ कक्षमा नेपाली सेनाको काली दल गणको सम्मान गारदले सलामी दिने कार्यक्रम रहेको छ । परराष्ट्रमन्त्री एननी साउद र परराष्ट्र सचिव भरतराज पौडेलले विमानस्थल पुगेर स्वागत गर्नेछन् । उनको स्वागतमा रातो कार्पेटको व्यवस्था गरिएको छ ।

    Advertisement

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मैत्रीमूर्ण निमन्त्रणामा उनी नेपालको औपचारिक भ्रमणमा आउन लागेका हुन् । उनी कतार एयरको उडान नम्बर क्यूआर ६ सय ४४ मा अमेरिकाबाट दोहा हुँदै काठमाडौं ओर्लन लागेका हुन् ।

    दिउँसोबाट विमानस्थलमा सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी, विमानस्थल सुरक्षाका लागि खटिएका छन् ।

    यतिबेला काठमाडौको सुरक्षा ब्यवस्था निकै कडा पारिएको छ । आइतबार दिउँसो गुटेरस र परराष्ट्रमन्त्री साउदबीच द्विपक्षीय भेटवार्ता हुनेछ ।

    लगत्तै उनले प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने छन् । त्यसपछि उनले पूर्वप्रधानमन्त्रीहरुसँग सामूहिक भेटवार्ता गर्ने कार्यक्रम छ ।

    आइतबारै महासचिव गुटेरस ललितपुरको पाटन दरबार स्क्वायरको अवलोकन भ्रमणमा जाने र साँझ प्रधानमन्त्री प्रचण्डले आयोजना गर्ने रात्रिभोजमा सरिक हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    सोमबार (१३ कात्तिकका दिन) महासचिव गुटेरस सोलुखुम्बुको स्याङ्बोचे पुग्नेछन् । जलवायु परिवर्तनको असरलाई बुझ्न उनी सोलुखुम्बुसम्म अवलोकनका लागि जान लागेका हुन् ।

    सोलुखुम्बुबाट काठमाडौँ फर्केपछि गुटेरेस ललितपुरस्थित यूएन हाउसको कार्यक्रममा सहभागी हुने भएका छन् ।

    सोमबार साँझ उनी पोखरा गएर बास बस्ने कार्यक्रम छ । कात्तिक १४ गते बिहान उनी पोखराबाट अन्नपूर्ण सर्किट अवलोकनमा जानेछन् । अन्नपूर्ण सर्किटबाट फर्केपछि पोखरास्थित पुरानो विमानस्थलमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय भएको छ ।

    मंगलबार उनी गौतम बुद्धको जन्मस्थल लुम्बिनी जानेछन् । लुम्बिनीबाट फर्केपछि मंगलबार नै अपरान्ह ४ बजे संघीय संसद्का दुवै सदनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    बुधबार (१५ कात्तिक) बिहान १० बजे महासचिव गुटेरेस संयुक्त राष्ट्र संघ मुख्यालय फर्किने कार्यक्रम छ ।

    सन् २०१५ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गरेको संघीय संसदमा त्यसयता विदेशी राष्ट्रप्रमुख तथा विश्वव्यापी संस्थाका पदाधिकारीले सम्बोधन गरेका छैनन् ।

    परराष्ट्र मन्त्रालयका अनुसार महासचिव गुटेरेसको सम्बोधन विश्व शान्ति, नेपालको शान्ति प्रक्रिया, संक्रमणकालीन न्यायको विषयमा केन्द्रित हुनेछ ।

    महासचिव गुटेरेसले नेपालको शान्ति प्रक्रियाबारे सम्बोधन गर्दै गर्दा विस्तृत शान्ति सम्झौता भएको १७ वर्षसम्म पनि संक्रमणकालीन न्याय टुंगिएको छैन ।

    शनिबार, कार्तिक ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      वार्षिक राशिफल: २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer