• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, असार ०२, २०८३
☰
मङ्गलबार, असार ०२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: असार २०८३

शिक्षकहरुले तलब माग गर्दै कार्यालयमा लगाईदिएको ताला २० दिनपछि खुल्यो


  •   शनिबार, कार्तिक ११, २०८० मा प्रकाशित
  • रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकाका कर्मचारी र शिक्षकहरुले तलब माग गर्दै कार्यालयमा लगाएको ताला २० दिनपछि खुलेको छ । तालबन्दी गरे पनि दसैंअघि नगरपालिकाले कसैलाई तलब निकासा दिएन ।२० दिनपछि ताला खोलिए पनि तलब-भत्ता वितरणको छैन टुंगो‚ चालु वर्षको बजेटका लागि अझैसम्म भएन नगरसभा ।

    Advertisement

    तलब दिने सर्तमा खुल्यो नगरपालिकाको ताला

    नगरप्रमुख नै भ्रष्टाचार मुद्दामा अदालतबाट कसुरवार ठहर भएको यो नगरपालिकाले नगरसभासमेत गराउन सकेको छैन । नयाँ प्रशासकीय अधिकृतलाई काम गर्न जनप्रतिनिधिकै अवरोध छ । यसले गर्दा नगरपालिकाको आर्थिक गतिविधि प्रभावित छ । छठ पर्वअघि सबै शिक्षक कर्मचारीको तलब, सामाजिक सुरक्षा भत्ता दिइने सर्तमा आइतबारदेखि कार्यालय सञ्चालनमा आउने गरि जनप्रतिनिधि र कर्मचारीको रोहवरमा ताला खोलिएको हो । नगरपालिकाका ११ जना वडाध्यक्ष, कार्यपालिका सदस्य, शिक्षक र कर्मचारी भेला भई शुक्रबार ताला खोल्ने विषयमा छलफल गरेका थिए ।

    छलफलबाट छठ पर्वअघि तलब खुवाउने सर्तमा ताला खोलिएको शिक्षक रञ्जन खरेलले बताए । उनका अनुसार छलफलमा शिक्षक–कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ता वितरण गराउने जिम्मेवारी वडाध्यक्षहरुले लिएपछि ताला खोलिएको हो । गत असार १० गतेभित्र नगरसभा हुनुपर्ने ऐनमा व्यवस्था भए पनि जनप्रतिनिधिबीच बेमेलले अहिलेसम्म हुन सकेको छैन । त्यसैले नगरपालिकाको आर्थिक गतिविधि शून्य छ । नगरपालिका मातहतका विद्यालयमा ३ सय ५० जना हाराहारी शिक्षक–कर्मचारीको तलब रोकिएको छ । सामाजिक सुरक्षा भत्ता वितरण पनि बन्द छ ।

    दसैंमा पनि तलब पाउने सम्भावना नदेखिएपछि गत असोज १९ देखि शिक्षक–कर्मचारीले नगरपालिकाको मुलगेटमा तालाबन्दी गरेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्वको रकम हिनामिना आरोपमा मुद्दा दर्ता गरेपछि नगरप्रमुख गोपाल राय यादव निलम्बनमा परेका थिए । विशेष अदालतले पनि यादवलाई दोषी ठहर गरिसकेको छ । अहिले कार्यबाहक नगरप्रमुखको जिम्मेवारी उपप्रमुख अमबेय खातुनले पाएकी छन् । ताला खोल्न उपप्रमुख खातुनले पहल नगरेको शिक्षकहरुको आरोप छ ।

    संघीय मन्त्रालयले फतुवा विजयपुरको प्रशासकीय अधिकृतमा उपसचिव सुरेन्द्र प्रधानलाई खटाएको छ । तर जनप्रतिनिधिले विभिन्न आरोप लगाउदै उनलाई हाजिर हुन दिएका छैनन् ।

    शनिबार, कार्तिक ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल असार २ गते (१६

    • ५.
      मासिक राशिफल: असार २०८३

    भर्खरै

    • १.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      मासिक राशिफल: असार २०८३

    • ३.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer