• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, बैशाख ०३, २०८३
☰
बिहिबार, बैशाख ०३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

प्रधानाध्यापकले सुधारेको विद्यालय


  •   आइतबार, कार्तिक १२, २०८० मा प्रकाशित
  • काठमाडौं । नेतृत्वले इमानदारीपूर्वक जिम्मेवारी वहन गर्दा मात्रै पनि कति व्यापक सुधार हुन्छ भन्ने उदाहरण हो, बालाजुको शितला मावि । काठमाडौं महानगर वडा नम्बर १६ मा रहेको यो मावि केही अघिसम्म सायदै नाम सुनिन्थ्यो । अहिले महानगरकै उदाहरणीय विद्यालयको रूपमा गणना हुन थालेको छ ।

    Advertisement

    महानगरले आयोजना गर्ने हरेक प्रतियोगितात्मक कार्यक्रममा शितला माविका विद्यार्थीले पुरस्कार जित्न थालेका छन् ।

    विद्यार्थीको प्रस्तुति र आत्मविश्वास अन्य विद्यालयका विद्यार्थीलाई समेत प्रेरित गर्ने खालको हुन थालेको छ । विद्यालयको प्रस्तुतिमा यो तहको परिवर्तन आउन वर्षदिन पनि लागेको छैन ।

    शितला माविले विद्यार्थीलाई केन्द्रमा राखेर काम गर्न थालेपछि यति छोटो समयमा प्रभावकारी परिवर्तन देखिएको महानगरपालिकाका शिक्षा अधिकृत सीताराम कोइराला बताउँछन् । भन्छन्, ‘सही व्यक्ति सही ठाउँमा पुग्दाको नतिजा हो, यो ।’

    कोइरालाको भनाइ अनुसार विद्यालयका प्रधानाध्यापक लक्ष्मण श्रेष्ठको काम गर्ने शैलीका कारण एक वर्ष नपुग्दै महानगरको टप विद्यालयलाई चुनौती दिन थालेको छ । शितला माध्यमिक विद्यालयले प्रधानाध्यापकको रूपमा लक्ष्मण श्रेष्ठ पाएपछि प्रगतिको बाटो समाएको हो ।

    २०७९ भदौमा महानगरले शिक्षक दरबन्दी मिलान गर्ने क्रममा वडा नम्बर ३२ मा रहेको कोटेश्वर सरस्वती माविमा अंग्रेजी विषय शिक्षक रहेका श्रेष्ठलाई शितला माविमा सरुवा गरेको थियो । सरुवा भएको करिब ६ महिनापछि श्रेष्ठले निमित्त प्रधानाध्यापकको जिम्मेवारी पाएका थिए ।

    जिम्मेवारी पाएपछि उनले विद्यालय सुधारका लागि सबैभन्दा पहिला शिक्षक तयार गर्न थाले । आवश्यक तालिमको व्यवस्था गरे । विद्यार्थीलाई केन्द्रमा राखेर शिक्षकलाई तालिम दिने, प्रशिक्षण दिने, शिक्षा सुधार योजना बनाउने लगायत गर्न थाले ।

    महानगरले प्रक्रिया पुर्‍याएर श्रेष्ठलाई ३० वैशाखमा प्रधानाध्यापकनियुक्त गर्‍यो । प्रधानाध्यापकको जिम्मेवारी सम्हालेको करिब ८ महिनाभित्र उनले देखाएको परिवर्तनले अभिभावक, विद्यार्थी र स्वयं शिक्षकमा उत्साह थपिएको छ । श्रेष्ठ भन्छन्, ‘मैले मेरो र शिक्षक, कर्मचारी साथीहरूले पनि आफ्नो जिम्मेवारी निभाउने वातावरण मात्रै बनाएको हुँ ।’

    विद्यालयले विद्यार्थीकेन्द्रित रहेर योजना बनाउने र त्यसमा विद्यार्थीको सहभागिता बढाउने प्रयास गर्ने हो भने विद्यालयको वातावरण आफैं राम्रो हुने उनको तर्क छ । प्रधानाध्यापक श्रेष्ठ विद्यार्थीकेन्द्रित योजना बनाउने कोसिस गरेकैले सकारात्मक प्रभाव देखिएको बताउँछन् ।

    देशभर सरकारी/सामुदायिक विद्यालय र शिक्षकहरु प्रति उठिरहेका प्रश्न र आम धारणा प्रति, यि र यस्ता सकारात्मक प्रयासले समाजमा निक्कै राम्रो सन्देश दिनेछ । (साभार)

    आइतबार, कार्तिक १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      वार्षिक राशिफल: २०८३

    • ३.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ५.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८२ साल चैत १६ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer