आज २०८० साल कार्तिक १३ गते साेमवार । कार्तिक कृष्णपक्ष द्वितीया तिथि । भरणी नक्षत्र, ६ः२९ बजेपछि कृत्तिका । चन्द्रराशि मेष, १२ः२३ बजेपछि वृष ।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ । पहिलेकाे काम पूरा हुनासाथ नयाँ जिम्मेवारी प्राप्त हुनेछ । आयस्रोत बढ्नेछ । दिगो काम सुरु गर्ने समय छ । दिउँसोदेखि बौद्धिक कलाको प्रभाव बढ्नेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ । पहिलेको दुविधाले निर्णायक मोड लिनेछ । हतारमा निर्णय लिँदा केही काम दोहोर्याउनुपर्ने हुन सक्छ ।
वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
खर्चिलाे काममा हात हाल्नाले रकम जुटाउन कर्जा लिनुपर्ला । तापनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ । दिउँसाेदेखि परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम सुरु हुनेछ । मिहिनेतले ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ । स्वादिष्ट खानपानकाे आनन्द प्राप्त हुनेछ । व्यवसायमा फाइदा कम उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ ।
मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रयत्न गर्दा व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । केही आम्दानी हुने समय छ। श्रमको उचित मूल्य पाइनेछ । रोकिएको काम बन्नेछ र जिम्मेवारी पनि बढ्नेछ । दिउँसोदेखि अवसरका लागि केही दौडधुप गर्नुपर्ला । पेसा-व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । खर्चिलो काम थालनी हुनेछ । विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्नेछ ।
कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
बिहान अरूको दबाबमा परिने सम्भावना छ । आफ्ना कमजोरी भरसक सार्वजनिक नगर्नुहोला । आफ्नैले काममा बाधा पुर्याउनेछन् । तापनि वादविवादमा अघि नसर्नुहाेला । दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट आंशिक लाभ हुनेछ । श्रमअनुसार पूर्ण लाभ नहुन सक्छ । केही रकम हातलागी भए पनि तत्काल खर्च हुन सक्छ ।
सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
श्रम परे पनि लगनशीलताले विशेष उपलब्धि दिलाउनेछ । भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ । रोकिएका काम सम्पादन हुनेछन् । भौतिक साधन जुट्नाले आँटेकाे काम गर्न सकिनेछ । मध्याह्नदेखि नयाँ काममा हातहाल्न सकिनेछ । भेटघाटले उत्साह जगाउनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । दिगो काममा जग बसाउने मौका छ ।
कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
स्वास्थ्य कमजाेर हुनेछ । अरूको प्रभावमा परिने हुँदा गोपनीयता भंग हुन सक्छ। आफ्ना कमजोरी भरसक सार्वजनिक नगर्नुहोला । फाइदा लिन उही काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । दिउँसाेदेखि सम्भावना खोजी गर्ने समय छ । दिगो योजना बन्नेछ र पेसा-व्यवसायमा सामान्य फाइदा हुनेछ । मनमा अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ ।
तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
रमाइलाे भेट भए पनि व्यावहारिक काम गर्ने समय छ । प्रियजनका लागि केही समय छुट्याउनुपर्ने हुन सक्छ । प्रयत्न गर्दा अड्किएकाे काम बन्नेछ । पेसा-व्यवसायमा आंशिक लाभ हुनेछ । दिउँसोदेखि काममा दाैडधुप गर्नुपर्ने हुन सक्छ । परिश्रमले थकित भइनेछ । समस्या दर्साउँदा सहयाेगीहरूले साथ दिनेछन् । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला ।
वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
रकम खर्च भए पनि काम अड्किन सक्छ । किनमेल गर्दा अनावश्यक सामानमा बढी खर्च हुनेछ । यात्राले थकित भइएला । बिहान जटिल काममा जुट्नुपरे पनि दिन उत्साहवर्द्धक रहनेछ । व्यापार बढ्नेछ भने यात्राकाे साइत पनि जुर्न सक्छ । प्रियजनसँग भेटघाट हुनेछ भने साँझतिर आतिथ्यपूर्ण सम्मान प्राप्त होला । मिहिनेत गर्दा उद्देश्य प्राप्त गर्न सफल भइनेछ ।
धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
श्रम परे पनि दिन उपलब्धिमूलक रहनेछ । तर अधैर्य व्यवहार दर्साउँदा बिहान भने काम बिग्रन सक्छ । व्यर्थैमा अरूकाे आलाेचना सहन गर्नुपर्नेछ, सजग रहनुहाेला । दिउँसाेदेखि स्थिति सामान्य बन्नेछ । आवश्यक भौतिक साधन जुट्नेछन् र चिताएकाे काम सम्पादन हुनेछ । श्रमको उचित मूल्य पाइनेछ । मिहिनेत गर्दा पेसा-व्यवसायमा नयाँ काम थालनी हुन सक्छ ।
मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
काम सन्तोषजनक नभए पनि फाइदै हुनेछ । प्रयत्न गर्दा प्रतिष्ठित व्यक्तिहरूकाे साथ-सहयाेग पाइनेछ । र, दिगो काम प्रारम्भ गर्न सकिनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र पनि फराकिलो बन्नेछ । पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ । सहपाठीहरू पछि पर्नेछन् भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ ।
कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
आँटेकाे काम गर्न बिहानै जुट्नुहाेला । अग्रजको सहयोग लिँदा राम्रो हुनेछ । तर विशेष योजना सार्वजनिक नगर्नुहोला । दिउँसोदेखि समय केही प्रतिकूल रहनेछ । बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ । साझेदारीमा असमझदारी बढ्नेछ । आस लागेको काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । मेहनत गर्दा पछिलाई फाइदा हुनेछ । हतारमा निर्णय नलिनुहोला ।
मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
बाैद्धिक तथा रचनात्मक काममा जुट्ने समय छ । प्रयत्न गर्दा रोकिएका काम सम्पादन हुनेछन् । आयस्रोत पनि बढ्नेछ । सहयोगीहरूले काममा साथ दिनेछन् । दिउँसाेदेखि विभिन्न अवसरले पछ्याउनेछन् । सोखले थलिएको काम व्यवसायमा रूपान्तरित हुन सक्छ । मेहनतीहरूलाई कार्यसिद्धिको समय छ । कर्मयोगले नाम, दाम र इनाम दिलाउनेछ ।





