• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १९, २०८३
☰
शुक्रबार, असार १९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा चलाउन माग, स्थानीयद्वारा आन्दोलनको घोषणा


  •   मङ्गलबार, कार्तिक १४, २०८० मा प्रकाशित
  • काठमाडौं । उद्घाटन भएको डेढ वर्ष बित्दा पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपमा सञ्चालनमा आएको छैन । सरकारको अपेक्षाअनुसार अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरु आएका छैनन् । लगानीको अपेक्षाअनुसार विमानस्थलले बिजनेस नपाउँदाको असर लुम्बिनीको पर्यटन व्यवसायमा परेको छ ।

    Advertisement

    गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा चलाउन माग गर्दै आन्दोलन घोषणा

    नयाँ विमानस्थललाई लक्ष्य गर्दै विभिन्न व्यवसायमा लगानी बढाएकाहरु अब भने आक्रोशित छन् । उनीहरुले विमानस्थल पूर्ण क्षमतामा चलाउन सरकारलाई दबाब दिन सोमबार चरणबद्ध आन्दोलन घोषणा गरेका छन् । स्थानीय व्यवसायी तथा संघसंस्थाले बाध्य भएर आन्दोलनमा जानु परेको बताएका छन् ।

    माग पुरा नभएमा भैरहवाबाट हुने आन्तरिक हवाई उडान र सुनौली/भैरहवाको स्थल नाका पनि अनिश्चितकालीन बन्द गरिनेसम्मको चेतावनी उनीहरुले दिएका छन् । विभिन्न संघसंस्थाको आबद्धता रहेको सिद्धार्थ सञ्जाल रुपन्देहीले सोमबार पत्रकार सम्मेलन गर्दै संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।

    सञ्जालका अध्यक्ष अनिलकुमार ज्ञवालीले गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालन गर्नका लागि सरकारले नै चासो नदिएको आरोप लगाए । ‘सरकारले यो विमानस्थललाई देखाउदै लगानी गर्न निजी क्षेत्रलाई हौस्यायो,’ उनले भने, ‘अहिले विमानस्थल पूर्णरूपमा सञ्चालन गर्न चासो नदिएर निजी क्षेत्रको अर्बौंको लगानी डुबायो ।’

    चरणबद्ध आन्दोलन तथा संघर्षका कार्यक्रमका बारेमा मंगलबार प्रधानमन्त्री र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रीसमक्ष एक महिने अल्टिमेटम सहितको ज्ञापनपत्र बुझाइने पत्रकार सम्मेलनमा जनाइएको छ । बुधबारदेखि चरणबद्ध आन्दोलनका बारेमा सम्बन्धित निकायहरुमा पत्राचार, भेटघाट गर्दै संघर्षलाई सफल बनाउन जनमत तयार पारिने छ ।

    चरणबद्ध आन्दोलनमा आन्तरिक हवाई टिकट बिक्री नगर्न एयरलाइन्सहरुमा पत्राचार गर्ने, विरोध र्‍याली गर्ने, आन्तरिक विमानस्थल अगाडि धर्ना र रिले अनसनका कार्यक्रम गरिने जनाइएको छ । माग सुनुवाइ नभए मंसिर २५ देखि आन्तरिक हवाई उडान र भैरहवा/सुनौली स्थल नाका बन्द गर्ने उनीहरुले जनाएका छन् ।

    सञ्जालका वरिष्ठ उपाध्यक्ष तथा सिद्धार्थ होटल एशोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले विमानस्थललाई हेरेर लुम्बिनीको हाेटल तथा पर्यटन क्षेत्रमा धेरै लगानी भएकाे बताए । विमानस्थल अपेक्षाअनुसार सञ्चालनमा नआउँदा व्यवसायी आन्दोलनमा जान बाध्य भएको भनाइ उनले राखे ।

    मङ्गलबार, कार्तिक १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer