• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ११, २०८३
☰
शुक्रबार, बैशाख ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

काठमाडौं मेयरको मर्यादाक्रम घटाउन मुख्य दलहरु सहमत


  •   मङ्गलबार, कार्तिक १४, २०८० मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले काठमाडौं महानगरपालिका प्रमुख (मेयर)को मर्यादाक्रम घटाउने प्रस्ताव गरेको छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट पारित ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९’ मा महानगरपालिका प्रमुखको मर्यादाक्रम तल झारिएको छ ।

    Advertisement

    प्रस्तावित विधेयक राष्ट्रियसभा र प्रतिनिधिसभाबाट जस्ताको त्यस्तै पारित भए काठमाडौंसहित देशैभरिका महानगरका मेयरको मर्यादाक्रम एकै लहरमा रहनेछ । हाल मुलुकभर ६ महानगरपालिका छन् ।

    हाल काठमाडौं महानगर पालिका प्रमुखको मर्यादाक्रम १०औं स्थानमा छ । काठमाडौंबाहेक अन्य महानगरपालिका प्रमुखलाई भने हाल ११औं स्थानमा राखिएको छ । तर, प्रस्तावित विधेयकमा भने सबै महानगरपालिका प्रमुखको मर्यादाक्रम १७ नम्बरमा राखिएको छ ।

    हाल काठमाडौं महानगरपालिका प्रमुखको मर्यादाक्रम रहेको १०औं नम्बरमा नेपाल सरकारका सहायकमन्त्री, प्रतिनिधिसभाका सदस्य, राष्ट्रिय सभाका सदस्य, नेपाल सरकारका पूर्वमन्त्री, उच्च अदालतका मुख्यन्यायाधीश, प्रदेश सरकारका मन्त्री, प्रदेश सभाका उपसभामुख, प्रदेश सरकारका राज्यमन्त्री, प्रदेश सभाका विभिन्न समितिका सभापति, संविधान सभाका सदस्य, पूर्व सांसद, नेपाल सरकारको मुख्यसचिव र प्रधानसेनापति छन् ।

    हालको मर्यादाक्रममा काठमाडौं महानगरपालिकाका उपप्रमुखलाई पनि अन्य महानगरको उपप्रमुखभन्दा अगाडि राखिएको छ । काठमाडौं महानगरका उपप्रमुखलाई उपमहानगरपालिकाको प्रमुखको लहरमा राखिएको छ । हालको मर्यादाक्रमको १३औं लहरमा यो कुरा उल्लेख छ ।

    यो विधेयकको प्रतिवेदन मंगलबार राष्ट्रिय सभाको बैठकमा पेस गर्ने सम्भावित कार्यसूची छ ।

    राष्ट्रिय मर्यादासम्बन्धी विधेयक गत ५ चैत २०७९ मा राष्ट्रिय सभामा दर्ता भएको थियो । यो विधेयक राष्ट्रिय सभामा रहेका सबै दलका सदस्यले सामूहिक रूपमा ल्याइएको हो । तर, गैरसरकारी विधेयकका रूपमा यसलाई अघि बढाइएको हो ।

    विधायन व्यवस्थापन समितिकी सभापतिमा जयन्तीदेवी राई छिन् । उनका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सबै राजनीतिक दलका शीर्ष नेताहरू, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित गृहमन्त्रालयका अधिकारीहरूको सहमतिमा विधेयक अगाडि बढाइएको हो ।

    विधेयकमाथिको छलफल प्रारम्भ गर्दै सोमबारको बैठकमा सभापति राईले भनिन्, ‘यसमा एक प्रकारको राष्ट्रिय सहमति छ, यो सरकारले नै ल्याउनुपर्ने विधेयक हो । तर, गैरसरकारी विधेयकका रूपमा आए पनि अगाडि बढाउने राजनीतिक वातावरण बनेको छ ।’

    बैठकमा राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले सबै महानगर प्रमुखलाई एउटै लहरमा राख्नुपर्ने बताएका थिए । ‘कुनै महानगर प्रमुख अगाडि र कुनै पछाडि हुनुहुँदैन, महानगर भनेपछि सबै एउटै हो, सबैलाई एउटै लहरमा राख्नुपर्छ,’ उनले भने ।

    बैठकमा राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका नेता रमेशजंग रायमाझीले पनि ‘सबै महानगर प्रमुखलाई एउटै मर्यादाक्रममा राख्नुपर्छ भनेका थिए ।

    उसो त मर्यादाक्रम कार्यकारिणी अधिकारका आधारमा निर्धारण हुने कुरा भएता पनि लोकतान्त्रिक मुलुकमा जनमतको पनि कदर गर्नुपर्ने हो । मुलुकको जेठो काठमाडौं महानगर जहां जनसंख्या लाखौ छन्  र भोटरको संख्या तिन लाख भन्दा बढी छन । निर्वाचन प्रकृयाकै कुरा गर्ने हो भने पनि सबै भन्दा धेरै भोट काठमाडौं महानगर प्रमुखले नै पाएका थिए ।

    मङ्गलबार, कार्तिक १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      वार्षिक राशिफल: २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer