• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, असार २९, २०८३
☰
सोमबार, असार २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

मेयर वालेनको मर्यादा घट्नु पर्ने हो वा बढ्नु पर्ने हो ? तथ्याङ्क के भन्छ ?


  •   मङ्गलबार, कार्तिक १४, २०८० मा प्रकाशित
  • काठमाडौं । यतिखेर सरकारले राष्ट्रिय सभाको बिधायन व्यवस्थापन समिति मार्फत काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) लगायत देश भरका महानगर प्रमुखको मर्यादा घटाउन गरेको प्रस्ताव निक्कै चर्चामा छ । राष्ट्रिय सभाको बिधायन समितिबाट पारित बिधेयक “राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९” मा महानगर पालिका प्रमुखको मर्यादा १० नं बाट घटाएर, १७ औ नं मा झारिएको छ। उक्त बिधेयकमा काठमाडौ महानगर लगायत देशका सबै ६ बटै महानगर प्रमुखको मर्यादा घटाउने प्रस्ताव गरेको छ।

    Advertisement

    भईराखेको मर्यादाक्रम किन घटाउनु, के कति कारणले महानगर प्रमुखहरुको मर्यादा घटाउन लागिएको हो, भन्ने वारे व्यापक वहस चल्ल थालेको छ, सामाजिक सन्जालमा । कतिले यो बिषयलाई मेयर वालेन संगको वदला हो पनि भन्न थालेका छन । उसो त युवा र अति नै लोकपृय भएकै कारण मेयर वालेन ठुला भनिएका राजनीतिक दलहरुका लागी टाउको दुखाई रहि आएका छन ।

    मर्यादाक्रम घटाउने बढाउने कुरा सरकारको/संसदको बिषय भएता पनि लोकतन्रमा गरिने हरेक निर्णय प्रमाणका आधारमा हुनुपर्ने र जनतालाई प्रमाणसाथ जवाफ दिन सक्नु लोकतन्त्रको सुन्दर पक्ष हो । प्रमाण र आधार विना लहड र वदलाकै भावले मर्यादा घटाउन लागिएको हो भने, “टन्न हावा भरिएको बल, भुईतिर पछार्छु भन्दा, जोडले उफ्रिए जस्तै” मेयर वालेनलाई राजनीतिक रुपमा थप फाईदा त पुग्ने होईन । उनको भईराखेको लोकपृयतामा रातारात फाईदा पुग्ने त होईन ।

    उपलब्ध साधन स्रोतको सुबिधा, जनसंख्या आदिलाई आधार वनाएर स्थानिय निकायहरुलाई महानगर, नगर र गाउपालिकामा बर्गिकरण गरियो नै होला । यसकै आधारमा कोहि महानगर भए कोही नगर पालिका भए कोही गाउ पालिका नै छन । यसमा मुख्य कुरा जनसंख्या नै हो । लोकतन्त्रमा पालिका वा भनौ स्थानिय निकायका प्रमुख/उपप्रमुखहरु कसैको आशिर्वादले भन्दा पनि जनमतको आधारमा चुन्ने गरिन्छ । सिधा कुरा जसको धेरै भोट, उही निर्वाचित हुन्छ । लोकतन्त्रमा जनमतको अपमान सुहाउने कुरा हैन । राजनीतिक दलहरुको मनपरिमा कसैको मर्यादा घटाउने बढाउने हो भने यसमा भन्नु केहि छैन, यदि होईन भने, कुन तथ्याङकको सहारा लिएर काठमाडौं मेयरको मर्यादा घटाउन लागिएको हो, जनताले जवाफ पक्कै माग्नेछन् । तथ्याङकहरुको सहारा लिने हो भने महानगरका प्रमुख(हरु) को मर्यादा घट्नु पर्ने होईन बढ्नु पर्ने देखिन्छ । हेरौं तथ्याङक:

    जनसंख्याः
    काठमाडौं महानगर देशभरिको मध्ये जेठो महानगर मात्रै होईन जनसंख्याको आधारमा पनि देशकै ठुलो स्थानिय निकाय हो । यसको जनसंख्या २०६८ मा ९७५४५६ थियो र २०७८ मा ८३२४०० रहेको छ । जबकि दोस्रो ठुलो स्थानिय निकाय पोखरा महानगरको जनसंख्या २०६८ मा ४१४१४१, र २०७८ मा ५१८४५२ रहेको छ ।
    मतदाता
    देशकै धेरै जनसंख्या भएको काठमाडौंको मतदाता संख्या पनि सबैभन्दा धेरै छ। ३००२४२ मतदाता रहेकोमा २०७९ को स्थानिय तहको चुनावमा १९११८६ मत खसेकोमा, ६१७६७ मत प्राप्त गरेर मेयर वालेन निर्वाचित भएका थिए । त्यस्तै पोखरा महानगर प्रमुखले ५८८९३ मत पाएका थिए भने, जम्मा मतदाता २०७७१२ रहेका थिए। निर्वाचनमा प्राप्त मत परिणामलाई हेर्ने हो भने पनि, मेयर वालेन काठमाडौ निर्वाचन क्षेत्र नं १, ७, ८, ९ र ६( थोरै तर्फबाट लिदा) का निर्वाचित सांसदले प्राप्त गरेको समग्र मत भन्दा धेरै माथि छन भने निर्वाचन क्षेत्र ४, ५ र २ ( धेरै तर्फबाट लिदा) ले प्राप्त गरेको मत भन्दा निक्कै माथी छन । मेयर वालेनले प्राप्त गरेको मतको हिसाब गर्ने हो भने त देशका बिभिन्न १० संघिय संसदको समग्र मतले पनि उनलाई भेट्टाउन सक्दैन ।

    साक्षरता
    काठमाडौं महानगरको साक्षरता प्रतिशत ९६.६ छ भने पोखरा महानगरको ८३ प्रतिशत छ । यति धेरै साक्षरले चुनेका मेयर हुन वालेन ।

    भूगोल

    भौगोलिक हिसाबले हेर्ने हो भने पनि देशको राजधानी, देशको मुटुमा रहेको सुबिधा सम्पन्न महानगर हो, काठमाडौं ।

    युवा/शिक्षा

    मेयर वालेन देशका ६ वटै महानगर प्रमुख भन्दा उमेरका आधारमा निक्कै कान्छा छन्। जबकि शैक्षिक स्तरको कुरा गर्ने हो भने उनी सबैभन्दा अगाडी छन । ईन्जिनियर वालेन काठमाडौ विश्वविद्यालयमा पिएच डी अध्ययन गर्ने क्रममा छन ।

    अब कुरा गरौ सामाजिक संजालको

    केहि महिना अगाडी सम्म झण्डै १० लाख फ्यान फलोअर्स रहेका उनको हाल १७ लाख फ्यान फलोअर्स छन । जसका कारण पनि उनी निक्कै रुचाईएका र सामाजिक संजालमा निक्कै शक्तीशाली मानिन्छन । उनले फाट्टफुट्ट संजालमा राख्ने पोस्टहरु ठुला मिडिया हाउसका मुख्य समाचार बन्छन भने, फलोअर्सका कारण छिनभरमै सञ्जाल भरि फैलन्छन । यति धेरै रुचाइएका मेयर वालेनको मर्यादा घट्ने होईन बढाउनु पर्ने आवाज उठिरहेको छ ।

    संजालकै कुरा गरौ, युवा मेयर वालेनको १७ लाख बढी फ्यान फलोअर्स फेसबुकमा छन भने, पुर्व प्रमहरु क्रमशः बाबुराम संग १४ लाख, प्रजण्डसंग ५४५ हजार, वली संग ४९६ हजार, शेर बहादुरसंग २६२ हजार, माधवसंग १९५ हजार र झलनाथसंग १५० हजार छन ।

    सुचना प्रबिधीको यस युगमा सामाजिक संजालका फ्यान फलोअर्सलाई लिएर पनि समाजमा को कति चर्चित रहेछ भनेर हेर्न सजिलो हुने गरेको छ ।

    अरु पद, को कती मर्यादाक्रममा छन त्यता नलागौ, कम्तिमा लोकतान्त्रिक मुलुकमा लोकमतको, जनमतको सम्मान पनि देखिएन । जब कि संबिधान सभा सदस्य र पुर्व सांसद १२ औ नम्वरमा छन भने, प्रदेश सभा सदस्यहरु १५ औ नम्वरमा छन ।

    सबै भन्दा धेरै जनसंख्या भएको निकायमा चुनिएका, सबै भन्दा धेरै साक्षरता प्रतिशतले चुनेको, देशकै सबैभन्दा धेरै मत पाएका, सामाजिक संजालमा धेरै रुचाईएका, युवा

    हुन मेयर वालेन, यि तथ्याङकलाई केलाएर हेर्ने हो भने उनको मर्यादा घट्ने हैन बढ्ने देखिन्छ ।

     

    मङ्गलबार, कार्तिक १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार २५ गते (९

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer