• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

यस्तो हुन्छ, निःसन्तान उपचार विधि


  •   मङ्गलबार, कार्तिक १४, २०८० मा प्रकाशित
  • काठमाडौं । महिलाको जीवनमा आमा बन्ने कुरालाई सबैभन्दा ठूलो सुख मानिन्छ । तर, सबैलाई यस्तो सन्तान सुख प्राप्त नहुन सक्छ । आधुनिक जीवनशैली र खानपानका कारण धेरै दम्पतीमा निःसन्तानको समस्या बढेको छ । पछिल्लो समय निःसन्तान विश्वव्यापी स्वास्थ्य समस्या बनेको छ । त्यसले विश्वभरका प्रजनन उमेरका लाखौं मानिसलाई असर पारिरहेको छ ।

    Advertisement

    विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार १७.५ प्रतिशत व्यक्तिमा निःसन्तानको समस्या देखिएको छ । जसअन्तर्गत छ जना व्यक्तिमध्ये एक व्यक्तिले आफ्नो जीवनकालमा निःसन्तानको अनुभव गरेका छन् ।

    (डब्ल्यूएचओ) ले दम्पतीले बाह्र महिना वा सोभन्दा बढी नियमित असुरक्षित यौनसम्पर्कपछि गर्भधारण नहुनुमा निःसन्तान हो भनी परिभाषित गरेको छ ।

    हाम्रो समाजमा थुप्रै यस्ता दम्पती छन्, जो सन्तान सुखबाट वञ्चित भएका छन् । आखिर किन महिला सन्तान जन्माउन असक्षम हुन्छन् ? यसका कारण अनेक छन् । पछिल्लो समय चिकित्सा विज्ञानले यो समस्यालाई सहज बनाइदिएको छ । अहिले सन्तान सुख पाउनका लागि अनेकौं विकल्प छन् । यसै विषयमा केन्द्रित रहेर हामीले सन्तान प्राप्तिको विकसित प्रविधिका विषयमा चर्चा गरेका छौं ।

    उपचार विधि

    सबैभन्दा पहिले दम्पती के कारणले बच्चा जन्माउन असक्षम छन् भन्ने कुरा पत्ता लगाउनुपर्छ । कतिपय दम्पतीलाई औषधिको समेत प्रयोग गर्नुपर्दैन । उनीहरूको शारीरिक सम्पर्क राख्ने समय नमिलेको हुनसक्छ । मासिक चक्रअनुसार शारीरिक सम्पर्क गरे गर्भ रहन्छ । यस्तो स्थितिमा डिम्बाशयबाट डिम्ब निस्कने समय मिलेमा गर्भ रहन्छ ।

    पुरुषको शुक्रकीटमा केही समस्या देखिएमा दुवैलाई तीन महिनादेखि छ महिनासम्म औषधि खान दिइन्छ । कतिपयले औषधि खाएपछि गर्भधारण गर्न सक्छन् । कोही दम्पती यस्ता हुन्छन्, जसको मासिक चक्रअनुसार शारीरिक सम्पर्क पनि भइरहेको हुन्छ र औषधिको प्रयोग गरेर पनि गर्भधारण भइरहेको हुँदैन । त्यस्तो अवस्थामा दम्पतीको उपचार अवधि, उमेर हेरेर कुन विधि उपयुक्त हुन्छ भन्ने थाहा पाउन सकिन्छ ।

    आईयूआई (इन्ट्रा युटेरियन इन्सेमिनेसन) विधि

    यसमा महिनावारी भएको दोस्रो दिनदेखि पाँच दिनसम्म डिम्बाशयमा अण्ड बढ्ने औषधि दिइन्छ । औषधि दिइसकेपछि नियमित रूपमा दुई दिन बिराएर अल्ट्रासाउन्ड गर्नुपर्छ । यसबाट डिम्बाशयमा भएको फोलिकल्स कत्तिको राम्रोसँग बढिरहेको छ भनेर थाहा पाउन सकिन्छ । डिम्बाशयबाट अण्ड बढेर फुट्ने बेलामा आईयुआईको योजना बनाइन्छ । आईयुआई गर्ने दिन श्रीमान्को शुक्रकीट लिएर ल्याबमा धोई स्वस्थ र गुणस्तरीय शुक्रकीट पाठेघरमा राखिन्छ । त्यहाँ शुक्रकीट र अण्ड निषेचित हुन्छ । त्यही दिन एक घण्टा आराम गरेर घर जान सकिन्छ । यो प्रक्रियालाई आईयूआई भनिन्छ । यो पाँच–दश मिनेटको प्रक्रिया हो । यसमा महिलालाई बेहोस बनाउनुपर्दैन । यो प्रक्रिया पहिलो चरणमा सफल भएन भने निराश हुनुपर्दैन, चार–पाँच पटकसम्म गर्न सकिन्छ । यसबाट बच्चा बस्ने सम्भावना दशदेखि पन्ध्र प्रतिशतसम्म हुन्छ ।

    आइभीएफ बिधी

    आइभीएफ भनेको साधारण भाषामा टेस्ट ट्युब बेबी भनेर बुझ्न सकिन्छ । पाँचौं पटकसम्म प्रयास गर्दा पनि बच्चा बस्न सकेको छैन भने आईभीएफ विधिमा जानुपर्छ । त्यसैगरी कतिपय महिलाका पाठेघरका दुवै नली बन्द भएका हुनसक्छन् । त्यसैले डिम्बाशयबाट अण्ड पाठेघरको नलीसम्म आउन सक्दैन । यस्तो अवस्थामा महिलाको उमेर कम छ बच्चा जन्माउने प्रक्रिया पनि धेरै भएको छैन भने आईयूआई विधिमा नगई आइभीएफ विधिमा जानुपर्छ । पाठेघरको नली बन्द भएमा आईयूआई गर्न मिल्दैन किनभने यस्तो अवस्थामा अण्ड र शुक्रकीटको मिलन हुनपाउँदैन ।

    आइभीएफमा महिलाको महिनावारी भएको दोस्रो दिनदेखि दैनिक दशदेखि बाह्र दिनसम्म इन्जेक्सन दिइन्छ । दुई दिनको फरकमा टिभिएस (ट्रान्स भजाइनल स्क्यान) गर्नुपर्ने हुन्छ । इन्जेक्सन लगाएको दश वा बाह्र दिनपछि र डिम्बाशयबाट अण्ड पनि परिपक्व भइसकेपछि अर्को इन्जेक्सन दिइन्छ । यो इन्जेक्सनले अण्डलाई पूर्णरूपमा परिपक्व बनाउँछ । यो प्रक्रियामा महिलालाई बेहोस बनाएर डिम्बाशयमा भएको सबै तरल पदार्थ निकालिन्छ । त्यसमा अण्ड हुन्छ । त्यही दिन श्रीमान्लाई बोलाएर वीर्यको नमुना निकालिन्छ । त्यसपछि ल्याबमा लगेर शुक्रकीट र अण्डलाई निषेचन गरिन्छ । तीन–चार दिनपछि ल्याबमा लगेर बनेको भ्रूणलाई पाठेघरमा राखिन्छ । भ्रूण तयार भएपछि पाठेघरमै हुर्किन्छ ।

    आइभीएफका बारेमा जान्नैपर्ने कुरा

    यो प्रक्रियाका लागि २० दिनदेखि दुई महिनासम्मको समय लाग्न सक्छ । आइभीएफ गर्दा जुम्ल्याहा, तिम्ल्याहा बच्चा जन्मने सम्भावना बढी हुन्छ । किनभने यसमा तीन वटा सम्म डिम्ब र शुक्रकीट निषेचन गरिएको हुन्छ । जसले आइभीएफको सफल हुने सम्भावना बढी हुन्छ । आमाको अण्ड र बाबुको शुक्रकीट दुवै ल्याबमा स्क्रिनिङ गरिने भएकाले वंशानुगत समस्या भए वा नभएको पहिले नै थाहा पाउन सकिन्छ । (साभार)

    मङ्गलबार, कार्तिक १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ३.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      मासिक राशिफल: वैशाख २०८३

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      वार्षिक राशिफल: २०८३

    • ७.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer