• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १२, २०८३
☰
शुक्रबार, असार १२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

भूगोल मेची-महाकाली भएपनि भावनाको नेपाल संसारभरी: अध्यक्ष लिङ्देन


  •   बिहिबार, कार्तिक १६, २०८० मा प्रकाशित
  • काठमाडौँ । पछिल्लो समय राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन देशव्यापी रुचाईएका देखिन्छन्, त्यसको एउटै कारण हो उनमा देखिएको देश प्रेम । अमेरिकामा उनले भूगोलको नेपाल मेची महाकालीमा समेटिएको भएपनि भावनाको नेपाल संसारभर छरिएको बताएका छन् ।

    Advertisement

    अमेरिका भ्रमणमा रहेका लिङदेनले पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) अमेरिकाको टेक्सासको ड्यालसमा आयोजित तेस्रो अधिवेशनको उद्घाटन गर्दै नेपाली अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान दिइरहेको नेपाली डायस्पोरालाई नेपाल निर्माणको साझेदार बनाउनुपर्नेमा जोड दिए ।

    लिङ्देनले नेपाली राजनीतिमा पुस्ता हस्तान्तरण र नेतृत्व परिवर्तनको कुरा लामो समयदेखि उठिरहेको भएपनि राप्रपाले व्यवहारिक रूपमै आफ्नो पार्टीमा नेतृत्व परिवर्तन गरेको, पार्टीलाई नयाँ दिशा प्रदान गरेको र राष्ट्रिय राजनीतिमा राप्रपालाई आशालाग्दो शक्तिका रूपमा उभ्याएको दाबी गरेका छन्।

    उनले पार्टीमा अझै धेरै मिहिनेत गर्न बाँकी रहेको बताउँदै पार्टीको मात्रै नभई देशकै नेतृत्व परिवर्तन गर्नुपर्नेमा जोड दिए । उनले भने,‘एउटा राजनीतिक परिवर्तनमा हाल नेतृत्वमा रहेकाहरूको योगदान रह्यो होला तर कठिन अवस्थाबाट गुज्रिरहेको देशलाई यथास्थितिबाट मुक्त गराउन लामो राजनीतिक जीवन बिताएकाहरूले विश्राम लिनुपर्ने छ। परिवर्तनको जनचाहनालाई अब परम्परागत नेतृत्वले नेतृत्व प्रदान गर्न सक्दैन, मैले अमेरिकामै पनि विभिन्न व्यक्ति र समूहसँगको व्यक्तिगत र सामूहिक भेटमा त्यस्तो धारणा पाएको छु’।

    अध्यक्ष लिङ्देनले राप्रपाले उठाएको राजसंस्था र हिन्दुराष्ट्रको मुद्दा केवल कोही व्यक्तिलाई राजा बनाउने र कुनै जात र धर्म विशेषलाई प्रोत्साहित गर्नको लागि नभई यो एजेण्डा नेपालको पहिचान, एकता र स्थायित्वका लागि भएको प्रस्ट पारे ।

    उनले भने,‘ढिलो चाँडो नेपाल त्यहाँ नपुगी छाड्दैन, अर्को बाटो पनि छैन, कुनै राजनीतिक पक्ष र शक्तिलाई निषेध नगरौँ भन्ने राप्रपाको प्रस्ट दृष्टिकोण रहेको छ ।’ अमेरिकामा रहेका नेपालीलाई आश्वस्त तुल्याउँदै अध्यक्ष लिङ्देनले भने,‘प्रवासमा रहेर यो एजेण्डाको पक्षमा जनमत सिर्जना गर्न राप्रपाले तपाइहरूको साथ,समर्थन र ऐक्यबद्धता खोजेको छ ।’

    अधिवेशनलाई अध्यक्ष लिङदेन, पार्टीका नेता पूर्व मन्त्री प्रेमबहादुर भण्डारी ,पानस आईसीसी अध्यक्ष प्रेमकुमार श्रेष्ठ ,सहायक महामन्त्री विजय खडका, प्रवास विभाग प्रमुख आनन्द अधिकारी, केन्द्रीय सदस्य लोक तिवारी, पानस सल्लाहकार प्रेम चौलागाई ,एनआरएनए अमेरिका उपाध्यक्ष ज्ञानेन्द्र गुरुङ, सिटि काउन्सिल मेम्बर टिका पौडेल, चिकित्सक एवं गत निर्वाचनमा काठमाडौँ क्षेत्र नं ५ का राप्रपा उम्मेदवार डा. रामप्रसाद उप्रेती, नेपाल अमेरिका पत्रकार सङ्घका अध्यक्ष सुरज भण्डारी, नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले लगायतले सम्बोधन गरेका थिए।

    अधिवेशनले टेक्ससका रवि रावलको अध्यक्षतामा पानस अमेरिकाको २१ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मतिले चयन गरेको छ। यसैगरी उपाध्यक्ष दिपु भुषाल, टेक्सास, नरेन्द्र शाह, न्युयोर्क, बामदेव अर्याल, मेरिल्याण्ड, केमिका भण्डारी, मेरिल्याण्ड, महासचिव डा।शङ्कर बिशुंखे, न्युयोर्क, सचिव गोविन्द सिंह ठकुरी टेक्सास र कोषाध्यक्ष रामशरण श्रेष्ठ, न्यु हेम्पसायर रहेका छन्।

    बिहिबार, कार्तिक १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार ११ गते (२५

    • ५.
      आज २०८३ साल असार १२ गते (२६

    • ६.
      आज २०८३ साल असार ६ गते (२०

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer