काठमाडौं । राजनीतिक नेतृत्वले जब भविश्यको चिन्ता र चेतना गुमाउछ, तब उसले असामाजिक निर्णय गर्दै जान्छ । तेति नै बेला समाजमा स्थापित अन्य निकायहरुले आफ्नो उपस्थिती देखाउनु पर्ने हुन्छ । राष्ट्रपतिद्वारा सजाय माफिमिनाहा गरिएका रिगल भनिने नेपाली कंग्रेस सम्बद्ध ढकाललाई पिडित पक्षले सर्वोच्चमा दिएको उजुरीको पक्षमा फैसला गर्दै सर्वोच्चले सो कार्य कानुन सम्वत नभएको र तुरुन्त पक्राउ गरेर पुनः जेलमा नै राख्न आज सरकारका नाममा आदेश दिएको छ । सर्वोच्चले पुनः अर्को साहसिक र ऐतिहासिक निर्णय गरेको छ।
आम जनमानसको आवाजको पक्षमा फैसला गर्दै पिडित पक्षलाई न्याय गरेको छ ।
रिगल भनेर चिनिने हत्यारा योगराज ढकाललाई राष्ट्रपतिले दिएको आममाफी सर्वोच्च अदालतले बदर गरिदिएको छ । सर्वोच्च अदालतको पूर्ण इजलासले राष्ट्रपतिले दिएको आममाफी गैरकानुनी ठहर गर्दै रिगललाई तत्काल पक्राउ गर्न आदेश दिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासले रिगलको कैद मिनाहा गर्ने निर्णयलाई बदर गर्ने परमादेश दिएको हो।
उक्त फैसलाको स्वागत गर्दै, देशमा न्याय मरिसकेको रहेनछ, न्याय मुर्तिहरु प्रति उच्च सम्मान, लेखिएका पोस्टहरुले सामाजिक संजालमा भरिएको छ । रिंगल जोडिएको पार्टी नेपाली कंग्रेसले आफ्नो धारणा भने सार्बजनिक गरिसकेको छैन ।




