आर्थिक सर्वेक्षण २०७९/८० ले नेपालमा साक्षरता दर सबैभन्दा बढी १५-२४ बर्ष उमेर समुहमा देखाएको छ । जसमा ६ बर्ष माथी ७६.३, १५-२४ बर्ष माथी ९४.२ र १५ बर्ष माथी ७१.२ प्रतिशत देखाएको छ ।
आर्थिक सर्वेक्षण २०७९/८० का अनुसार नेपालमा बिद्यार्थी खुद भर्नादर सबैभन्दा बढी आधारभुत(कक्षा १-५) तहमा देखिएको छ । जसमा आधारभुत तह १-५ मा ९७.१ प्रतिशत छ भने आधारभुत तह १-८ मा ९६.१ प्रतिशत देखिएको छ । त्यस्तै माध्यमिक तह कक्षा ९-१० मा ७६.५ प्रतिशत छ भने माध्यमिक तह कक्षा ९-१२ मा बिद्यार्थी खुद भर्ना दर ५७.४ प्रतिशत देखिएको छ ।
त्यस्तै बिद्यार्थी टिकाउ दर सबै भन्दा बढी कक्षा ८ सम्म देखिएको छ । जसमा कक्षा ८ सम्म ८५.७, कक्षा १० सम्म ६७.३ र कक्षा १२ सम्म ३५.६ प्रतिशत बिद्यार्थी टिकाउ दर देखाएको छ ।
त्यस्तै सामुदायिक बिद्यालयको संख्या २७३४३, संस्थागत ७३७३ र धार्मिक १३१६ गरि जम्मा ३६०३२ बिद्यालयको संख्या देखाएको छ।
त्यस्तै बिद्यालयमा महिला शिक्षकको अनुपात आधारभुत तहमा ४७.२ र माध्यमिक तहमा १७.४ प्रतिशत रहेको जनाएको छ ।
आर्थिक सर्वेक्षण २०७९/८० को शैक्षिक तथ्यांक, महिला शिक्षकको अनुपात कति
आर्थिक सर्वेक्षण २०७९/८० को शैक्षिक तथ्यांक, महिला शिक्षकको अनुपात कति
Advertisement
तपाईको प्रतिक्रिया




