• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार २८, २०८३
☰
आइतबार, असार २८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

क्षतिपूर्तिमा कुरा नमिल्दा कामदारको शव तीन दिन देखि अलपत्र


  •   शुक्रबार, कार्तिक १७, २०८० मा प्रकाशित
  • रामेछाप । लिखु जलविद्युत आयोजनामा कामको सिलसिलामा बुधबार मृत्यु भएका कामदार कैलाश कार्कीको शव तीन दिन बितिसक्दा पनि उठेको छैन । उनका आफन्तजनले उचित क्षतिपूर्ति दिनुपर्ने मागसहित लिखु जलविद्युत आयोजनाको किन्जामा धर्ना दिइरहेका छन् ।

    Advertisement

    रामेछाप र सोलुको सिमा नदी लिखुमा निर्माणाधिन लिखु १ जलविद्युत आयोजनामा कार्यरत रामेछापको गोकुलगंगा १ चुचुरेका कैलाश कार्कीको बुधबार निर्माण स्थल गुम्देलको टाङदिङमा काम गर्दै गरेको अवस्थामा कान्लाबाट खसेर मृत्यु भएको थियो । उनि आयोजनामा मिस्त्री पदमा कार्यरत थिए ।

    आयोजनामा ४ महिना देखि कार्यरत कार्कीको घटनास्थलमानै मृत्यु भएपनि आयोजनाले उनलाई घाईते भनेर एम्बुलेन्समा हालेर मन्थली तर्फ लैजादै थियो । मृत्यु भइसकेको व्यक्तिलाई घाईते भनेर लादै गरेको सूचना पाएपछि उनका आफन्तजनले रामेछापको गुम्देलमा पर्ने कोर्याममा शव राखिएको एम्बुलेन्सलाई रोकेका थिए । एम्बुलेन्समा रहेको कार्कीको शव तीन दीन सम्म सोहि स्थानमा छ ।

    कार्कीका आफन्त संतोष कार्कीका अनुसार मृत्यु भएका व्यक्तिका परिवारजनले उचित क्षतिपूर्ति माग गरेको तर आयोजनाले हाल सम्म त्यस बारेमा चासो नदिएकोले मृतकको शव नबुझेको बताएका छन् । ‘शव एम्बुलेन्समा नै छ, हामीले बुझेका छैनौं,’ कार्कीले भने, ‘आयोजनाले सामान्य मानवियता समेत प्रदर्शन गरिरहेको छैन ।’ आयोजनाले कामको सिलसिलामा घाइते भएका कार्कीलाई उपचार गराउनका लागि लैजाँदै गरेको तर बाटोमा नै मृत्यु भएको दाबी गरेको छ । क्षतिपूर्तिको विषयमा आयोजनाको माथिल्लो निकायमा कुरा पुगेको तर निर्णय भइनसकेको जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक होमबहादुर पराजुलीले घटनास्थलमा बिहीबार नै प्रहरी निरीक्षक रञ्जन गिरीको नेतृत्वमा प्रहरी परिचालन गरीएको बताए । उनले मृतकका आफन्तजन र आयोजनाका बिचमा विभिन्न चरणमा कुरा भइरहेको तर सहमति हुन नसकेकोले शव उठ्न नसकेको बताए । घटनास्थलमा पुगेका प्रहरी निरीक्षक गिरीले वार्ताका लागि सहजिकरण भइरहेको बताएका छन् ।

    लिखु जलविद्युत आयोजनाले यसअघि पनि कामको सिलसिलामा मृत्यु भएका कामदारलाई उचित क्षतिपूर्ति नदिएको गुनासो प्रभावित क्षेत्रका बासिन्दाले गर्दै आएका छन् । २८ दिने सुत्केरी आफ्नो श्रीमानको मृत्यु आयोजनाको लापरवाहीका कारण भएको भन्दै नवजात शिसुसहित आयोजना कार्यालयमा धर्नामा बस्दा पनि आयोजना संवेदनसिल नभएको गुनासो उनिहरुको छ ।

    ७७ मेघावाट क्षमताको लिखु १ जलविद्युत आयोजना एमभि दुगड समूहको लगानीमा निर्माणाधिन अवस्थामा छ् । उक्त समूहकै लगानीमा ५५ मेघावाटको लिखु २ र २८ मेघावाटको लिखु ए जलविद्युत आयोजनाको निर्माण सम्पन्न भएर राष्ट्रिय प्रशारणलाइनमा जोडिइसकेका छन् ।

    शुक्रबार, कार्तिक १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार २५ गते (९

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer