• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार २७, २०८३
☰
शनिबार, असार २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • २. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

भूकम्प पीडितमा कहाँ बस्ने, के खाने भन्ने प्रश्न छ


  •   आइतबार, कार्तिक १९, २०८० मा प्रकाशित
  • काठमाडौँ । भूकम्प जानेबित्तिकै जाजरकोट र रुकुममा ठूलो क्षति भएको जानकारी जिल्लाहरुबाट साथीहरुले गराउनुभएको थियो । जानकारी पाउने वित्तिकै जिल्लाका अन्य नेताहरुसँग सम्पर्क र समन्वय गर्न सुरु गरेका थियौं । माओवादीका नेताहरुसँग सम्पर्कमा थियो । प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि सम्पर्कमा थियौं । हामी बिहानै प्रधानमन्त्री निवास बालुवाटार पुग्यौं ।

    Advertisement

    प्रधानमन्त्री घटनास्थलतर्फ जान तयार भइसक्नु भएको रहेछ । हामी ६ बजे नै आर्मीको हेलिकप्टरमा जाजरकोट उड्यौं । त्यसको सवा घण्टामा हामी जाजरकोटमा पुगेका थियौं । प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अधिकारीहरुसँग त्यहाँको परिस्थितिको बारेमा प्रधानमन्त्री दाहालले छोटो ब्रिफिङ लिनुभयो । त्यसपछि सदरमुकामस्थित जिल्ला अस्पतालमा गएर घाइतेहरुलाई भेट्यौं । घाइतेहरुले अस्पताल भरिएको थियो । धेरैजसोको हात र खुट्टामा चोट थियो । गम्भीर घाइतेलाई सुर्खेत र नेपालगन्ज तत्काल लैजाने व्यवस्था भयो । खलाङ्गमा तीन जना गम्भीर खालका बिरामी थिए । धेरैजसो त डेथ बडी नै थियो ।

    त्यहाँपछि हामी जाजरकोटकै दल्ली भन्ने नलगाड नगरपालिकाको सेन्टरमा पुग्यौ । त्यहाँ ठूलो क्षति भएको थियो । नलगाड नगरपालिकाको उपप्रमुख सरिता सिंहको निधन भएको थियो । त्यहाँको अस्पतालमा कहालीलाग्दो अवस्था थियो । गम्भीर बिरामी धेरै थिए । घाइतेहरुलाई हेलिकप्टरमा राखेर सुर्खेत र नेपालगन्ज पुर्‍याउने काम भयो । त्यसपछि रुकुमको चौरजहारी गयौं । त्यो बेलासम्म आर्मीको स्काई ट्रक र अरु दुईटा हेलिकप्टर पनि आइसकेका थिए । चौरजहारी मिशन अस्पतालमा घाइतेहरुलाई भेट्यौ । त्यहाँका गम्भीर बिरामीलाई पनि सुर्खेत र नेपालगन्ज पुर्‍याउने प्रबन्ध मिलाइयो ।

    त्यसपछि रुकुमको सानो भेरीमा गयौं । त्यहाँ ९ जनाको डेथ बडी थियो । गम्भीर बिरामीलाई सदरमुकाम मुसीकोटमा लगेको रहेछ । त्यहींबाट मुसीकोटतर्फ गयौं । अन्तभन्दा रुकुम सदरमुकाम अस्पतालमा अलि राम्रो व्यवस्था थियो । धेरै घाइतेहरुलाई राति नै अस्पताल ल्याइसकिएको रहेछ । भूकम्पले कतै बाटो चिरिएको त कतै भत्किएको रहेछ । त्यस्तो ठाउँबाट घाइतेलाई ल्याउन अलि ढिलाई भएको रहेछ । जाजरकोटकै अर्को स्थान राडीमा गयौं । जाजरकोटमा सबैभन्दा बढी क्षति सदरमुकाममै भएको छ । सदरमुकामको एउटा भागमा बढी क्षति पुगेको र अर्को भागमा कम क्षति पुगेको अवस्थ छ । भेरी नगरपालिकाको एउटै वडामा सबैभन्दा बढी डेथ बडी थिए । घाइते पनि त्यहीं बढी थिए । जाजरकोटको दल्लीकाको माथिपट्टी पनि क्षति पुगेको थियो ।

    घाइेतेहरु धेरैजसोलाई बिहानसम्म अस्पताल ल्याइसकिएको थियो । स्थानीय राजनीतिका दलका नेताहरुले यो र उ पार्टी नभनीकन उद्धारमा सक्रियता देखाएको पाइयो । सुरक्षाकर्मीहरु पनि रातिदेखि नै उद्धारमा लागिसकेका रहेछन् । हामी बिहान अस्पताल पुग्दा धेरै बिरामीहरु आइसकेका थिए । जाजरकोटमा सीडीओकै क्वार्टर भत्किएको रहेछ । सीडीओको टाउकोमा समेत चोट लागेको रहेछ । काठमाडौं जस्तो होइन । जाजरकोटमा पहाडमा बत्ती छैन । सडक राम्रो छैन । त्यस्तो ठाउँमा उद्धार गर्न धेरै कठिन थियो । पुराना घर सग्लो देख्न मुश्किल पर्छ । बस्न लायक छैनन् । पछिल्ला पटक बनेका पक्की घरहरुमा सग्लो देखिएका छन् ।

    भुकम्पबाट ज्यान जोगाएकाहरु सबै बाहिर छन् । खुला आकाशमुनि रात गुजार्नुपर्ने अवस्था छ । टुकी बाल्दै रात गुजारौं भनेर भन्थे । अब नयाँ व्यवस्था नहुँदासम्म धेरै घरबारविहीन छन् । उद्धारको काम करिब–करिब सकिएको छ । काठमाडौंदेखि प्रदेशका अस्पतालबाट प्रशस्त औषधिसहित चिकित्सक पुगेका छन् ।

    प्रधानमन्त्री नै सक्रिय भएर उद्धारका लागि जे गरियो त्यसका लागि धन्यवाद दिनुपर्छ । सरकारले अबको फोकस उनीहरुको तत्कालको गाँस, बाँस र राहतमा हुनुपर्छ । रुकुममा करिब २ हजार घर भत्किएका छन् । जाजरकोटमा त्यो भन्दा बढी भत्किएको प्रारम्भिक रिपोर्ट छ । राज्यले कति राहत दिने ? बिचल्लीमा परेका परिवारको व्यवस्थापन कसरी गर्ने ? तत्कालै बस्नका लागि घर छैन । खानाका लागि अन्न छैन । जाडोमा खुला आकाशमुनि रात गुजार्न कठिनाई छ । खाद्यान्न, पाल र न्यानो कपडा तत्काल जुटाउनु पर्नेछ । बिरामीहरुको गम्भीर भएमा सुर्खेत र नेपालगन्जमा स्टान्डबाई हेलिकप्टर छन् । उनीहरुको उद्धार गर्न अब कठिनाइ छैन ।

    अब राज्य र विभिन्न संघसंस्थाहरुको फोकस नै खुला आकाशमुनी बस्न बाध्य परिवारको राहतमा केन्द्रित हुनुपर्छ । अहिले घटनास्थलमा जान राजनीतिक दलका विभिन्न भ्रातृसंस्था, राष्ट्रिय र अन्तर्राष्ट्रिय संघसंस्थाहरु जान खोजिरहेको पाइएको छ । जानका लागि जानभन्दा पनि त्यहाँको तत्कालको आवश्यकतालाई हेरेर राहतको सामग्री लिएर जानका लागि म आग्रह गर्दछु । तत्कालका लागि चिकित्सकको टोली पनि आवश्यक देखिँदैन । चिकित्सकहरु जाने भएमा पनि केही समयपछि गएर शिविर चलाउन उपयुक्त हुन्छ । तर भूकम्प पीडितमा कहाँ बस्ने, तत्काल के खाने भन्ने प्रश्नहरु छन् । बस्नका तत्काल प्रबन्ध गरिदिनुहुन अनुरोध गर्नुभएको छ । अब हामीले ती ढलेका घरहरु उठाउने, खुला आकाशमुनी बसेका पीडितहरुलाई तत्काल अस्थायी बसोबास र खानाको व्यवस्था गर्न लाग्नुपर्छ ।(सांसद राजिव बिक्रम शाहीसंगको कुराकानीमा आधारित, सामाजिक संजाल)

    आइतबार, कार्तिक १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    लोकप्रिय

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५

    • ३.
      आज २०८३ साल असार २५ गते (९

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer