• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ११, २०८३
☰
शुक्रबार, बैशाख ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

‘जाजरकोट भूकम्प’ २०७२को भन्दा कति शक्तिशाली ? अझै भूकम्पको जोखिम कुन भेगमा कति ?


  •   आइतबार, कार्तिक १९, २०८० मा प्रकाशित
  • काठमाडौं । वैशाख १२ भूकम्पको त्रास बिस्तारै सामान्य बन्दै गइरहेको अवस्थामा एकाएक पश्चिम नेपालमा अर्को ठूलो भूकम्प आएपछि सबैलाई चिन्तित तुल्याएको छ ।

    Advertisement

    फेरि कुन ठाउँमा कत्रो भूकम्प जाला भन्ने त्रास छ भने अझै भूकम्पको जोखिम कुन भेगमा कति भन्ने चासो सर्वत्र छ। जाजरकोट केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्नेच्युडको भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या बढ्दै छन्।

    जाजरकोट भूकम्प नेपालको इतिहासमा अभिलिखित वि.सं. १८९० साल भदौ १२, १९९० साल माघ २, २०४५ साल भदौ ५ र २०७२ वैशाख १२ गतेको भूकम्पपछिको ठुलो हो।

    नेपाल भौगर्भिक अवस्थाले भूकम्पको उच्च जोखिममा भएको देश हो । हुन त पूरै हिमालयको क्षेत्रमा भएका देशहरूमा भूकम्पको जोखिम छ। वि.सं. २०७२ मा गएको ७.८ म्याग्नेच्युडको भूकम्प र यसको परकम्पनले करिब नौ हजारको ज्यान लिएको थियो।

    नेपालमुनिको इन्डियन प्लेट हरेक वर्ष १८–२० सेन्टिमिटरका दरले तिब्बतियन प्लेटमुनि घुस्नु नै नेपाल र वरपरको क्षेत्रमा भूकम्प जानुको मुख्य कारण रहेको भूगर्भविद्हरू बताउँछन्। गयातिर ठूलो भूकम्प आयो। राति मानिसहरू घरभित्र सुतेकाले बढी मानवीय क्षति भयो।

    अब ठूलो भूकम्प कैले जान्छ ?
    अब ठूलो भूकम्प कैले जान्छ भन्ने प्रश्नको उत्तर दिनका लागि नेपाललाई पूर्वी, मध्य र पश्चिम नेपाल गरी तीन भागमा विभाजन गरेर हेर्नुपर्ने स्विजरल्यान्डको लुजान विश्वविद्यालयमा पोस्ट–डक्टरल वैज्ञानिकका रूपमा कार्यरत शिव सुवेदी बताउँछन्।

    पूर्वी नेपालमा वि.सं. १९९० मा ८ म्याग्नेच्युडभन्दा ठूलो भूकम्प गएको थियो जसलाई प्रमाणित गर्ने धेरै वैज्ञानिक आधारहरू भेटिएका छन्। पूर्वी नेपालभन्दा पूर्व सन् १८९७ मा भुटानमा ठूलो भूकम्प गएको थियो।

    सन् १९३४ को भूकम्पले जमिनमुनिको शक्ति जमिनको सतहसम्मै ल्याएको केही अध्ययनहरूले देखाएका छन् । यसरी हेर्दा १९३४ को भूकम्पभन्दा पूर्वको क्षेत्रमा भुटानसम्म करिब सय वर्षको अन्तरालमा ठुला भूकम्प रेकर्ड गरिएको छैन। यसले पूर्वी क्षेत्रमा ठुला भूकम्पको जोखिम उच्च छ भन्ने देखाउने वैज्ञानिक सुवेदी बताउँछन्।

    उनी भन्छन्, ‘‘पूर्वी नेपालमा सन् १९३४ को ८.२ म्याग्नेच्युडको भूकम्पपछि सोही वा सो बराबरको भूकम्प आउन ३०० देखि ५०० वर्षसम्म लाग्छ भन्ने केही अध्ययनको निष्कर्ष रहको छ। पूर्वी नेपालको सयौँ वर्षसम्म शक्ति निष्कासन नभएको भागले अर्को ८ म्याग्नेच्युडको भूकम्प उत्पादन गर्न सक्छ भन्ने कुरालाई पनि नकार्न सकिँदैन।’’

    पश्चिम नेपालमा अझै जोखिम
    मध्य नेपाल देशभरिमै तुलनात्मक रूपमा धेरै भूकम्प रेकर्ड गरिएको भाग छ। मध्य नेपालमा वि. सं. २०७२ भन्दा पहिला सन् १८६६, १८३३, १८१० मा पनि केही ठुला भूकम्प रेकर्ड गरिएका छन्।

    २०७२ को भूकम्पको दरार जमिनको सतहसम्म आएको देखिएन जुन कुराले मध्य नेपाल र काठमाडौँमुनिको शक्ति पूर्ण रूपमा ननिस्किएको प्रमाणित भएका जानकारहरू बताउँछन्।

    वैज्ञानिक सुवेदी भन्छन्, ‘‘यस्तो अवस्थामा पूरै शक्ति जमिनमा निस्कन कि ठूलो भूकम्प जानुपर्छ कि साना भूकम्प धेरै जान पर्छ। तर, केही अध्ययनले हजारौँ साना भूकम्पले निष्कासन गर्ने शक्ति नगण्य मात्रामा मात्र हुने र ठूलो भूकम्पको जोखिम नघट्ने देखाएका छन् । यसैले काठमाडौंवरिपरि ठूलो भूकम्पको जोखिम अझै रहेको देखिन्छ।’’

    मध्य नेपालको अध्ययनमै सकस
    पश्चिम नेपालमा पहिलेदेखि नै उच्च जोखिममा मानिन्छ। पश्चिम नेपाल गोर्खादेखि पश्चिम धनगढीसम्मको जमिनमुनिको अवस्था राम्रोसँग पत्ता लगाउन नसकिएका कारणले पश्चिम नेपालमा कहिले कहाँ जान सक्छ भन्ने सम्भावना आकलन गर्न नसकिने वैज्ञानिकहरू बताउँछन्।

    जानकारहरू भन्छन्, ‘‘ठूलो भूकम्प जाँदा त्यसको दरार कहाँसम्म जान्छ वा दरारलाई केले रोक्छ भन्ने कुरा अहिले नै भन्न सकिँदैन।’’

    कत्रो भूकम्प आउँदा कति क्षति ?
    नेपाल भौगर्भिक समाजका महासचिव दिनेशकुमार नापितका अनुसार भूकम्पको असर सबै ठाउँमा एकैनासको हुँदैन। कुनै पनि स्थानमा सो भूकम्पले पुर्‍याउने असर सो ठाउँमा भूकम्पको शक्ति कति पुग्यो भन्ने कुराले निर्भर गर्छ।

    उनी भन्छन्, ‘‘(चट्टान वा माटोको)अवस्था, माटो हो भने सो माटोको प्रकार,कडापन र माटोको गहिराइ, सो ठाउँको प्राकृतिक आवृत्ति, भूमिगत जलको अवस्था र गहिराइ, भू–आकृति, भवनको वा संरचनाको डिजाइन र निर्माणको प्रकार आदिमा निर्भर हुन्छ। सामान्यतः चट्टानी भू–जमिनमा कम असर हुन्छ भने खुकुलो माटोमा यसको असर बढी हुन्छ।’’

    राति हुने भूकम्पमा डेढ गुणा बढी मानवीय क्षति
    भूकम्पका आफैँले क्षति गर्दैन। तर, कमजोर संरचनाका कारण भत्कन्छ र ज्यान जान्छ। बढी क्षति हुन्छ भनिन्छ। भूकम्प हुने समयले पनि जनधनको क्षतिको स्तर निर्धारण गरेको देखिन्छ।

    जस्तै जाजरकोट र रुकुम पश्चिममा शुक्रबार राति भूकम्प नभएर दिउँसोको समयमा आएको भए क्षति कम हुनसक्थो। किनकि मानिसहरू घरभित्र सुतेका हुने थिएनन्।

    विभिन्न परिदृश्यमा गरिने क्षतिको अनुमानमा भिन्न अवस्था देखिने बताइन्छ। नेपालमा दिनमा भन्दा राति हुने भूकम्पमा डेढ गुणा बढी मानिस मर्न सक्ने सम्भावना छ।

    जानकारहरू भन्छन्, ‘‘रातमा सबैजसो मानिसहरू घरभित्र, निदाएका हुन्छन् । कमजोर घरभित्र बढी जोखिम छँदैछ, आत्तिएर भाग्दा दुर्घटना हुने सम्भावना दिउसो भन्दा राति बढी हुन्छ । अर्कोतर्फ, तत्काल गरिने खोज तथा उद्धार दिउसो जति राम्ररी राति गर्न सकिन्न । धेरै नोक्सानी हुन सक्छ ।’’

    आइतबार, कार्तिक १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      वार्षिक राशिफल: २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer