• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

विशेष अवस्थामा रहेका शिक्षकको व्यवस्थापन यसरी गर्दैछ सरकारले [निर्देशिकासहित]


  •   बुधबार, कार्तिक २२, २०८० मा प्रकाशित
  • काठमाडौँ । शिक्षा तथा मानव विकास स्रोत केन्द्रले विशेष कारणको अवस्थामा रहेका शिक्षकको व्यवस्थापनसम्बन्धी निर्देशिका कार्यान्वयन गर्न अनुरोध गरेको छ । उक्त निर्देशिका शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको कात्तिक २ गतेको मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भएको थियो । केन्द्रले ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइ र ७५३ स्थानीय तहलाई निर्देशन कार्यान्वयनका लागि अनुरोध गरेको हो ।

    Advertisement

    कुनै घातक वा कडा रोग वा दुर्घटनाका कारण स्थानीय अस्पताल र स्वास्थ्य केन्द्रमा उपचार हुन नसक्ने भई उपचारको सुविधा भएको स्थानमा तीन महिनाभन्दा बढी समयसम्म उपचार गर्नुपर्ने शिक्षक, प्रजनन स्वास्थ्यसम्बन्धी कडा रोग लागेका महिला शिक्षक, आकस्मिक घटना वा दुर्घटनामा परेर गम्भीर घाइते भएको शिक्षक, नियुक्ति पाएर पनि अपांगतासम्बन्धी शारीरिक अवस्थाका कारण विद्यालयमा पठनािठन गर्न असमर्थ भएको शिक्षकलाई विशेष कारणमा परेको मानिएको छ ।

    यसरी विशेष कारणमा परेको भनेर चिकित्सकले दिएको रायसहित अस्पताल, शिक्षण अस्पताल वा स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रमुखले सिफारिस गरेको हुनुपर्छ ।

    सोही आधारमा त्यस्ता शिक्षकले आवश्यक कागजपत्रसहित आफूले हाल अध्यापन गर्नुपर्ने विद्यालय रहेको जिल्लाको एकाइमा निवेदन दिनुपर्नेछ। निवेदनका साथ आफूमाथि परेको समस्यासँग सम्बन्धित कागजपत्र र सिफारिसपत्र, कार्यरत विद्यालय व्यवस्थापन समितिको बैठकको निर्णयसहति सहमतिपत्र, जिल्लान्तर भई जाने शिक्षकका हकमा सम्बन्धित एकाइको सहमतिपत्र, जुन विद्यालयमा जाने हो त्यो विद्यालय व्यवस्थापन समितिको बैठकको निर्णयसहित सहमतिपत्र र स्थानीय तहको सिफारसपत्र पेस गर्नुपर्नेछ।

    यस्तो अवस्थामा रहेका शिक्षकलाई काजका लागि खटाउन सकिने व्यवस्था निर्देशिकामा उल्लेख छ। यसरी काजमा खटाउँदा विषय परिवर्तन गर्न नपाइने र विषय मिलेको हुनुपर्ने व्यवस्था गरिएको छ। निर्देशिकामा उल्लेख छ, ‘विशेष कारण परेको भनी कामकाजका लागि तोकी पाउन पर्न आएका निवेदन उपर सम्बन्धित जिल्लाको एकाइ प्रमुखले एक पटकमा बढीमा तीन महिनासम्मको अवधि तोकी सहमति प्राप्त भएको विद्यालयमा कामकाज गर्ने गरी शिक्षकलाई खटाउन सक्नेछ।’

    आउन चाहने विद्यालयमा समान तहमा दरबन्दी रिक्त रहेको, सो दरबन्दी दरबन्दी मिलानका क्रममा कटौतीमा नपरेको, कटौतीमा पर्न सक्ने अवस्था नरहेको र सो रिक्त दरबन्दी शिक्षक सेवा आयोगबाट पदपूर्तिका लागि माग भएको स्थायी दरबन्दी भएमात्र काजमा खटाउन सकिने व्यवस्था निर्देशिकामा छ।

    http://bisehsmedia_file-1-306993097.pdf

     

    बुधबार, कार्तिक २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ३.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      मासिक राशिफल: वैशाख २०८३

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      वार्षिक राशिफल: २०८३

    • ७.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer