• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, असार २९, २०८३
☰
सोमबार, असार २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

जाजरकोट भूकम्पबाट ६७ विद्यार्थीको मृत्यु,१४७ विद्यालयमा पुर्ण क्षति


  •   बिहिबार, कार्तिक २३, २०८० मा प्रकाशित
  • काठमाडौं । जाजरकोट केन्द्रबिन्दु बनाएर शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिमका गरी कुल एक सय ४७ विद्यालयमा पूर्ण क्षति गरेको छ । दुवै जिल्लामा गरी ७८ बालबालिकाको मृत्यु भएको छ । जसमध्ये ६७ बालबालिका विद्यालयमा अध्ययनरत रहेको कर्णाली प्रदेश कायममुकायम सचिव चूडामणि पौडेलले बताए ।

    Advertisement

    कामु सचिव पौडेलका अनुसार हालसम्म करिब २० हजार घरमा क्षति पुगेको र त्यसमध्ये पनि आठ हजार घर पूर्ण रूपमा क्षतिग्रस्त भएको तथ्यांक छ । कर्णाली प्रदेश सरकारले तथ्यांक संकलन गर्ने कार्य थप व्यवस्थित र तीव्र बनाएको उनले जनाए ।

    प्राप्त तथ्यांकअनुसार जाजरकोटमा ८५ र रुकुम पश्चिममा ६२ गरी कुल एक सय ४७ विद्यालयमा पूर्ण क्षति पुगेको तथ्यांक प्राप्त भएको छ । त्यस्तै जाजरकोटमा ८० र रुकुम पश्चिममा दुई सय ६८ गरी कुल तीन सय ४८ विद्यालयमा आंशिक क्षति भएको छ । दुवै जिल्लामा गरी एक शिक्षकको मृत्यु भएको छ भने ७१ विद्यार्थी घाइते छन् ।

    ‘हालसम्म प्राप्त तथ्यांकअनुसार एक सय ५३ जनाको मृत्यु भएको छ । जसमध्ये ७८ बालबालिका छन् भने विद्यालयमा अध्ययनरत ६७ विद्यार्थी छन्,’ कामु सचिव पौडेलले भने, ‘जाजरकोट र रुकुम पश्चिममा अझै पनि कुन समयमा कस्तो प्राकृतिक विपत्ति आइलाग्ने हो टुंगो छैन, निकै त्रासपूर्ण वातावरण छ ।’ प्रदेश सरकारले शैक्षिक क्षतिबारे तथ्यांक संकलन गर्ने काम जारी राखेको छ ।

    ‘२०७२ सालको महाभूकम्पको अनुभव हामीसँग छ। तिहारपछि टिएलसी निर्माण गरी कक्षाकोठामा पठनपाठन सुरु हुन्छ,’ उनले भने, ‘एजुकेसन क्लस्टर लिने काम जारी नै छ । राहत, विद्यालय पुनर्निर्माण र पुनव्र्यवस्थापनको कार्य हामीलाई चुनौती थपिदिएको छ ।’ तिहारलगत्तै पूर्ण क्षति भएका विद्यालयमा अस्थायी टहरा (टिएलसी) निर्माण गरी कक्षा सञ्चालन गर्ने तयारी प्रदेश सरकारको रहेको उनले जनाए ।

    बिहिबार, कार्तिक २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार २५ गते (९

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer