• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ११, २०८३
☰
शुक्रबार, बैशाख ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

९ कक्षाका छात्र विश्वासले विद्यालयमा ‘भेदभाव र नेपोटिज्म’ भएको भन्दै आत्महत्या गरे


  •   शुक्रबार, कार्तिक २४, २०८० मा प्रकाशित
  • रुपन्देही । विद्यालयमा शिक्षक-शिक्षिकाबाट ‘भेदभाव र नेपोटिज्म’ महसुस गर्दै रुपन्देहीको एक बोर्डिङ स्कूलका विद्यार्थीले आत्महत्याको बाटो रोजेका छन् । जिल्लाको सियारी गाउंपालिका वडा नं. ४, शिवपुरको संस्कार इङ्लिस बोर्डिंग स्कुलमा कक्षा ९ मा अध्ययनरत १५ वर्षीय विश्वास यादवले परीक्षामा चिट चोरेको विषयलाई ‘स्कूलभरि हल्ला’ गरिएपछि बेइज्जत भएको महसुस गरी घरकै कोठामा झुण्डिएर आत्महत्याको बाटो रोजेका हुन् ।

    Advertisement

    शुद्धोधन गाउँपालिका, वडा नं. ७, खुनगाउँका विश्वास स्कूल क्याप्टेन र रेडक्रस सोसाइटीको अध्यक्ष थिए । उनका बुबा सुवास यादवका अनुसार पढाईमा मध्यम उनी अतिरिक्त क्रियाकलापमा भने राम्रो थिए ।

    गत असोज २८ गते स्कुलमा दोस्रो त्रैमासिक परीक्षा अन्तर्गत विज्ञान विषयको परीक्षामा विश्वासले खल्तीबाट चिट झिकेपछि कक्षा शिक्षकले चिट र उत्तर पुस्तिका खोसेका थिए । विश्वासले माफी माग्दै अब चिट नचोर्ने भन्दै उत्तर पुस्तिका फिर्ता मागेका तर शिक्षकले नदिएका र तल्लो कक्षाका शिक्षिकाले अन्य कक्षाकोठाहरुमा गएर‘ ल तिमीहरुको क्याप्टेन चिट ल्याएको थियो’ भन्दै प्रचार गरेको घटनाले छोराले ग्लानी महसुस गरी आत्महत्याको बाटो रोजेको बुबा सुवासले बताए ।

    सुवासका अनुसार परीक्षा सकिएपछि केही शिक्षकहरु भेला भई गाली गरेपछि विश्वास रुंदै स्कुल गेट बाहिर निस्केका र अरु साथीलाई आफ्नो साइकल ल्याइदिन भनेर घर गएका थिए ।

    घर पुगे लगत्तै विश्वासले आमासंग ‘आज गिल्टी महसुस गर्दैछु, चिट लगेको थिएं सरले समात्नु भयो, सबैतिर हल्ला भयो र मेरो ठुलो बेइज्जत भयो’ भन्ने गुनासो गरेका र आमाले केही हुंँदैन अब यस्तो नगर्ने भनेर सम्झाएकी थिइन् ।

    ‘१५ वर्ष पूरा भएको खुशियालीमा जन्मोत्सव मनाउने तयारी गर्न छोरालाई बोलाउँंदा नबोलेपछि ढोका फोरेर कोठामा जांदा त झुण्डिएको अवस्थामा देख्यौं, अस्पताल पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरे’–सुवासले भने । विश्वासले कोठामा भित्रबाट चुक्कुल लगाएर झुण्डिएका थिए ।

    स्कूलमा आफ्नो चिट फेला परेको र हल्ला भएको विषयले बेइज्जत भएको ठानेका विश्वासले लेखेको दुई पेज लामो सुसाइड नोटमा ‘मेरो विद्यालयमा भेदभाव छ, नेपोटिज्म छ, म र मेरो अन्य साथीहरुले धेरैपटक यो विभेद भोगेका छौं’ लेखेका छन् । सुसाइड नोटमा विश्वासले सर र मेडमहरुले आफूमाथि जे गर्नु भयो त्यो कुरा अरु कोही विद्यार्थी साथीहरुले भोग्न नपरोस भनी कामना गरेका थिए ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देही मुद्दा शाखाका अनुसार विश्वासको पोष्टमार्टम रिपोर्ट अनुसार झुण्डिएर मृत्यु भएको देखिएको छ । हालसम्म घटनाको बारेमा कतैबाट कुनै उजुरी नआएको प्रहरीले जनाएको छ ।

    विद्यालयका प्रिन्सिपल लोकराज बस्यालले विश्वासले चिट निकालेपछि शिक्षकले खोसेको स्वीकार गर्दै परीक्षाको मर्यादा कायम राख्नु शिक्षकको दायित्व नै हुने बताए । चिट खोस्ने वाहेक शिक्षक र शिक्षिकाले विश्वासको बेइज्जत हुने र स्कूलभरि चिट चोरेको प्रचार नगरेको उनले दावी गरे ।

    मृतकका परिवारका सदस्यले भनेजस्तो आफूहरु मृत्यु भएपछि घर र दाह संस्कारमा नगएको भन्ने सत्य नभएको प्रिन्सिपल बस्यालले बताए ।

    विश्वासकी बहिनी पनि आफ्नै स्कूलमा ७ कक्षामा पढ्ने र कक्षा प्रथम हुने, अन्य नजिकका आफन्तका छोरा छोरी पनि सबै ट्यालेन्ट तर विश्वास पढाईमा मध्यम भएकाले उनमा लघुताभास भएको तर स्कुलका शिक्षक शिक्षिकाको भेदभाव र नातावाद (नेपोटिज्म) नगरेको बस्यालको दावी छ । ‘उहांहरु पीडामा भएकाले उहाहरुले सामाजिक सञ्जालमा लेखेका स्टाटसमा हामीले टिप्पणी नगरेको हो, यसको मलब विद्यालयले गल्ती गरेको छ भन्ने होइन’–बस्यालले भने–‘हामीले केही आशंका र प्रश्नहरु छन् भने बसेर संवाद गरेर समाधान खोजौं भनेका छौं, अहिले चाडपर्व र विद्यालय बन्द भएकाले उहांहरुले विद्यालयले वास्ता गरेन भन्ने फिल गर्नुभएको हुनसक्छ ।’

    युएनडीपीमा टिम लिडरको जागिरे मृतक विश्वासका बुबा सुवासले विद्यालयमा बालबालिकाको मनोविज्ञानलाई नबुझी अदृश्य ढंगले मधेशी र पहाडी समुदायका विद्यार्थीबीच केही शिक्षक शिक्षिकाबाट भेदभाव र पक्षपातपूर्ण व्यवहार भएको स्वयं विद्यार्थीहरुले नै यो घटनापछि आएर आफूलाई भनेको बताए । उनले विद्यालयले आफ्नो कमजोरी स्वीकार गरी आइन्दा यस्तो व्यवहार नदोहोर्‍याउने र विश्वासले नाम लिएका ४-५ जना शिक्षक र शिक्षिकालाई निश्कासन गर्नुपर्ने आफूहरुको माग रहेको अन्यथा कानूनी प्रकृयामा जाने बताए । यद्यपि सुवासले पनि परिवारका अन्य सदस्य र आफन्तहरु पढाईमा ट्यालेन्ट र आफू मात्र अलि कमजोर भएको तथ्यले विश्वासमा कतै न कतै लघुताभाष भएको स्वीकार गरे ।

    शुक्रबार, कार्तिक २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      वार्षिक राशिफल: २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer