☰
बुधबार, कार्तिक १२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

प्रभावित क्षेत्रमा आवश्यकता अनुसार राहत सामग्री पुगेको छैन : महामन्त्री थापा


  •   शनिबार, कार्तिक २५, २०८० मा प्रकाशित
  • काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भूकम्पपीडितले गाउँमा पुग्ने जससँग पनि त्रिपाल मागिरहेको बताएका छन् । उनले भूकम्पको एक साता बितिसक्दा पनि सरकारले आधारभूत राहत सामग्रीसमेत सबैतिर पुर्‍याउन नसकेको बताए ।

    Advertisement

    प्रभावित क्षेत्रको अनुगमनबाट फर्किएपछि शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका महामन्त्री थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राहत र पुननिर्माणका सन्दर्भमा सुझाव राखेका विषयमा जानकारी दिँदै पीडितहरूलाई चिसोबाट बचाउनुपर्ने बताए । ‘सरकारले एकद्वार प्रणालीले राहत वितरणलाई केही हदसम्म व्यवस्थित बनाएको छ । तर, अझैपनि समस्याहरू छन्, आवश्यकताअनुसार राहत सामग्री फिल्डमा पुगेको छैन,’ महामन्त्री थापाले भने, ‘फिल्डमा पुग्दा जसले पनि त्रिपाल मागिरहेको छ, किन छ भनेर हेर्दाखेरि ओढ्नेओछ्याउने कपडा दुःखसुख उहाँहरूले पूरानै भएपनि प्रयोग गर्नुभएको छ, तर छानो भत्किसकेपछि अब उहाँहरूको नयाँ छानो छैन, ओत लाग्ने ठाउँ छैन ।’

    सरकारले तत्काल राहतसँगै पीडितहरूका लागि अस्थायी आवास बनाउन आवश्यक रहेको थापाले बताए । ‘अहिले एक साता भइसक्यो, सरकारले त्रिपाल पुर्‍याएको छैन । तर त्यो त्रिपाल पुगेको अवस्थामा पनि भरपर्दो होइन,’ उनले भने, ‘सरकारले पहिले त्रिपाल सँगसँगै अस्थायी आवासको व्यवस्था गर्ने गरी योजना बनाएर काम थाल्नुपर्ने देखिएको छ,’ उनले भने ।

    थापाकाअनुसार प्रधानमन्त्री दाहाल पीडितहरूलाई अस्थायी आवासका लागि घरटहरा निर्माण गर्न अनुदान दिने विषयमा सरकार सकारात्मक रहेका छन् । ‘राहत वितरणलाई चुस्त बनाउने प्रयास निरन्तर छ । अर्को यो अस्थायी आवासको कुरा एकदमै सकारात्मक छ, म तुरून्तै निर्णय गराउँछु,’ प्रधानमन्त्री दाहालको भनाइ उदृत गर्दै थापाले भने ।

     

    शनिबार, कार्तिक २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer