• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ११, २०८३
☰
शुक्रबार, बैशाख ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

इन्सुलिनको ओभरडोज दिएर १७ जनाको हत्या गर्ने नर्स पक्राउ


  •   आइतबार, कार्तिक २६, २०८० मा प्रकाशित
  • काठमाडौं । अमेरिकाको पेन्सिल्भेनियामा एक नर्सले १७ जना बिरामीको ज्यान लिइन् । न्यूयोर्क टाइम्सका अनुसार ४१ वर्षीया हेथर प्रेस्डीले १९ जनाभन्दा बढीलाई इन्सुलिनको उच्च डोज दिएकी थिइन् ।

    Advertisement

    उनले २०२० देखि यो काम गरिरहेकी थिइन् । मृत्यु भएका धेरै बिरामीहरूलाई मधुमेह थिएन । तर पनि नर्सले उनीहरूलाई इन्सुलिन दिइन् ।

    मे २०२३ मा प्रेस्डीले १९ जनालाई इन्सुलिनको अत्यधिक मात्रा दिएको स्वीकार गरिन् । यसपछि उनलाई पक्राउ गरिएको हो । अहिले यो मुद्दाको सुनुवाइ चलिरहेको छ । उनीमाथि फर्स्ट डिग्री हत्याको अभियोग लगाइएको छ । अचम्मको कुरा के हो भने हत्याको कारण भने खुल्न सकेको छैन ।

    न्युयोर्क टाइम्सका अनुसार मृत्यु हुनेहरुको उमेर ४३ देखि १०४ वर्षको बीचमा थियो । ६८ वर्षीया मारियान बोवर पनि पीडित थिइन् । सेप्टेम्बर २०२१ मा उनको मृत्यु भयो।

    सास फेर्न गाह्रो भएपछि मारियानको मृत्यु भएको परिवारका सदस्यले सोचेका थिए तर पछि प्रहरीले नर्स प्रेस्दीले बोवरको ज्यान लिएको बताएको थियो । प्रेस्दीले मधुमेह नभए पनि बोवरलाई इन्सुलिन दिएको स्वीकार गरिन् । मार्च २०२३ मा उनले १०४ वर्षीया गैर मधुमेही महिलालाई पनि इन्सुलिन दिइन् ।

    हेदर प्रेस्डी २०१८ मा नर्स भइन् र त्यसपछि ११ अस्पतालमा काम गरिसकेकी छिन्। उनले विभिन्न ५ अस्पतालमा १९ जनालाई मार्ने प्रयास गरेकी थिइन् । जसमध्ये १७ जनाको मृत्यु भएको छ ।

    यसअघि अमेरिकी पुरुष नर्सले आफ्नो १६ वर्षको करियरमा ४० जनाको हत्या गरेका थिए।अमेरिकी नागरिक चार्ल्स कलेन प्रमाणित र दर्तावाला नर्स थिए। १६ वर्षको आफ्नो करियरमा उनले ९ अस्पतालमा काम गरे ।

    सुरुमा हेर्दा उनको बारेमा कसैले नराम्रो भन्न सक्ने नभएपनि अचानक अस्पतालमा एकपछि अर्को बिरामी मर्न थाले । विशेष गरी ती बिरामीहरू जो चाँडै निको हुन गइरहेका थिए।

    नर्स चार्ल्स कलेनले आफ्नै निगरानीमा बिरामीहरूलाई गलत औषधि खुवाउने गर्थे, त्यसपछि मुटुले काम गर्न छाड्थ्यो । उनलाई २००३ मा पक्राउ गरिएको थियो ।

    आइतबार, कार्तिक २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      वार्षिक राशिफल: २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer