• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, असार १०, २०८३
☰
बुधबार, असार १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

शिवपुरीको पानी उपयोग गर्ने सोचमा छौं: खानेपानी मन्त्री


  •   आइतबार, कार्तिक २६, २०८० मा प्रकाशित
  • काठमाडौं । काठमाडौं उपत्यकामा हरेक बर्ष खानेपानीको समस्या बढ्दै गईरहेको छ । हरेक बर्ष हुने जनसंख्या वृद्दी एकातिर छ भने, विश्वमा बढ्दो तापक्रमको प्रभावले जलवायु परिवर्तनमा परेको असरका कारण बर्षाको पानी घट्ने, समयमा वर्षा नहुने र खण्डवृष्टी हुने आदि समस्याले उपत्यकामा खानेपानीको समस्या विकराल वन्दै गईरहेको छ ।

    Advertisement

    यसै अबसरमा, काठमाडौ उपत्यका विशेष गरी यसको उत्तरी क्षेत्रका नगरहरु विष्णु, टोखा र महानगरका ३,४,१६,२६ का वडाहरुमा देखिएको खानेपानीको दिर्घकालीन समस्याका वारेमा नजिकैबाट नियाल्नु हुने काठमाडौ क्षेत्र नं ५ का प्रतिनिधी सभा सदस्य माननिय प्रदिप पौड्यालको सक्रिय सहभागितामा, माननिय  संघिय खानेपानी मन्त्री महेन्द्र राय यादव ज्यु र प्रदेश सभा सदस्य माननिय श्याम बहादुर खड्का स्थानिय निकायका पदाधिकारी, उपभोक्ता समिती र सर्वसाधारणको उपस्थीतिमा, शिवपुरी राष्ट्रिय निकुञ्जको जलाधार क्षेत्रलाई एकिकृत गरी एउटै कलेक्सन सेन्टर बनाउने कुरामा ब्यापक छलफल भयो । सोहि अबसरमा विष्णु पादुका सम्म खानेपानी मन्त्री स्वंयम पुगी त्यहांको स्थलगत अवलोकन गर्नु भई, “शिवपुरी क्षेत्र भित्र पर्ने सम्पुर्ण पानीका सानाठुला स्रोतहरुलाई एकै ठाउमा जम्मा गर्ने र त्यो पानी स्थानिय स्तरमा बाड्ने कार्य सहज र सरल बनाउन आफुले सक्दो सहयोग गर्ने बताउनु हुदै उहांले, संसदमै खानेपानी जस्तो गम्भिर बिषयको आवाज उठाउनुहुने युवा नेता प्रदीप पौडेललाई धन्यवाद दिनुभयो ।

    सोहि अवसरमा माननीय पौडेलले सरकारले काठमाडौंको पानीको समस्या हल गर्ने कुरामा अघि बढ्नु पर्ने, नजिकका प्राकृतिक स्रोत साधनको उपयोग गर्ने नीति सरकारले बनाई मुहान पोखरी जस्तै उपत्यकामा रहेको प्राकृतिक स्रोतलाई प्राथमिकतामा राख्नुपर्ने, मुहान पोखरी र गौचरनमा ट्यान्की निर्माण गर्ने स्थान प्रसस्त रहेकोले त्यसको भरपुर प्रयोग गर्नुपर्ने, यि सबै कार्यका लागी चाडैपहल गर्न अनुरोध गर्नुभयो । साथै उहांले उपत्यकामा पानीको प्रशासन राम्रो नभएको, वेब साइटमा राखिएको सुचना अनुसार पानी बितरण नभयको, पानीको पाईप लाइनले बाटो बिग्रेको, बसुन्धाराको धारापानीमा पाईप लाईन बिस्तार गर्न जरुरी रहेको जहां ४,५ सय घर मर्कामा परेको, buster pump को आवस्यकता रहेको जनाउदै, पानीमा शुसासन ल्याईदिनुहुन अनुरोध गर्नुभयो ।

    यसै अवसरमा खानेपानी मन्त्रालयका सचीव राम आधार साहले, “यहांहरुले प्रष्ट रुपमा कुरा राख्दा धेरै बस्तुस्थिती जानकारी भएको र मुहान मै बसेर तिर्खायको हुन नहुने भन्दै यस तर्फ आफुले सक्दो सहयोग गर्ने बताउनु भयो ।

    काठमाडौं उपत्यकामा खानेपानीका प्राकृतिक स्रोत बाहेक यथेस्ट बर्षा हुने भएकोले खेर जाने बर्षाको पानी जम्मा गर्न सकेमा पनी यहांको पिउने पानीको समस्या समाधान गर्न सकिने कुरा तथ्यांकले देखाउछ ।

    उपत्यकामा बार्षिक वर्षा

    उपत्यकामा बार्षिक वर्षा लगभग १३५० mm भएको पाईन्छ । उपत्यकाको क्षेत्रफल ६६५ बर्ग किलोमिटर रहेकोमा, उपत्यकाले हरेक बर्ष ८९७ अर्ब लिटर पानी वर्षाबाट पाउछ । केयुकेएल २०१७ अनुसार उपत्यकामा बार्षिक १०९ अर्ब लिटर पानी आबश्यकता रहेको छ । यसरी हेर्दा प्राकृतिक स्रोतलाई गणना नगर्ने हो भने बर्षातको पानीको झण्डै १० भागको १ भाग जम्मा गर्न सके पनि उपत्यकाको खानेपानी समस्या समाधान हुने देखिन्छ । यो बाहेक उपत्यकामा रहेका पानीका प्राकृतिक स्रोतको उचित संरक्षण गर्न सकियो भने ठुलो मात्रामा पानिको अभाव टार्न सक्ने देखिन्छ ।

    उपत्यकावाशीको लागी स्वच्छ पानी पर्याप्त मात्रामा उपलब्ध गराउने उदेश्य अनुरुप झण्डै २२ बर्ष अगाडी मेलम्ची आयोजना शुरु गरिएको थियो, जसका लागी हालसम्म झण्डै ३५ अर्व खर्च भईसकेको छ । वि. सं. २०७७ मा तत्कालिन राष्ट्रपति भण्डारीद्वारा उद्घाटन (वितरण उद्घाटन) गरिएको आयोजना मिति २०७८ मा आएको विशाल बाढीका कारण हाल मेलम्ची आयोजना अनिश्चितकालका लागी वन्द जस्तै छ।

    मेलम्चीलाई सम्झदा
    आजको दिनसम्म आइपुग्दा मेलम्चीको उतारचढाव यस्तो छ ।
    महत्त्वपूर्ण घटनाक्रम
    आयोजना सुरु भएको करिब २२ वर्षमा पानी काठमाण्डू आइपुगेको छ।
    विसं २०२९: खानेपानी आपूर्तिका लागि सम्भाव्य स्रोतहरूको पहिचान गर्न अध्ययन
    विसं २०४१: मेलम्चीसहित २२ विकल्प पहिचान
    विसं २०४९: याङ्ग्री र लार्के समेत मिसाएर दैनिक कुल ५१ करोड लिटर पानी ल्याउन सकिने मेलम्ची आयोजना आर्थिक र प्राविधिक रूपमा उत्तम विकल्प भएको ठहर
    विसं २०५५: मेलम्ची खानेपानी विकास समिति गठन भई निरन्तर कार्य जारी
    विसं २०६४: नेपाल सरकार र प्रमुख दाता एशियाली विकास ब्याङ्कबीच आयोजना पुनर्संरचना गरी ६ वर्षभित्र सम्पन्न गर्ने सहमति। पुनर्संरचनामार्फत् आयोजनालाई दुई भागमा विभाजन – मुख्य पानी पथान्तरण कार्य विकास समितिमार्फत्, अनि वितरण तथा व्यवस्थापन कार्य काठमाण्डू उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयमार्फत् हुने निर्णय
    विसं २०७७ फागुन २२: मेलम्चीको पानी सुन्दरीजल आइपुग्यो
    विसं २०७७ चैत १५: मेलम्चीको पानी परीक्षण वितरणस्वरूप उपत्यकावासीको धारामा
    विसं २०७७ चैत २०: राष्ट्रपतिबाट मेलम्ची आयोजनाको उद्घाटन ।

    आइतबार, कार्तिक २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ८ गते (२२

    • ४.
      आज २०८३ साल असार ६ गते (२०

    • ५.
      आज २०८३ साल असार ९ गते (२३

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer