• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ११, २०८३
☰
शुक्रबार, बैशाख ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

पचहत्तरौँ वार्षिकोत्सव मनाउँदै राष्ट्रिय माध्यमिक विद्यालय


  •   सोमबार, कार्तिक २७, २०८० मा प्रकाशित
  • कास्की । पोखरा महानगरपालिका-१ पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यमिक विद्यालय आफ्नो स्थापनाको ७५औँ वार्षिकोत्सव वर्षभर मनाउने गरी तयारीमा जुटेको छ ।

    Advertisement

    आगामी मङ्सिर २० गते विद्यालय स्थापनाको ७४औँ वर्ष पूरा गरी ७५औँ वर्षमा प्रवेश गर्दैछ ।

    विसं २००६ मङ्सिर २० गते पब्लिक मिडिल स्कुलका नामबाट पोखरा-३ नदीपुरमा सञ्चालित उक्त विद्यालयलले २००७ सालमा स्थायी स्वीकृति लिएसँगै तत्कालीन राजा त्रिभुवनबाट रु एक हजार पाएपछि विद्यालय भवन निमार्ण थालिएको थियो ।

    नदीपुरमा भवनको जग खन्ने क्रममा जमिन भासिएपछि विद्यालय त्यहाँबाट स्थानान्तरण गर्न जमिनको खोजी भएकामा रत्नाखर पराजुलीका परिवारले जग्गा उपलब्ध गराएपछि विद्यालय हालको स्थानमा सारिएको हो ।

    त्यसपछि तत्कालीन श्री ५ को सरकार र अमेरिकी सहायता नियोगबीच भवन निर्माण सम्झौता गरिएको थियो ।

    भवन निर्माणको शिलान्यास २०१३ सालमा राजा महेन्द्रले गरेका थिए । विद्यालयबाट प्रथम पटक २०११ सालमा पाँच जनाले एसएलसी दिएकामा चार जना उत्तीर्ण भएका थिए ।

    विसं २०१५ देखि २०२८ को नयाँ शिक्षा लागू हुनुपूूर्व विद्यालयको नाम नेशनल मल्टिप्रपोज उच्च विद्यालय राखिएको थियो । हाल विद्यालयमा कक्षा १२ सम्मको पढाइ हुने गरेको छ ।

    विसं २०५४ देखि विद्यालयले दस जोड दुईको पढाइ सञ्चालन सुरु गरेको सूचना अधिकारी शिवभक्त देवकोटाले जानकारी दिए ।

    हाल ४४ जिल्लाका गरी एक हजार चार सय विद्यार्थी अध्ययनरत विद्यालयमा ५७ जना शिक्षक, कर्मचारी कार्यरत रहेको उनले बताए ।

    पचहत्तरौँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा शनिबार विद्यालयमा अध्ययनरत पूूर्वविद्यार्थी, शिक्षक/कर्मचारी, विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा अभिभावक सङ्घका पदाधिकारी एवं सरोकारवालाबीचको भेलाले मूल आयोजक समिति र कार्य सम्पादन समित गठन गरेको छ ।

    गठित दुवै समितिको संयोजकमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामविक्रम राणा संयोजक रहेका छन् भने सदस्य सचिवमा प्रधानाध्यापक ईश्वरीप्रसाद सापकोटा रहेका छन् ।

    भेलामा एक सय ६८ जना उपस्थित रहेकामा सबैलाई मूल आयोजक समितिको सदस्यमा चयन गरिएको र आवश्यकता अनुसार सरोकारवाला अन्यलाई सदस्यमा थप गर्ने अध्यक्ष राणाले जानकारी दिए ।

    एक्काइस सदस्यीय कार्यसम्पादन समितिको उपाध्यक्षमा विद्यालयका जग्गा दाता रत्नाखर पराजुली परिवारकोतर्फबाट शिवप्रसाद पराजुली, सहसचिवमा कल्पना आचार्य बास्तोला, कोषाध्यक्षमा पूर्वविद्यार्थी सूर्यप्रसाद सुवेदी, सहकोषाध्यक्षमा विद्यालयका लेखापाल गीता अधिकारी लगायतलाई चयन गरिएको छ ।

    सोमबार, कार्तिक २७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      वार्षिक राशिफल: २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer