☰
बुधबार, कार्तिक १२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

रेशम चौधरीको सजायमाफी विरुद्ध शारदाको अर्को निवेदन


  •   सोमबार, कार्तिक २७, २०८० मा प्रकाशित
  • काठमाण्डौ । रेशम चौधरीलाई बाँकी सजाय मिनाह गर्दै रिहाइको विरुद्धमा परेको रिटको सुनुवाइ अब पुस १६ गते हुने भएको छ । सर्वोच्चमा सात जना न्यायाधीश रिक्त हुँदा उक्त रिटको सुनुवाइ पुस दोस्रो सातासम्म रोकिएको हो । सर्वोच्च प्रशासनले पुस दोस्रो साताका लागि पेसी तोकेपछि टिकापुर हत्याकाण्डमा ज्यान गुमाएका प्रहरी निरीक्षक केशब बोहोराकी पत्नी शारदा कडायतले अर्को निवेदन दर्ता गराएकी छिन् ।

    Advertisement

    अग्राधिकार पाइसकेको यो रिटको सुनुवाइ शारदाको यो निवेदनसँगै पुस १६ गते पहिलो प्राथमिकतामा राखेर सर्वोच्चले गर्नुपर्ने भएको छ । ‘न्यायाधीश अभावमा हाम्रो मुद्दाको सुनुवाइ आगामी चैत/वैशाखसम्म धकेलिने सम्भावना थियो,’ शारदाले भनिन्, ‘तर, अग्राधिकार पाएकाले पुस १६ का लागि पेसी तोकिएको छ । त्यसदिन पनि पहिलो प्राथमिकतामा सुनुवाइको माग गर्दै मैले अर्को निवेदन सर्वोच्चमा दर्ता गराएको छु ।’

    सरकारले सजाय माफी दिएको यस रिटमा ५ महिनादेखि सुनुवाइ हुन सकेको छैन । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा बाँकी कैद मिनाहा गरिदिएपछि चौधरी गत जेठ १५ गते रिहा भएका थिए ।

    राष्ट्रपतिको त्यसनिर्णयविरुद्ध टीकापुर घटनामा मारिएका सशस्त्र प्रहरी निरीक्षक केशव बोहोराकी श्रीमती शारदा कडायतले सर्वोच्चमा रिट दायर गराएकी थिइन् ।

    जेठ १६ गते दर्ता गरिएको रिटमा जेठ २३ गते न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले चौधरीको बाँकी कैद मिनाहा गर्नुको कारण माग्दै मुद्दालाई अग्राधिकार दिने आदेश भएको थियो ।

    राष्ट्रपति रामचन्द्र पौडेलले दिईएको सजायमाफीलाई लिएर सरकार र राष्ट्रपति पौडेलको चर्को बिरोध भईरहेको छ ।

     

     

    सोमबार, कार्तिक २७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer