बिहानै प्राय सबैले प्रयोग गर्ने ड्रिङ्क हो चिया । केही मानिसको दिनचर्या नै चियाको चुस्किबाट सुरु हुन्छ । स्वास्थ्य विज्ञहरू यस्तो गर्नु गलत हुने बताउँछन् ।
बिहानै चिया पिउँदा यसले स्वास्थ्यमा थुप्रै नकरात्मक प्रभाव पार्छ । यसले एसिडिटीको समस्या पैदा गर्छ । चियाको सेवनले पेट सम्बन्धि थुप्रै समस्या हुनसक्छन् ।
विशेषज्ञका अनुसार बिहान उठ्ने वित्तिकै चिया वा कफी पिउँदा मुखका ब्याक्टेरिया शरीर भित्र पस्छन् । जसले स्वास्थ्यमा नकरात्मक असर गर्छन् । चियामा कब्जियत पैदा गर्ने रसायन हुन्छ । यस रसायनलाई थियोफिलाइन भनिन्छ । चियामा निकोटीन पनि पाइन्छ । जसले यसको दल बनाउँछ ।
बिहान नास्ता गरेको एक घन्टा पछि मात्रै चियाको सेवन गर्नु राम्रो मानिन्छ । बेलुकी पनि केही खानेकुरा खाइसकेपछि मात्रै चिया पिउनुपर्छ । राति सुत्नु भन्दा पहिले चिया पिउनु हुँदैन । किनकी यसले पेट सम्बन्धि समस्या पैदा गर्छ ।
बिहान उठ्ने वित्तिकै मेथी पानी, कागती पानी, जिरा पानी, अमलाको रस युक्त पानी पिउनुपर्छ ।




