• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ११, २०८३
☰
शुक्रबार, बैशाख ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

जुवा खालबाट पक्राउ परेकालाई छुटाउन रातभर चलखेल


  •   मङ्गलबार, कार्तिक २८, २०८० मा प्रकाशित
  • काठमाडौँ । काठमाडौँको स्वयम्भु क्षेत्रबाट पक्राउ परेका जुवाडेलाई छुटाउन रातभर चलखेल भएको पाइएको छ । आइतबार राति नागार्जुन नगरपालिका–३ ठुलोभर्‍याङ एकधारा बस्ने केशव अधिकारीको घरमा कौडा खेलिरहेको अवस्थामा २२ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

    Advertisement

    प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सरोज अधिकारी, श्याम बाबु तामाङ, टेक बहादुर (टीबी) कार्की, सञ्जय मुडभरी, नवराज तामाङ, चित्र तामाङ, विष्णु लाल लामा, कुमार खड्का रहेका छन् ।
    यसैगरी अम्बिर अधिकारी, भुवन दाहाल, लोप्साङ लामा, प्रताप दानी, लोक बहादुर बोहरा, केशव राज अधिकारी, भरत बोहरा, राजु जिसी, विशाल तामाङ, विकास खत्री, लोक बहादुर तामाङ, निर बहादुर वाइबा, राम बहादुर लामा र लोक बहादुर श्रेष्ठ रहेका छन् ।
    उनीहरुको साथबाट प्रहरीले नगद ४ लाख ९२ हजार र कौडा १६ थानसमेत बरामद भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षको बुलेटिनमा उल्लेख छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतका अनुसार टीबी कार्की र मुडभरी एनआरएनएमा आबद्ध छन् । कार्की एनआरएनएका पूर्व उपाध्यक्ष समेत हुन् भने गत ११ औँ महाधिवेशनमा निर्वाचन समितिका सदस्य समेत रहेका थिए ।

    यस्तै यस्तै दानी नागार्जुन नगरपालिकास्थित इचंगुनारायण सामुदायिक संस्थाका अध्यक्ष समेत हुन् । उनलाई छुटाउन माओवादीले लबिङ गरेको प्रहरीको भनाइ छ भने कार्कीलगायतलाई छाड्न एकीकृत समाजवादी र एमालेका केही नेताले समेत प्रहरीलाई आइतबार रातिदेखि नै दबाब दिएको बताइएको छ ।

    वृत्तकी प्रमुख डीएसपी पूर्णिमा चन्दलाई पहुँचवालाहरुले पक्राउ परेकाहरुलाई छाड्न निरन्तर दवाब दिनुका साथै मातहतको निकाय जिल्ला प्रहरी परिसरमा समेत उस्तै दबाब आइरहेको ती अधिकृतको भनाइ छ ।

    ‘जुवाडेहरु पहुँचवाला रहेछन्, पहुँचको प्रयोग भरपुर भइरहेपनि छाडिएको छैन’, जिल्ला प्रहरी परिसरका एक नेताले बताए, ‘एकीकृत समाजवादीका एक पदाधिकारी तहका नेताबाट समेत छाड्न दवाव आइरहेको छ ।’ दवावका बीच प्रहरीले जुवा ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाएको जनाइएको छ । उनीहरु सबै अहिले प्रहरी वृत्त स्वयम्भूको हिरासतमा छन् ।

    जुवातास खेल्ने खेलाउने कार्यलाई नेपालको कानुनले अपराधमा राखेको छ। मुलुकी अपराध संहितामा जुवा खेल्ने वा खेलाउनेलाई सजायको व्यवस्था गरेको छ।

    उक्त संहिताको दफा १२५ मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिबानाको व्यवस्था छ। यसैगरी दोस्रो पटकमा एक वर्षसम्म कैद वा ५० हजारसम्म जरिबाना हुने व्यवस्था छ।

    दोस्रो पटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेक पटक थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिबाना तिर्नु पर्ने व्यवस्था छ।

    मङ्गलबार, कार्तिक २८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      वार्षिक राशिफल: २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer