• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ११, २०८३
☰
शुक्रबार, बैशाख ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

भूकम्पपीडितको घरदैलोमै सेवा दिदै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान


  •   मङ्गलबार, कार्तिक २८, २०८० मा प्रकाशित
  • कर्णाली । जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई घरदैलोमै पुगेर उपचार सेवा दिईरहेको छ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले ।

    Advertisement

    प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावल, शिक्षाध्यक्ष डा डबलबहादुर धामी, एनेस्थियोलोजिस्ट डा रविन खातुङ, डा तोसिमा कार्की भूकम्प प्रभावित क्षेत्रमा पुगेर घाइतेलाई उपचार गरेर फर्केको हो ।

    जाजरकोटको भेरीगङ्गा र नलगाड नगरपालिका तथा कुशे गाउँपालिका र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका हातखुट्टा भाँचिएका, हड्डी टुटेकालगायत सबैखाले समस्या भएका घाइते तथा बिरामीको उपचार गरिएको उपकुलपति डा.रावलले जानकारी दिए ।

    प्रतिष्ठानको टोलीले ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, प्रदेश सरकारका मन्त्री, जाजरकोट जिल्ला अस्पताल व्यवस्थापन समिति र सरोकारवालासँग ५० शय्याको अस्पताल गर्नुपर्नेदेखि विभिन्न नीतिगत योजनामा छलफल गरेको उनले बताए ।

    त्यस्तै भविष्यमा आइपर्ने विपद् प्रतिकार्य रोकथामका लागि अस्पताललाई तयारी अवस्थामा राख्न र त्यसमा प्रतिष्ठानले विशेषज्ञ डाक्टरी उपचार सेवा प्रदान गर्ने विषयमा पनि अन्तक्र्रिया भएको उनको भनाइ छ ।

    उपकुलपति डा.रावलले भने, ‘सरकारले अत्याधुनिक उपकरणसहित शल्यक्रिया कक्ष, सघन उपचार एकाई (आइसीयू) लगायतका सुविधाको व्यवस्था गर्नुपर्दछ । विशेषज्ञ जनशक्ति प्रतिष्ठानले उपलब्ध गराउँछ ।’ उनले जिल्ला अस्पताल जाजरकोटको अस्पताल प्रमुख डा प्रतीक्षा भारतीलाई रु तीन लाखबराबरको आवश्यक औषधि, चिकित्सा सामग्री सहयोग गरिएको जनाए ।

    उनका अनुसार प्रतिष्ठानका जनस्वास्थ्य डीन प्रा डा क्षत्री नेतृत्वको जनस्वास्थ्य विशेषज्ञ र मनोसामाजिक परामर्शदाता सम्मिलित टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको छ । उक्त टोलीले प्रभावित क्षेत्रमा स्वास्थ्य तथा सरसफाइसम्बन्धी जनचेतनाको अभियान सञ्चालन गर्नुका साथ अमेरिका–नेपाल मेडिकल फाउण्डेशनद्वारा पीडितलाई सहयोग गरिएको एक हजार हाइजेनिक किट्स वितरण गरेको छ ।

    विपद्पश्चात् उद्धारको काम सकिएको जनाउँदै उपकुलपति डा रावलले तत्काल सबैलाई अस्थायी बास, त्रिपाल र न्यानो कपडा सरकारले व्यवस्था गर्नुपर्ने सुझाव दिए । सम्भावित महामारी रोक्न सघन जनस्वाथ्य अभिायन सञ्चालन, प्राथमिक स्वास्थ्योपचारका लागि अनिवार्य ५० शय्याको अस्पताल, पर्याप्त मेडिकल तथा सर्जिकल उपकरण र जनशक्ति आवश्यक विषय भएको उनको भनाइ थियो ।

    तिहारपछि प्रतिष्ठान जुम्लाले जनस्वास्थ्य, चिकित्सा, नर्सिङ र विभिन्न सङ्कायमा अध्ययनरत विद्यार्थीलाई जनस्वास्थ्य अभियान सञ्चालनका लागि परिचालन गर्ने योजना बनाएको छ । जतिसक्दो द्रुत तवरबाट सरकारले जाजरकोट अस्पतालका लागि शल्यक्रिया कक्ष र सघन उपचार एकाईसहित उपकरणको प्रबन्ध गरेमा प्रतिष्ठानले विशेषज्ञ जनशक्ति उपलब्ध गराउने योजना बनाइएको उपकुलपति रावलले बताए ।

    तिहार त्यागेर जनस्वास्थ्य टोली भूकम्पपीडितको उपचारमा

    नेपालीको दोस्रो महान् पर्व तिहार (दीपावली)को रमझम बढिरहँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको जनस्वास्थ्य टोली भूकम्पपीडितको उपचारमा व्यस्त छ । प्रतिष्ठान जुम्लाका जनस्वास्थ्य डीन प्रा. डा.मुनिराज क्षत्री नेतृत्वको छ जनाको टोली एक सातादेखि भूकम्प प्रभावित क्षेत्रमा पुगेर पीडितको उपचार गरिरहेको छ ।

    उनीसँगै डा ओमप्रकाश काफ्ले, मनोसामाजिक परामर्शदाता नन्दराज आचार्यसहित जाजरकोट र रुकुम पश्चिमका प्रभावित जिल्लाका पीडितलाई जनचेतना, उपचार सेवा र राहत सामग्री नपुगेर सङ्कट व्यहोरिरहेकालाई सहयोग गर्दै आएको छ । यसपालिको तिहार भूकम्पपीडितको उपचार सहयोगमा बिताउने गरी अहिले नलगाड नगरपालिकाका बिरामीको उपचारमा रहेको उनले बताए ।

    ‘हामी एक सातादेखि पीडितको उपचार सेवामा तल्लीन छौँ’, उनले भने, ‘अब नलगाडपछि रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा जाँदैछौँ ।’ यसअघि जाजरकोटको भेरी र छेडागाड नगरपालिका तथा रुकुम पश्चिमको चौरजहारी, सानीभेरी, मुसिकोट नगरपालिका र त्रिवेणी गाउँपालिका उपचार सेवा दिइएको डीन प्रा. डा. क्षत्रीले बताए ।

    उनका अनुसार उपचार सेवा प्रवाहबाट प्रत्यक्ष–परोक्ष गरेर करिब तीन हजार भूकम्पपीडित लाभान्वित भएका छन् । ‘भूकम्प प्रभावित क्षेत्रमा चिसो बढ्दै गएको छ । चिसोले दम, निमोनिया र रुघाखोकीका बिरामी बढ्ने खतरा छ’, उनले भने, ‘खानेपानी, शौचालयको अभावले वातावरणीय प्रदूषण बढ्ने र त्यसले रोग निम्तिने समस्या पनि त्यत्तिकै देखिएको छ ।’

    यसको सामना कसरी गर्ने भन्ने कुरामा तीनै तहका सरकारले दीर्घकालीन रणनीतिक योजना बनाउन आवश्यक रहेको डीन क्षत्रीको भनाइ छ । उनका अनुसार नागरिकको स्वास्थ्यमा आइपर्ने सङ्कट निवारण कसरी गर्नेमा प्रतिष्ठानले पनि आफ्नो योजना बनाएर अगाडि बढ्ने छ ।

    बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु बनाएर यही कात्तिक १७ गते शुक्रबार राति ११:४७ बजे गएको छ दशमलव चार रेक्टर स्केलको भूकम्पमा परी दुई सय ५० भन्दा बढी घाइते भएका थिए । एक सय ५७ जनाको उक्त भूकम्पमा परी मृत्यु भएको थियो ।

    मङ्गलबार, कार्तिक २८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      वार्षिक राशिफल: २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer