• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ११, २०८३
☰
शुक्रबार, बैशाख ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

महिनावारी पर सार्ने औषधि नखान चिकित्सकको सल्लाह


  •   बुधबार, कार्तिक २९, २०८० मा प्रकाशित
  • चाडपर्वको समय छ । तिहार मान्छेलाई मात्रै होइन, पशुपन्छीलाई पनि पुजिने पर्व हो । दाजुभाइ र दिदीबहिनीबीचको आत्मीयताको पर्वका बेला महिलालाई एउटा छुट्टै तनावले पनि सताउन सक्छ, त्यो हो महिनावारीको भय ।

    Advertisement

    महिनावारी भइहालेमा धार्मिक कार्य र दाजुभाइलाई भाइटीका लगाइदिन असहज हुने हो कि भन्ने चिन्ताले महिलाहरुलाई सताउँछ । हुन त यो प्राकृतिक प्रक्रिया हो र धार्मिक-सांस्कृतिक क्रियाकलापमा सहभागी हुनु हुँदैन भन्नेमा कुनै वैज्ञानिक कारण छैन । तथापि महिनावारी भएका बेला शारीरिक रुपमा निकै अप्ठ्यारो हुने भएकाले महिलाहरुलाई गाह्रो हुन्छ ।

    यस्तोमा महिनावारीलाई केही समय पर धकेल्ने औषधि महिलाले खाने गरेका छन् । तिहारमा दाजुभाइलाई टीका लगाउन दिदीबहिनीले यो विकल्प रोज्छन् । तिहारमा मात्र होइन, वर्षभर नै आइरहने यस्ता चाडपर्वमा चाडपर्व खल्लो नहोस् भनेर महिलाहरू महिनावारी धकेल्ने औषधि खाइरहेका हुन्छन् ।

    महिनावारी पर सार्ने एक तरिका हो, औषधिको सेवन । जसका लागि ‘इस्ट्रोजेन’ र ‘प्रोजेस्टेरोन’ नामको हार्मोन भएको औषधि खाइने गरिन्छ । यी हार्मोनले नै महिनावारी गराउन भूमिका खेल्ने गर्छ । जब महिनावारी रोक्नका लागि औषधिको सेवन गरिन्छ, शरीरमा प्रोजेस्टेरोन हार्मोनको स्तर बढ्न जान्छ । यस्तो चक्कीले सोझै महिलामा हुने हार्मोनल चक्रलाई प्रभावित गर्छ । र, केही समय महिनावारी रोक्ने गर्छ ।

    महिनावारी पर सार्ने औषधिको रुपमा प्रोजेस्टोरोन, नोरेथोस्ट्रोन र २१ दिनको गर्भनिरोधक चक्की बजारमा पाइन्छ । तर चिकित्सकको सल्लाहबिना जथाभावी खाँदा हानि गर्न सक्छ । यो औषधि खाने निश्चित मात्रा र समय हुन्छ । जुन धेरैलाई थाहा नहुन सक्छ । यस्ता औषधिको प्रतिचक्की १० देखि २० रुपैयाँसम्म पर्छ ।

    डाक्टरले यस्ता औषधि सुझाउँदैनन्

    यस किसिमको औषधि चाडबाडको नाममा लिन चिकित्सकले सुझाउँदैनन् । शरीरको आफ्नो एउटा प्रणाली र समय तालिका हुन्छ । र, महिनावारी पनि प्राकृतिक चक्र हो । यसलाई तोडमोड गर्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

    डाक्टरले कुनै उपचार र शल्यक्रियाका लागि महिनावारी रोक्न आवश्यक हुने स्थितिमा मात्र उनीहरुको शारीरिक स्वास्थ्य परीक्षण गरेपछि औषधि लिन सल्लाह दिन्छन् । किनभने यसका साइड-इफेक्ट धेरै छन् ।

    वर्षमा एकपटक खाँदा खासै समस्या नगरे पनि पटकपटक र धेरैवटा चक्की खाँदा औषधिले तुरुन्तै केही असर नदेखाए पनि दीर्घकालीन रूपमा विभिन्न समस्या उत्पन्न गराउन सक्छ । यस्ता औषधि लिनैपर्ने खण्डमा चिकित्सकको सल्लाह र निगरानीमा मात्र लिनुपर्ने हुन्छ ।

    औषधि खाने बित्तिकै देखिने समस्या

    औषधि खानेबित्तिकै धेरैलाई लाग्न सक्छ, महिनावारी रोकिने बित्तिकै महिनावारी हुनु केही अगावै देखिने ‘मेन्सुरेसन प्रि-सिन्ड्रोम’ हुँदैन । तर यो भ्रम मात्र हो । यसको काम भनेको महिनावारीलाई केही दिन रोक्नु मात्र हो । धेरैलाई यस्ता औषधि लिने बित्तिकै महिनावारीको समयमा हुने जस्तै गरी कम्मर दुख्ने, बेचैनी, जीउ दुख्ने, मुड स्विङ हुने, तल्लो पेट दुख्ने, शारीरिक कमजोरी हुन सक्छ ।

    साइड–इफेक्ट

    टाउको दुख्ने, वाकवाकी आउने, रिंगटा लाग्ने शरीरमा थकान महसुस हुने हुन्छ । त्यस्तै, महिनावारी नियमित नहुने, कतिपयलाई महिनावारी हुँदा धेरै रक्तस्राव हुने समस्या पनि देखिन्छ । औषधि खानेबित्तिकै शरीर चिलाएमा यो औषधि तुरुन्त रोक्नुपर्छ ।

    महिनावारी रोक्दा शारीरिकदेखि मानसिक समस्या देखा पर्न सक्छ । पटकपटक र लामो समयसम्म महिनावारी ढिलो हुने औषधि खाँदा अनियमित रक्तस्राव हुन सक्छ । औषधिको प्रभाव केही दिन मात्र रहन्छ । यस्तो पनि हुन सक्छ कि औषधि खाँदा पनि रक्तश्राव हुन सक्छ ।

    कोलेस्टेरोल बढ्ने

    महिनावारी रोक्ने औषधिमा कोलेस्टेरोल बढाउने रसायन पनि हुन सक्छ । बढ्दो कोलेस्टेरोलले हृदय रोगको जोखिम बढाउँछ । गर्भधारण रोक्न औषधि लिइरहेका महिलाले महिनावारी नभएको सोच्छन् । तर महिनावारी रोकिंदा आफू गर्भवती भएको पनि थाहा पाउँदैनन् । जसकारण आवश्यकताबिना महिनावारी रोक्नु घातक हुन जान्छ ।

    खुट्टामा रगत जम्ने

    लामो समयसम्म यी औषधि सेवन गर्दा खुट्टामा रगत जम्न सक्छ । यदि यो फोक्सोमा पुग्यो भने यसले श्वास फेर्न गाह्रो बनाउँछ र यो क्लट मस्तिष्कमा पुगेमा यसले व्यक्तिलाई अपाङ्गसमेत बनाउन सक्छ ।

    लामो समयसम्म खाँदा कसैलाई माइग्रेनको समस्या पनि निम्तिन सक्छ ।

    कसले खानै हुँदैन ?

    मुटरोग, माइग्रेन र मोटोपन भएका महिलाले महिनावारी पछि सार्ने औषधि खानै हुँदैन । यसको सेवनले हृदयघात, अल्सर, मिर्गौला, कलेजो र आन्द्रासम्बन्धी समस्या देखिने जोखिम हुन्छ ।

    बुधबार, कार्तिक २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      वार्षिक राशिफल: २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer