काठमाडौं । अमेरिकाले प्यालेस्टाइन इस्लामिक जिहाद (पीआईजे) का नेता अक्रम अल-अजोरीलाई गत महिना इजरायलमा हमासको आक्रमणमा संलग्न भएको भन्दै ‘वैश्विक आतंकवादी’ घोषणा गरेको छ ।
अमेरिकी विदेश मन्त्रालयले मंगलबार हमासको आक्रमणसँग सम्बन्धित व्यक्ति र संस्थाहरूमाथि तेस्रो चरणको प्रतिबन्धको घोषणा गरेको छ ।
अमेरिकाले यो प्रतिबन्ध हमास र उसका समर्थकमाथि प्रभावकारी बनाउन बेलायतसँग मिलेर काम गर्ने बताएको छ ।
परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार, “प्यालेस्टिनी इस्लामिक जिहाद (पीआइजे) को नेतृत्वका कारण अकरम अल-अजोरीलाई ‘विशेष रूपमा निर्दिष्ट ग्लोबल आतंकवादी’ को रूपमा तोकिएको छ ।
विज्ञप्तिमा भनिएको छ कि अजौरी पीआईजेका उपमहासचिव र यसको लडाकु विङ्ग ‘अल-कुड्स ब्रिगेड’ का नेता हुन् ।
यस अनुसार अमेरिकी अर्थ मन्त्रालयले हमास वा पीआईजेलाई सहयोग गरेको वा काम गरेका सात व्यक्ति र दुई संस्थालाई पनि मनोनयन गरिरहेको छ ।
हमास र पीआईजेले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सबाट पैसा, हतियार र तालिमको रूपमा सहयोग लिने गरेको आरोप छ ।
यस सम्बन्धमा अमेरिकी अर्थमन्त्री जेनेट येलेनले भनेकी छिन्, “हमासको गतिविधिले ठूलो पीडा भोग्नुपरेको छ र आतंकवाद एक्लोपनमा हुँदैन भन्ने देखाएको छ। त्यसैले अमेरिकाले आफ्ना साझेदारहरूसँग मिलेर काम गर्नेछ ।”




