• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, बैशाख १२, २०८३
☰
शनिबार, बैशाख १२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

सेनाभित्र भावी नेतृत्वको खोजी


  •   बिहिबार, कार्तिक ३०, २०८० मा प्रकाशित
  • काठमाडौं । नेपाली सेनाले भावी प्रधानसेनापतिको रूपमा अघि सारिएका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएपछि भावी प्रधानसेनापतिको खोजी शुरु भएको छ ।

    Advertisement

    प्रधानसेनापति प्रभुराम शर्माको एक वर्ष कार्यकाल बाँकी हुँदै गर्दा उनीपछिको रोलक्रममा सैनिक जंगी अड्डाले बढुवा सिफारिस गरेका पाण्डेले उमेर विवादका कारण राजीनामा दिएर बाहिरिएपछि सेनाभित्र भावी प्रधानसेनापतिको खोजी शुुरु भएको हो ।

    रथी सरोजप्रताप राणा अनिवार्य अवकाशमा गइसकेको र आगामी पुस ३ गतेबाट अर्का रथि सिताराम खड्का पनि अनिवार्य अवकाशमा जाने भएकाले सैनिक मुख्यालयले पाण्डेको राजिनामापछि अर्को उपरथीलाई बढुवा सिफारिस गर्न सकेको छैन ।

    राणाको अवकाशपछि पाण्डे र खड्काको अवकाशपछि अशोकराज सिग्देल स्वतः रथी बढुुवाको लाइनमा थिए । त्यही अनुरुप पाण्डेलाई सैनिक मूख्यालयले अघि सारेको थियो । तर पाण्डेको उमेर विवादले राजीनामा दिन बाध्य पार्‍याे ।

    हालका प्रधानसेनापति शर्मा आगामी भदौ २४ गते ३ वर्षे कार्यकाल पूरा गरी अवकाश हुनेछन् । त्यसपछि नेपाली सेनाको ४५औं प्रधानसेनापतिको कमाण्डमा कसलाई ल्याउने भन्नेमा सैनिक मुख्यालय अन्यौलमा परेको छ ।

    सेनामा अहिलेसम्म वरीयतामा एक नम्बरमा रहेका रथी नै सेनाको प्रधानसेनापति बन्ने परम्परा रहेको छ । जसअनुसार उपरथि सिग्देल पहिलो वरियतामा रहेका छन् ।

    जानकारहरुका अनुसार बढुवा सिफरिसमा पर्नुअघि नै जंगी अड्डाले उनको पनि सरकारी कागत छानवीन गर्ने तयारी गरेको छ । ‘उपरथिमा बढुवा हुनुुअघि उहाँको कागाजातहरु छानवीन गर्ने तयारी छ’, सैनिक मुख्यालय स्रोतले भन्यो ।

    उनको पनि उमेर विवाद रहेको समाचार प्रकासित भएपछि सेनाले त्यसमा चासो दिएको हो । हाल सेनामा एनडिसी (नेसनल डिफेन्स कलेज) कोर्स नेतृत्वमा पुग्नका लागि महत्वपूर्ण खुड्किलो मानिन्छ ।

    सेनामा सहायक कार्यकारी भइसकेपछि करिब एक वर्षको एनडिसी कोर्स गरेपछि मात्र उपरथी हुन पाइने व्यवस्था छ । हालसम्म नेपाली सेनाको सहायक रथीहरू सीमित कोटामा प्रतिस्पर्धा गर्दै एनडिसी कोर्स गर्नका लागि विदेश जानुपर्नेछ ।

    नेपाली सेनाका उच्च अधिकृतहरुको बढुवाको समयमा नागरिकता र शैक्षिक प्रमाणपत्र ‘कैफियत’ छ कि छैन भनेर सधै परीक्षण गर्ने गरिन्छ । उच्च अधिकारीहरुले जागिर लम्ब्याउन र माथिल्लो तहमा पुुग्नेक्रममा नक्कली प्रमाणपत्र रोग रहेकाले यसमा छानवीन हुँदै आएको थियो ।

    सेनाका नक्कली नागरिकता र शैक्षिक प्रमाणपत्रलाई छानबिन गर्ने आँट केही वर्षअघि तत्कालीन रक्षा सचिव ईश्वरी पौडेलले गरेका थिए । तर, उनको त्यो आँट पनि केही समय मात्र देखिएकाले सेनाभित्र नक्कली प्रमाणपत्रधारी उच्च अधिकारी अझै रहेको स्रोतले जनाएको छ ।

    राजीनामा दिएर बाहिरिएका पाण्डेको पनि यसअघि छानवनि गरिएको थियो । त्यसक्रममा हाल बहालवाला रहेका उपरथि सिग्देलको पनि छानवीन गरेको थियो । त्यतिबेला दुवैलाई सफाई दिएको भएपनि पाण्डेको विवाद बाहिरिएपछि राजीनामा दिए ।

    बिहिबार, कार्तिक ३०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      मासिक राशिफल: वैशाख २०८३

    • ७.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer