• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, जेठ २८, २०८३
☰
बिहिबार, जेठ २८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

मासिक राशिफल – मंसिर २०८०


  •   शुक्रबार, मङि्सर ०१, २०८० मा प्रकाशित
  • मासिक राशिफल – मंसिर २०८० । उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

    Advertisement

    मेष – ARIES
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    मेष राशिलाई परिस्थिति अनुकूल नहुनाले मंसिर महिना केही संघर्षमय रहनेछ। अधिक परिश्रमले थकान र कमजोरी निम्त्याउन सक्छ। स्वास्थ्यमा पनि समस्या देखापर्ने सम्भावना छ। अज्ञानता र बलजफ्ती गर्ने बानीले काम बिग्रनुका साथै अर्थहानि हुन सक्छ। परिस्थितिवश महत्त्वाकांक्षा त्यागी निर्वाहमूलक व्यवसाय गर्न बाध्य भइनेछ र सफलताको सिढी उक्लन समय लाग्नेछ। नियमित व्यापारले सामान्य लाभ भने भइरहनेछ। राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्नाले जोस–जाँगरमा कमी आउनेछ। स्वास्थ्यका लागि आराम र खानपानमा विशेष ध्यान दिनुहोला। अरूको भरपर्दा धोका पाइनेछ र लाभांश पनि गुम्नेछ। नयाँ काम गर्न नसकिए पनि पहिलेको उपलब्धि जोगाउन सजग रहनुहोला। लगनशील बन्दा अध्ययनमा लक्ष्य प्राप्त गर्न सकिनेछ।

    वृष – TAURUS
    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    वृष राशिलाई मंसिर महिना केही उतारचढावमय रहनेछ। कर्ममा विश्वास गर्नेहरूलाई पनि केही विघ्नबाधा आइरहनेछन्। वादविवादले पारिवारिक माहोल अशान्त बन्न सक्छ। घरको समस्याले आर्थिक पक्ष प्रभावित बन्ने सम्भावना छ। व्यावसायिक यात्रा र भेटघाटका अवसर भने आइरहनेछन्। आम्दानी राम्रै भए पनि खर्च बढ्नाले धन सञ्चय नहुन सक्छ। समय दिन नसक्दा पेसा–व्यवसाय कमजोर बन्नेछ। सुरक्षित आर्थिक कारोबारमा ध्यान दिनुहोला। सेयर तथा लगानीको मूल्य भने बढ्न सक्छ। चोटपटक वा थकानले स्वास्थ्य कमजोर रहनेछ। नोकरी तथा व्यवसायमा केही झमेला आउने सम्भावना छ। कुनै पनि जोखिमपूर्ण काममा अघि नसर्नुहोला। र अड्किएका कामतर्फ अधिक रकम खर्च नगर्नुहोला। मिहिनेत गर्दा अध्ययनमा उपलब्धि प्राप्त गर्न सकिनेछ।

    मिथुन – GEMINI
    का, कि, कु, घ, ङ, छ, के, को, ह
    मिथुन राशिलाई मंसिर महिना विशेष उपलब्धिमूलक रहनेछ। स्रोत–साधन जुट्नुका साथै अनुकूल वातावरण बन्नाले आँटेको काम बन्नेछ। आत्मविश्वास बढ्नेछ। शत्रुबाधा, मुद्दामामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ। प्रतिस्पर्धाबाट भाग्योदय हुने समय छ। सानो प्रयत्नले महत्त्वाकांक्षी योजना, दिगो काम तथा नयाँ व्यवसाय प्रारम्भ हुनेछ। स्थापित पेसा–व्यवसायले नयाँ उचाइ तय गर्नेछ। पहिलेका प्रतिस्पर्धीहरू नै सहयोगी बन्नेछन्। अड्किएका काम पुनः प्रारम्भ हुनेछन् र उठ्नुपर्ने रकम प्राप्त हुनेछ। अरूका हातमा गएको धन र वस्तुसमेत फिर्ता हुनेछ। अर्थ उपार्जनका नयाँ स्रोत पनि फेला पर्नेेछन्। प्रयत्न गर्दा नयाँ काम, उद्योग वा व्यवसाय सुरु हुनेछ। मिहिनेतले स्वरोजगार बन्न सफल भइनेछ। सानो प्रयत्नले नाम, दाम र इनाम दिलाउन सक्छ।

    कर्कट – CANCER
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    कर्कट राशिलाई मिहिनेत गर्दा मंसिर महिना उपलब्धिमूलक हुनेछ। तर लक्ष्यको उचाइ प्राप्त गर्न केही समय लाग्न सक्छ। सामान्य स्वास्थ्य समस्या देखिनाले पूर्ण समय काममा जुट्न नसकिएला। समस्या दर्साउँदा सहयोगीले साथ दिनेछन्। शुभचिन्तकको प्रेरणाले हौसला र उपलब्धि प्राप्त हुनेछ। परिश्रम गर्नेहरूलाई सम्भावनाका बाटाहरू फेला पर्नेछन्। कृषितर्फ उत्पादनको मूल्य प्राप्त हुनेछ। पशुपालनबाट पनि मनग्य लाभ उठाउन सकिनेछ। राम्रो सवारी तथा विभिन्न भौतिक साधनहरू जुटाउने समय छ। पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ। घरमा सुख–समृद्धि बढ्नेछ। अध्ययन र लेखनतर्फ प्रगति हुनेछ। मिहिनेतले स्वरोजगार बन्न सफल भइनेछ। कामबाट नियमित आयआर्जन हुनेछ। विदेश ताक्नेहरूलाई महिनाको उत्तरार्धमा यात्राको साइत जुर्न सक्छ।

    सिंह – LEO
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    सिंह राशिलाई मंसिर महिना केही संघर्षमय रहने देखिन्छ। अर्थ अभाव र पारिवारिक दबाबले व्यवहार अस्थिरतातर्फ मोडिन सक्छ। साझेदारी तथा सगोलको व्यवहारमा पनि केही विवाद आउने हुँदा घरायसी माहोल बिग्रने सम्भावना छ। घर–व्यवहार सुधार्न केही समय सामाजिक जिम्मेवारीबाट पछि हट्नुपर्ने स्थिति आउन सक्छ। बाहिरी काम रोकेर पनि आफन्तका लागि समय छुट्याउनुपर्ला। पेसा–व्यवसायमा नयाँ योजना थाल्न समस्या पर्नेछ। महत्त्वाकांक्षाले आर्थिक जोखिम निम्त्याउन सक्छ। उठ्नुपर्ने रकम हातलागी नहुँदा कर्जा लिनुपर्ने अवस्था आउन सक्छ। नोकरीमा समेत अरूको दबाब झेल्नुपर्ला। अप्ठ्यारो समयमै सहयोगीहरूले साथ दिन छाड्नेछन्। यो महिनामा केही काम रोकिए पनि हिम्मतले पहिलेको साख र उपलब्धि जोगाउन सकिनेछ, मेहनत गर्नुहोला।

    कन्या – VIRGO
    टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    कन्या राशिलाई मंसिर महिना निकै उत्साहवद्र्धक रहनेछ। बल, पराक्रम, तेज बढ्नाले चुनौतीका पहाड चिर्ने आँट जाग्नेछ। शत्रु र रोगबाट छुटकारा पाइने समय छ। रोकिएका काम सम्पादन हुनेछन्। स्रोत–साधन जुट्नाले महत्त्वाकांक्षी काम थालनी गर्न सकिनेछ। कृषितर्फ नयाँ प्रविधि भिœयाउने समय छ। उद्योग–धन्दा र व्यापारमा विशेष सफलता मिल्नेछ। पेसा–व्यवसायमा मनग्य लाभ हुनेछ। नोकरी तथा राजनीति गर्नेहरूलाई पनि पद–प्रतिष्ठा प्राप्त हुने समय छ। प्रतिष्ठित व्यक्तिहरू सहयोगीका रूपमा देखापर्नेछन्। प्रतिस्पर्धीहरूले हार खानेछन्। घर–परिवारमा सुख–समृद्धि बढ्नेछ। भूमिलगायत स्थायी सम्पत्ति हातपार्ने समय छ। दाजुभाइमा भने केही असमझदारी बढ्न सक्छ। आफ्नो उपलब्धिमा अरूले दाबी गर्ने सम्भावना रहेकाले समयमा सावधान रहनुहोला।

    तुला – LIBRA
    र, रि, रु, रे, रो, ता, ति, तु, ते
    तुला राशिलाई मंसिर महिनामा केही चुनौती देखिए पनि आंशिक उपलब्धि प्राप्त गर्न सफल भइनेछ। मिहिनेत गर्दा अध्ययनमा राम्रो प्रगति हुनेछ। व्यवहारमा भने केही विवादास्पद जिम्मेवारी आउनेछन्। अप्ठ्यारा काममा हात हाल्नाले समस्याबाट बाहिरिन समय लाग्नेछ। प्रतिष्ठाको भ्रमले श्रम, समय र धन खर्च हुनेछ। बोलीको लयमा कठोरताको आभास हुनाले सहयोगीहरू जिम्मेवारीबाट पन्छिन सक्छन्। अरूको भरपर्दा काम रोकिने हुँदा स्वयं जुट्नुपर्नेछ। परिश्रम गर्नेहरूलाई सम्भावनाका बाटाहरू फेला पर्नेछन्। मिहिनेतले काम बन्नेछ र पेसा–व्यवसायमा फाइदा हुनेछ। सञ्चित रकम खर्चनुपरे पनि भौतिक साधन र उपकरण संग्रह गर्न सकिनेछ। लेनदेनसम्बन्धी पुरानो हिसाबले भने वादविवाद निम्त्याउन सक्छ। स्वास्थ्यमा शिर, दाँत र आँखाको समस्याले सताउने समय छ।

    वृश्चिक – SCORPIO
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    वृश्चिक राशिलाई मंसिर महिनामा उच्च महत्त्वाकांक्षाले समस्या निम्त्याउन सक्छ। अरूको सुझावविपरीत आफ्नो निर्णय लागू गर्दा समस्यामा परिनेछ। अहंकार मिश्रित बोली–व्यवहारले सहयोगीहरू टाढिनेछन्। जटिल काम पनि एक्लै समेट्नुपर्ने चुनौती आउन सक्छ। समस्याबाट बाहिरिन समय लाग्नेछ। प्रतिष्ठाको भ्रमले श्रम, समय र धन खर्च हुनेछ। मिहिनेतको तुलनामा न्यून प्रतिफल प्राप्त हुनेछ। वादविवादको योग देखिएकाले धैर्य एवं सुझबुझका साथ काममा जुट्नुहोला। परिस्थिति अनुकूल बनाउन व्यवहारमा सुधार ल्याउनुपर्नेछ। प्रयत्न गर्दा व्यवसायमा सुधारका लक्षण पनि देखिनेछन्। पेसागत जिम्मेवारी बढ्न सक्छ। अध्ययनमा जुट्नेहरूलाई सफलता प्राप्त हुनेछ। स्वास्थ्यमा उच्च रक्तचाप, टाउको दुख्ने र चाँडो रिस उठ्ने समस्या देखापर्ने छन्, सजग रहनुहोला।

    धनु – SAGITTARIUS
    ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    धनु राशिलाई मंसिर महिना केही संघर्षमय रहनेछ। सानो कमजोरीले आर्थिक व्यवस्थापान असन्तुलित बन्न सक्छ। सामान्य किनमेलमा सञ्चित रकम खर्च हुनेछ। सरसापटमा गएको नगद, उठ्नुपर्ने रकम र लगानी अड्किनाले व्यवहारमा समस्या पर्न सक्छ। समस्या पर्दा सहयोगीहरू कमै भेटिनेछन्। र आशा देखाउनेहरूले झुक्याउनेछन्। भौतिक साधनमा क्षति हुनेछ। यात्रा कष्टपूर्ण हुनेछ। कर्मक्षेत्रमा धेरै मिहिनेत र दौडधुप गर्नुपर्ला। प्रमाण नराखी दिएको नगद र उधारो व्यापारले वादविवाद निम्त्याउन सक्छ। पछिल्ला दिनमा आयस्रोत कमजोर हुनेछ, अधिक कर्जा लिएर जोखिम निम्त्याउनु भन्दा क्षति हुनबाट जोगिने प्रयास गर्नुहोला। सबैसँग नम्र व्यवहार गर्दै पहिलेका उपलब्धि जोगाउने प्रयास गर्नुहोला। परिस्थिति अनुकूल नभएसम्म नयाँ कार्ययोजना अघि नबढाउनुहोला।

    मकर – CAPRICORN
    भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    मकर राशिलाई मंसिर महिना फलदायी रहनेछ। रोकिएका कामले गति लिनुका साथै आयस्रोत सबल बन्नेछन्। व्यापार बढ्नेछ, चिताएको काम बन्नेछ र व्यवसायले उचाइको मार्ग अवलम्बन गर्नेछ। कृषि र पशुधनबाट यथेष्ट लाभ मिल्नेछ। नोकरीतर्फ नयाँ अवसर प्राप्त हुने समय छ। अध्ययनमा प्रगति हुनेछ। मिहिनेतले स्वरोजगार बन्न सफल भइनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। पेसा–व्यवसायमा विशेष लाभ हुने समय छ। सानो प्रयासले दिगो आयस्रोत जुटाउन सकिनेछ। सेयर तथा साझेदारीमा मनग्य फाइदा हुनेछ। आवश्यक उपकरण, सवारीलगायत भौतिक साधन जुटाउने समय छ। कृषि तथा पशुपालनबाट पनि मनग्य लाभ मिल्नेछ। गरेका कामको धेरैले प्रशंसा गर्नेछन्। प्रेम र मित्रताको बन्धन कसिनेछ।

    कुम्भ – AQUARIUS
    गु, गे, गो, सा, सि, सु, से, सो, द
    कुम्भ राशिलाई मंसिर महिनामा विशेष अवसर प्राप्त हुनेछन्। विशेष भेटघाट हुनेछ, स्रोत–साधन जुट्नेछन् र दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुने बलियो सम्भावना छ। प्रयत्न गर्दा सामाजिक अभियानको नेतृत्व लिन सकिनेछ। लगनशीलताले सम्मानित स्थान दिलाउनेछ। कीर्तिमानी काम गर्दै नाम, दाम र इनाम हातपार्न सकिनेछ। अध्ययनमा प्रगति हुनेछ। विशिष्ट व्यक्तिहरू नजिकिनेछन्। मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ। व्यापार तथा उद्योगतर्फ मनग्य फाइदा उठाउन सकिनेछ। व्यवसायमा थप लगानी बढाउने समय छ। नयाँ कामको प्रस्ताव आउनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। समुदायको प्रतिनिधिका रूपमा काम गर्ने अवसर प्राप्त हुनेछ। देशविदेशको यात्रा पनि हुन सक्छ।

    मीन – PISCES
    दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    मीन राशिलाई मंसिर महिना सामान्य फलदायी रहनेछ। मिहिनेत गर्दा उपलब्धि प्राप्त गर्न सकिनेछ। सुरुमा निर्णय लिन नसक्दा केही पछि परिनेछ। स्वास्थ्य समस्याले काम रोकिन सक्छ सक्छ। तापनि व्यवसायका लागि पूर्वाधार तयार पार्ने समय छ। धार्मिक तथा सामाजिक काममा प्रवृत्त भइनेछ। अध्ययनतर्फ पहिलेको नतिजा कमजोर आउन सक्छ, मिहिनेत गर्नुहोला। महिनाको उत्तरार्धमा व्यापार बढ्नुका साथै पेसा–व्यवसायमा सुधारका लक्षण देखिनेछन्। लगानीमा केही रकम बाहिरिए पनि नियमित आम्दानी भइरहनेछ। केही नयाँ जिम्मेवारीसमेत प्राप्त हुने सम्भावना छ। पूर्वार्धमा संघर्ष गर्नुपरे पनि अन्त्यमा उपलब्धि प्राप्त गर्न सकिनेछ। विदेश ताक्नेहरूलाई यात्राको साइत जुर्न सक्छ। आफ्नो भोगाधिकारमाथि अरूले दाबी गर्न सक्छन्, सजग रहनुहोला।

    शुक्रबार, मङि्सर ०१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer