• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, असार ०४, २०८३
☰
बिहिबार, असार ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. मासिक राशिफल: असार २०८३

  • ५. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

मध्यभोटेकोसी जलविद्युतबाट मंसिर अन्तिममा बिजुली उत्पादन हुने, पौने ३ अर्ब आम्दानी गर्ने


  •   शुक्रबार, मङि्सर ०१, २०८० मा प्रकाशित
  • काठमाडौं । सार्वजनिक तथा निजी साझेदारीमा निर्माणाधीन १ सय २ मेगावाटको मध्यभोटेकोसी जलविद्युत आयोजना फेरि पछाडि धकेलिएको छ ।
    आयोजनाको समय लम्बिएर मंसिर मसान्त पुगेको छ। आयोजनाको ९९ प्रतिशत काम सकिएको मध्यभोटेकोसी जलविद्युत कम्पनी लिमिटेडले जनाएको छ ।

    Advertisement

    यसअघि आयोजनाबाट असोजदेखि बिजुली उत्पादनको नयाँ कार्यतालिका बनेको थियो । त्यसअघि साउन १५ बाट बिजुली उत्पादन गर्ने लक्ष्य थियो । आयोजनाको काम नसकिँदा पछि धकेलिँदै गएको छ।

    प्रसारण लाइन निर्माणमा भएको ढिलाइका कारण आयोजनाबाट बिजुली उत्पादन ढिलो हुने अवस्था आएको हो । नेपाल विद्युत प्राधिकरणले बाह्रबिसेमा सबस्टेसन समयभित्र बनाउने अनुमानका आधारमा बिजुली उत्पादनको नयाँ कार्यतालिका तयार पारिएको कम्पनीले जनाएको छ ।
    आयोजनाको लट–१ अन्तर्गत सिभिल र हाइड्रोमेकानिकलको ९९ प्रतिशत काम सकिएको छ । यस्तै इलेक्ट्रोमेकानिकल उपकरण आयोजनास्थलमा आई जडान भइरहेको कम्पनीले जनाएको छ।
    इलेक्ट्रोमेकानिकलको काम ९८ प्रतिशत सकिएको जानकारी कम्पनीले दिएको छ। प्रसारण लाइनको प्रगति ८० प्रतिशत छ । आयोजना र विद्युत प्राधिकरणको प्रसारण लाइन निर्माणमा केही ढिला हुन गएकाले आयोजना पछाडि धकेलिएको हो ।
    २०७९ पुसभित्र सक्ने लक्ष्य राखिएकोमा म्याद थपेर असारमा पुर्‍याइएको थियो । आयोजना निर्माणमा ढिलाइ हुँदा लागत अनुमान गरिएभन्दा २ अर्ब ७४ करोड ९६ लाख रुपैयाँ बढेको छ।

    कर्मचारी सञ्चय कोषसँग ऋण सम्झौता हुँदा निर्माण अवधिको ब्याजबाहेक आयोजनाको लागत १२ अर्ब २८ करोड ३३ लाख रुपैयाँ थियो। आयोजनाको अद्यावधिक अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक १५ अर्ब ३ करोड २ लाख ९० रुपैयाँ पुगेको छ।
    निर्माणाधीन आयोजनाको सुरुको कुल लागतमध्ये ५० प्रतिशत स्वपुँजी र ५० प्रतिशत ऋणबाट जुटाइएको छ। मध्यभोटेकोसी आयोजनाले बिजुली बेचेर वार्षिक २ अर्ब ८० करोड रुपैयाँ आम्दानी गर्ने भएको छ। आयोजनाले ५४ करोड २२ लाख युनिट बिजुली विद्युत प्राधिकरणलाई बेचेर उक्त रकम आम्दानी गर्ने भएको हो।
    नदी प्रवाही (आरओआर) आयोजनाबाट सुक्खा याममा ८ करोड ३७ लाख र बर्खामा ४५ करोड ४५ लाख युनिट बिजुली उत्पादन हुने कम्पनीको भनाइ छ।
    २०७१ साउनमा आएको जुरे पहिरो, २०७२ वैशाखको विनाशकारी भूकम्प, २०७२ असोजदेखि करिब साढे पाँच महिना लामो भारतीय नाकाबन्दी, २०७३ असारमा भोटेकोसी नदीमा आएको बाढी, गत वर्ष असारमा निर्माणस्थल भोटेकोसी नदी एवं आसपास क्षेत्रमा आएको बाढी–पहिरो तथा कोभिड–१९ महामारीको चपेटामा आयोजना परेको थियो।
    प्राकृतिक विपत्ति र सिभिल एन्ड हाइड्रोमेकानिकल कार्यको ठेकेदार चिनियाँ कम्पनी क्वाङ्सी हाइड्रो एन्ड इलेक्ट्रिकल कन्स्ट्रक्सनको कमजोर कार्यसम्पादनका कारण आयोजना निर्माण सम्पन्न हुने तालिका प्रभावित हुँदै आएको छ।
    आयोजनाको लागत बढ्न नदिन सिभिल तथा हाइड्रोमेकानिकल कार्य ‘इन्जिनियरिङ, प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन’ (इपिसी) मोडेलमा चिनियाँ कम्पनी क्वाङ्सीले ठेक्का लिएको थियो। इलेक्ट्रो मेकानिकलतर्फको काम भने एन्ड्रिज हाइड्रोले गरिरहेको छ।
    आयोजनाको हेड २ सय ३५ मिटर अग्लो छ। सुरुङको लम्बाइ सात किलोमिटर छ। मध्यभोटेकोसी कम्पनीको चुक्ता पुँजी ६ अर्ब रुपैयाँ छ। जसमा ५१ प्रतिशत संस्थापक सेयरधनीको हिस्सा छ। ४९ प्रतिशत सर्वसाधारणको हिस्सा छ।
    संस्थापक सेयरधनीमा विद्युत प्राधिकरणको १०, चिलिमे जलविद्युत कम्पनी लिमिटेड ३७, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी १, नेपाल अरनिको हाइड्रोपावर कम्पनी १, सिन्धु इन्भेस्टमेन्ट कम्पनी प्रालि १ र सिन्धु भोटेकोसी हाइड्रोपावरको १ प्रतिशत छ।
    ४९ प्रतिशत सर्वसाधारण सेयरधनी समूहतर्फ सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीको १९.५, संस्थापक संगठित संस्थाका कर्मचारीको ३.५, ऋणदाता संस्थाका कर्मचारीको १, सिन्धुपाल्चोकका स्थानीयको १० र सर्वसाधारणको १५ प्रतिशत छ।
    कम्पनीले साधारण सेयर निष्कासन गरी रकम संकलन गरिसकेको छ। कम्पनीका साधारण लगानीकर्ता १० लाख ७५ हजार छन्।

    शुक्रबार, मङि्सर ०१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ३.
      आज २०८३ साल असार २ गते (१६

    • ४.
      मासिक राशिफल: असार २०८३

    • ५.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      मासिक राशिफल: असार २०८३

    • ४.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer