• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, जेठ २८, २०८३
☰
बिहिबार, जेठ २८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

लुम्बिनीमा शिखर सम्मेलनको तयारी तीव्र, नोबेल पुरस्कार विजेता सत्यार्थीसहित विज्ञ सहभागी हुने


  •   शुक्रबार, मङि्सर ०१, २०८० मा प्रकाशित
  • दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी फागुन २७, २८ र २९ गते बुद्ध जन्मस्थल लुम्बिनीमा चौथो शिखर सम्मेलन गर्न तयारी अघि बढाएको छ । लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विशेष चासो दिएको सम्मेलनमा बालबालिकाको हित, दिगो विकास र शान्तिका लागि ‘लरेट्स एन्ड लिडर्स’ नाममा सम्मेलन आयोजना गर्न लागिएको हो ।

    Advertisement

    लुम्बिनी सरकारले आर्थिक वर्ष २०८०/०८१ वार्षिक नीति तथा कार्यक्रम र बजेटमै शिखर सम्मेलनलाई समेटेको छ । सम्मेलनका लागि लुम्बिनी विकास कोष, पर्यटन व्यवसायी र प्रदेश सरकारमातहतका विभिन्न कार्यालय र निकायसँग गृहमन्त्री एवं सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेयको छलफल गरिसकेका छन् ।

    शिखर सम्मेलनमा विभिन्न राष्ट्रका २० जना नोबेल शान्ति पुरस्कार विजेता कैलाश सत्यार्थीसहित बालबालिका, शान्ति क्षेत्रका विज्ञ, सरकारी तथा गैरसरकारी अधिकारी र सरोकारवाला सहभागी हुने भएकाले प्रारम्भिक गृहकार्य अगाडि बढाइएको पाण्डेयले बताए । कैलाश सत्यार्थी सन् २०१४ मा नोबेल शान्ति पुरस्कार पाएका थिए ।

    शान्ति, सद्भाव र करुणको सन्देश जाने एवं विश्वभर लुम्बिनी क्षेत्रको पर्यटकीय प्रवर्द्धन हुने सम्मेलनको उद्देश्य रहेको छ । सम्मेलनलाई लुम्बिनी प्रदेशको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास गरिएको छ ।

    सम्मेलनलाई सफल बनाउन संघीय सरकारका परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी सदस्य रहेको १३ सदस्यीय उच्चस्तरीय समन्वय समिति गठन गरिएको प्रदेश सचिव सुमन घिमिरेले बताए ।

    मुख्यमन्त्री चौधरीको संयोजकत्वमा निर्देशक समिति, प्रदेश अर्थमन्त्री धनबहादुर मास्कीको संयोजकत्वमा स्रोत समन्वय तथा सहजीकरण समिति, गहृमन्त्री सन्तोषकुमार पाण्डेयको अध्यक्षतामा सुरक्षा समिति, पर्यटन विकास परिषद्का कार्यकारी निर्देशकको संयाजकत्वमा अतिथि सत्कार आवास समिति, पर्यटन डिभिजन कार्यालय रुपन्देहीका डिभिजन प्रमुखको संयोजकत्वमा यातायात व्यवस्थापन समिति, गृह मन्त्रालय सूचना तथा सञ्चार मन्त्रालयका उपसचिवको संयोजकत्वमा सञ्चार तथा प्रचारप्रसार समिति गठन गरिएको छ ।

    सम्मेलनको लागि प्रारम्भिक तयारी साउनबाटै सुरु भए पनि कार्यक्रमको मोडलको तयारीमा जुटेको घिमिरेले बताए । सम्मेलनमा विभिन्न विचारमूलक छलफल हुनेछ ।

    लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराइले विभिन्न राष्ट्रका नोबेल शान्ति पुरस्कार विजेता सहभागी हुने भएकाले लुम्बिनीको विश्वमाझ थप प्रचार हुने बताए ।

     

    शुक्रबार, मङि्सर ०१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer