• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, बैशाख १२, २०८३
☰
शनिबार, बैशाख १२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

तिलोत्तमा तेस्रो औद्योगिक व्यापार मेला सुरु, ५ लाख दर्शकले अवलोकन गर्ने, १० करोडको आर्थिक कारोबार हुने अपेक्षा


  •   शुक्रबार, मङि्सर ०१, २०८० मा प्रकाशित
  • रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका-५ स्थित मणिग्राममा तेस्रो औद्योगिक व्यापार मेला तथा कृषि एवम् पर्यटन प्रवर्द्धन महोत्सव–२०८० सुरु भएको छ ।

    Advertisement

    शुक्रबार मेलाको उद्घाटन प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले गरेका छन् ।

    स्वदेशी तथा स्थानीय उत्पादनलाई प्रोत्साहन, बजारीकरण, नयाँ प्रविधिको खोजी, कला र संस्कृतिको जगेर्ना, कृषिको व्यवसायीकरण, पर्यटन प्रवद्र्धनका लागि मेला आयोजना गरिएको तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारीले जानकारी दिए ।

    मेलामा औद्योगिक प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आईटी लगायत विभिन्न प्रकृतिका तीन सय स्टलहरू रहेक उनले बताए ।

    १२ मंसिरसम्म सञ्चालन हुने मेलामा ५ लाख दर्शकले अवलोकन गर्ने र १० करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको उनले बताए ।

    भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा होटल र पर्यटन क्षेत्रको लगानी डुब्ने खतरा : भण्डारी

    सांसद भण्डारीले कमिसनका लागि महँगो ब्याजदरमा विदेशबाट ऋण लिएर भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलहरु बनाइए पनि होटल र पर्यटन क्षेत्रको लगानी डुब्ने जोखिम रहेको बताए ।

    लोकतन्त्रको नाममा लुटतन्त्र हुँदा उद्योगी व्यवसायी र आम नागरिक निराश बनेको उनले बताए ।

    युवा शक्ति विदेश पलायन भएको प्रति चिन्ता व्यक्त गर्दै सांसद भण्डारीले युवा पलायन रोक्न तीनै तहका सरकारको ध्यान जानुपर्नेमा जोड दिए ।

    खुल्ला सीमाबाट हुने तस्करी र भन्सारछलीले नेपाली व्यवसायी मारमा परेको औंल्याउँदै उनले तस्करी र खुला सीमा नियन्त्रणमा निर्मम भएर लाग्न उनले सरकारको ध्यानाकर्षण गराए ।

    विदेशबाट आयात हुने तरकारी, फलफूल र पशुपन्छीको क्वारेन्टाइन गर्न पनि नसक्ने सरकारले मुलुक बनाउन नसक्ने उनले तर्क गरे ।

    विश्वका विकसित देशहरुमा जनता धेरै र कार्यकर्ता एकदमै थोरै हुने गरेको तर नेपालमा जनता ज्यादै कम र दलका कार्यकर्ता धेरै भएकाले पनि मुलुकको विकास हुन नसकेको उनको भनाइ थियो ।

     

    शुक्रबार, मङि्सर ०१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      मासिक राशिफल: वैशाख २०८३

    • ७.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer