• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, बैशाख १२, २०८३
☰
शनिबार, बैशाख १२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

लेखापाल आत्महत्या दुरुत्साहनको आरोपमा वडाध्यक्ष भट्टराई पक्राउ


  •   आइतबार, मङि्सर ०३, २०८० मा प्रकाशित
  • काठमाडौं । झापाको कमल गाउँपालिका ६ स्थायी घर भई पाँचथरमा कार्यरत ३६ वर्षीय लेखापाल अनिल कार्कीको मृत्यु प्रकरणमा संलग्नताको आरोपमा वडाध्यक्ष नरेन्द्रप्रसाद भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ।

    Advertisement

    कमल गाउँपालिका वडा न ६ का वडाध्यक्ष भट्टराईलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको जनाएको छ ।

    प्रहरीको खोजीमा रहेका भट्टराई प्रहरी कार्यालय आफै आएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

    हाल अदालतबाट म्याद थप गरी उनलाई प्रहरी हिरासतमा राखी उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सोही कसुरमा पक्राउ परेका कार्कीकी श्रीमती चाहना पोख्रेल र ससुरा पुण्यप्रसाद पोख्रेललाई प्रहरीले घटना भएको भोलिपल्ट पक्राउ गरेको थियो यद्यपि राजनीतिक संरक्षणमा रहेको बताइएका आरोपित भट्टराई लाई प्रहरीले घटना भएको १८ दिनपछि पक्राउ गरेको छ ।

    मृतकका मामा खेमबहादुर बुढाथोकीले जनाए अनुसार आफ्नो भान्जाको मृत्युमा वडाध्यक्षको पनि हात हुँदाहुँदै प्रहरीले राजनीतिक दबाबमा पक्राउ गर्न नसकेको मृतक कार्कीका मामा बुढाथोकीले दाबी गर्दै आएका थिए ।

    किटानी जाहेरीमा वडाध्यक्ष भट्टराईको नाम पनि उल्लेख भएकाले उनीमाथि पनि अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताएका थिए ।

    कात्तिक ६ गते अर्थात् महानवमीको दिन मृतक कार्की र उनकी श्रीमतीबीच घरायसी विवाद भइरहेको बेला वडाध्यक्ष भट्टराई पुगेका थिए । सो क्रममा भट्टराईले कार्कीमाथि हातपातसमेत गरेका थिए ।

    आफूमाथि वडाध्यक्ष भट्टराईले गरेको कुटपिटको घटनालाई लिएर मृतक कार्की दसैँको टिकाको दिन अर्थात् कात्तिक ७ गते किटानी जाहेरीसहित इलाका प्रहरी कार्यालय दमक पुगेका थिए ।

    साथै कात्तिक १२ गते साँझ कार्कीले घरमै झुन्डिएर आत्महत्या गरेका थिए ।कार्कीलाई श्रीमती, ससुरा र वडाध्यक्ष भट्टराईले आत्महत्या गर्न लगाएको भन्दै आफन्तले आत्महत्या दुरुत्साहनको आरोप लगाएका छन् ।

    आइतबार, मङि्सर ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      मासिक राशिफल: वैशाख २०८३

    • ७.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer