काठमाडौं । ठुला चाडपर्व सकिएसंगै विस्तारै कर्मथलो, देशका ठुला शहर काठमाडौं लगायतका ठाउहरुमा फर्कने क्रम दिनप्रतिदिन बढ्दो छ । दशै र तिहारको लामो छुट्टीमा बन्द भएका बिद्यालय र क्याम्पसहरु पनि चाडपर्व सकिएसंगै खुल्ने गर्दछन् । जसका कारण पनि काठमाडौं लगायतका शहरहरुमा फर्कने क्रम बढेको छ ।
अधिकांस युवाहरु पढ्ने होस् वा रोजगारीको सिलसिलामा शहर केन्द्रित हुने र गाउघरमा वृद्द वा-आमा मात्रै रहने गरेकाले, अरुवेला सुनसान जस्तै रहने गाउघर चाडवाडका वेला रमाईलो देखिन्छ ।पछिल्ला वर्षहरुमा ठुला चाडपर्व वा-आमासंगै गाउमै मनाउने र जन्मथलोमै रमाउने परम्पराको बिकास भएको छ । खासगरी २०४६ सालको प्रजातन्त्र पुनर्स्थानमा पस्चात देशमा शहर केन्द्रत वसाई-सराई बढ्दो छ ।। रोजगार शिक्षा र स्वास्थ्यका कारणले पनि शहरको वसाई आकर्षक बन्ने गरेको छ ।
सधै जसो यसपाली पनि दशलाख भन्दा बढिले काठमाडौं उपत्यका छोडेको अनुमान गरिएको थियो ।
ठुला चाडपर्वले आपसमा सामाजिक सद्भाव मात्रै बढाउदैनन् यसका कारणले हुने चहलपहलले देशको अर्थतन्त्रमा समेत ठुलो सकारात्मक सहयोग गरिरहेको हुन्छ ।




