• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, बैशाख १४, २०८३
☰
सोमबार, बैशाख १४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

मिर्गौला बिग्रिन लागेका संकेत, रोकथाम यसरी गर्ने


  •   सोमबार, मङि्सर ०४, २०८० मा प्रकाशित
  • काठमाडौँ । हाम्रो शरीरको सानो अंग हो मिर्गौला । तर हाम्रो समग्र स्वास्थ्यमा यसको भूमिका निकै महत्त्वपूर्ण हुन्छ । यसले हरेक ३० मिनेटमा आधा कप रगत फिल्टर गर्छ ।

    Advertisement

    शरीरमा भएका फोहोर पदार्थ, टक्सिन र अतिरिक्त फ्लुइडलाई बाहिर निकाल्ने काम गर्छ । कोशमा उत्पादन भएका एसिडलाई हटाउने र रगतमा पानी, नुन र खनिज तत्त्वबिच स्वस्थ सन्तुलन कायम गर्ने काम पनि यसैले गर्छ । पछिल्लो समय विश्वभर क्रनिक किड्नी डिजिजका बिरामीको संख्या बढिरहेको छ ।

    मिर्गौलामा कुनै असमान्यता देखियो वा थोरै मात्रै पनि क्षति भएको छ भने त्यसलाई डाक्टरहरुले क्रनिक भनेर भन्ने गरेका छन् । क्रनिकको अर्थ पूरै निको नहुने भन्ने हो । केहीलाई क्रनिकको अर्थ गम्भीर भन्ने लागेको हुन सक्छ । थोरै मात्रै असमान्यता देखिनुलाई पनि क्रनिक नै भनिन्छ ।

    मृगौलासम्बन्धी रोगको मुख्य कारण के हो ?

    दुबै मिर्गौला पूरै बिग्रिएर रगत छान्न नसकेपछि क्रनिक डिजिजको समस्या देखिन्छ । मिर्गौलाले सही तरिकाले काम गर्न नसक्दा शरीरमा फ्लुइड र फोहोरको मात्रा निकै बढ्छ । यसका कारण मुटु र स्ट्रोकको समस्या देखिन सक्छ । क्रनिक किड्नी डिजिजका कारण मधुमेह, उच्च रक्तचाप, मुटुको रोग र मोटोपनाको समस्या पनि निम्तिन सक्छ ।

    साइलेन्ट किलर

    मिर्गौलाको रोगलाई साइलेन्ट किलर पनि भनिन्छ । शुरुआती चरणमा यसको कुनै पनि लक्षण देखिन्न । समस्या विस्तारै विस्तारै शरीर भित्र बढ्दै जान्छ । रोग पत्ता लगाउन लगातार रगत र पिसाबको परीक्षण गर्नुपर्छ । तपाईलाई उच्च रक्तचाप वा मधुमेह छ भने लगातार रगत र पिसाबको जाँच गराउनुस् ताकि मिर्गौलामा लाग्ने रोगलाई बढ्नबाट रोक्न सकियोस् ।

    रोगका संकेत

    मिर्गौलामा रोग लागेर समस्या बढेपछि भने शरीरमा पनि यसका केही संकेत देखिन थाल्छ । तौल घट्दै जान्छ । भोक पनि कम लाग्छ । घुँडा सुन्नि थाल्छ । सास फेर्नमा समस्या हुन्छ । थकान महसुस भइरहन्छ । पिसाबमा रगत देखिन थाल्छ । लगातार टाउको दुखिरहन्छ ।

    अन्य चुनौतीहरु

    क्रनिक किड्नी डिजजका कारण अन्य समस्याहरु पनि आउँछ । रक्तअल्पता हुन्छ । छिट्टै संक्रमण भइहाल्छ । शरीरमा क्याल्शियमको स्तर कम हुन्छ । पोटाशियम र फोस्फोरसको स्तर बढ्छ ।

    कसरी बच्ने ?

    मिर्गौलाको रोगबाट बच्न केही कुरामा विशेष ध्यान दिनुपर्छ । तपाईँको तौल धेरै छ भने तौल कम गर्नुस् । सक्रिय रहनुस् । शारीरिक गतिविधिहरुले रगतमा चिनीको स्तर कम गर्न सघाउँछ । नियमित रुपमा व्यायाम गर्नुस् । धुम्रपान त्याग्नुस् । मिर्गौलाको अवस्था कस्तो छ भने नियमित रुपमा चेकजाँच गराउनुस् । रक्तचाप नियन्त्रित राख्नुस् । नुन कम भएको खानेकुरा खानुस् । पर्याप्त मात्रामा फलफूल र हरियो सागसब्जी, तरकारी खानुस् । रगत र पिसाबको नियमित जाँच गराउनुस् । स्वस्थ जीवनशैली अपनाउनुस् ।

    सोमबार, मङि्सर ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer