• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

माग पूरा नभएसम्म पछाडि नहट्ने बरु थप दबाब दिने पक्षमा ईसीडी शिक्षकहरु


  •   सोमबार, मङि्सर ०४, २०८० मा प्रकाशित
  • काठमाडौँ । नेपाल बालविकास (ईसीडी) शिक्षक संघर्ष केन्द्रीय समितिले आफ्ना माग पूरा गराउन सरकारसहित सरोकारवाला निकायलाई थप दबाब दिने भएको छ । पेसागत स्थायित्व, सेवासुविधासहितका माग पूरा गराउन आफूहरूले सरकार, विभिन्न राजनीतिक दलका नेताहरू, सांसद, नेपाल शिक्षक महासंघलगायतलाई थप दबाब दिइने केन्द्रीय समिति अध्यक्ष कृष्णकुमारी थापा मगरले जानकारी दिइन् ।

    Advertisement

    थापा मगरले सोमबार सन्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै बालविकास सहजकर्तासँग सरकारले गरेका सहमति कार्यान्वयन गराउन दबाब दिइरहेको बताएकी हुन् । ‘बालविकास शिक्षकसँग भएका सहमति कार्यान्वयनका लागि हामीले दसैँतिहारअगाडि मन्त्री, सांसद, नेता तथा सरोकारवालालाई भेटेर दबाब दिएका थियौँ । अब चाडपर्व पनि सकियो । हाम्रा माग कार्यान्वयन गराउन थप दबाब दिनेछौँ । माग पूरा नभएसम्म हामी पछि हट्दैनौँ ’, उनले भनिन् ।

    गत असोजमा भएको वार्तामा नेपाल बालविकास शिक्षक संघर्ष केन्द्रीय समितिले उठाएका मागमा सरकारले सहमति जनाएको थियो । जसमा बालविकास शिक्षकलाई विद्यालय संरचनाभित्र राख्नुपर्ने, बालविकास शिक्षकको दरबन्दी कायम गरी प्राथमिक तहसरह तलबसुविधा दिनुपर्ने, उमेरहद नाघेका बालविकास शिक्षकलाई गोल्डेन ह्यान्डसेकको व्यवस्था गर्नुपर्ने, बालविकास शिक्षकको सेवा, सर्त र सुविधा संघीय सरकारबाटै उपलब्ध हुनुपर्ने मागमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले हस्ताक्षर गरेका थिए ।

    मन्त्री राईले संघीय विद्यालय शिक्षासम्बन्धी विधेयकमा बालविकास शिक्षकका माग समेटिने बताएका थिए । विधेयक हाल प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छ ।

    यस्ता छन् ईसीडी शिक्षकले अघि सारेका माग

    • प्रारम्भिक बाल शिक्षालाई विद्यालय संरचनाभित्र समावेश गर्नुपर्ने र कार्यरतको दरबन्दी कायम गरी रूपान्तरण गर्नुपर्ने ।

    • प्रारम्भिक बालविकास शिक्षामा कार्यरत सहयोगी सहजकर्तालाई कायम दरबन्दीबमोजिम आन्तरिक प्रतिस्पर्धाबाट स्थायी हुने अवसर दिनुपर्ने र आन्तरिकको शतप्रतिशतको व्यवस्था गर्नु पर्ने ।

    • प्रारम्भिक बाल विकासमा कार्यरतलाई शिक्षकको दर्जा दिई प्राथमिक तहको तृतीय श्रेणीको शिक्षकसरहको तलब तोकिनुपर्ने ।

    • प्रारम्भिक बालविकासमा कार्यरत भई विस्थापित हुने सहजकर्तालाई कार्य अवधिको गणना गरी सो आधारमा अवकास सुविधाको व्यवस्था गर्नुपर्ने ।

    • बालविकास तर्फ कार्यरत सहजकर्तालाई विरामी बिदा तथा सञ्चित बिदाको व्यवस्था गर्नुपर्ने ।

    • प्रारम्भिक बालविकास सहजकर्ताको तलबसुविधा नेपाल सरकारबाट उपलब्ध हुने व्यवस्था गर्नुपर्ने ।

    • बालविकास सहजकर्ताहरु स्थायी शिक्षक भएपछि सहजकर्ताको सेवा अवधि गणना गरी निवृत्तिभरण तथा सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नुपर्ने । (साभार)

     

    सोमबार, मङि्सर ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ३.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      मासिक राशिफल: वैशाख २०८३

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      वार्षिक राशिफल: २०८३

    • ७.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer