☰
बुधबार, कार्तिक १२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

रुकुमपश्चिम जिप दुर्घटना : दशजना घाइतेको अवस्था गम्भीर


  •   मङ्गलबार, मङि्सर ०५, २०८० मा प्रकाशित
  • काठमाडौं । सोमबार बिहान रुकुम पश्चिममा भएको जिप दुर्घटनामा परेर घाइते भएका १९ जनामध्ये १० जनाको अवस्था गम्भीर रहेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गम्भीर अवस्थाका घाइतेहरुलाई थप उपचारका लागि सुर्खेत र नेपालगञ्ज पठाइएको छ ।

    Advertisement

    चौरजहारी नगरपालिका–१० को खोलागाउँबाट जिल्ला सदरमुकाम मुसीकोट खलङगातर्फ आउँदै गरेको लु १ ज २२९७ नम्वरको यात्रुवहाक जिप मध्यपहाडी राजमार्गअन्तर्गत चौरजहारी नगरपालिका–८ को गोईरीज्यूलामा दुर्घटना भएको थियो ।

    दुर्घटनामा परेर गम्भीर घाइते हुनुभएका चौरजहारी नगरपालिका –१३ का ४५ बर्षिय मस्त बहादुर ओली र सानीभेरी गाउँपालिका –२ निवासी सपना बुढाका १७ महिनाका छोरा प्रतिक बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी निरीक्षक बिष्णुप्रसाद श्रेष्ठका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका छ जनालाई हेलिकप्टर मार्फत र चारजनालाई एम्बुलेन्स मार्फत थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा लगिएको छ ।

    गम्भीर अवस्था रहेका चौरजहारी नगरपालिका–१३ निवासी ३७ वर्षीय जिप चालक भिमबहादुर बिक र ४ वर्षीय साहारा परियार, वडा नम्वर ११ निवासी ३० वर्षीय रणबहादुर ओली, वडा नम्वर १४ निवासी २४ वर्षीय प्रेम परियार र २६ वर्षीय कविता परियार र वडा नम्वर १० निवासी २५ वर्षीय प्रविर पुनलाई उपचारको लागि मेडिकल कलेज कोहलपुर लगिएको छ । उहाँहरुलाई हेलिकप्टर मार्फत थप उपचारको लागि त्यहाँ लगिएको हो ।

    त्यसैगरी चौरजहारी नगरपालिका –१३ निवासी ४ वर्षीया डिला बिष्ट, सानीभेरी गाउँपालिका वडा नम्वर २ निवासी २० वर्षीया सीता पुन, २८ वर्षीया सिता बिष्ट र ८ वर्षीया दिपशिखा पुनलाई थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको छ । अन्य नौ जना घाइतेहरुको भने चौरजहारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    क्षमता भन्दा बढी यात्रु बोकेको उक्त जिप अनियन्त्रित हुँदा करिब तीन सय मिटर तल सानोभरी किनारमा खसेको थियो ।

    मङ्गलबार, मङि्सर ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer