• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार २६, २०८३
☰
शुक्रबार, असार २६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • २. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

भूकम्प प्रभावित क्षेत्रमा एमालेको ११ सय स्वयंसेवक परिचालित


  •   मङ्गलबार, मङि्सर ०५, २०८० मा प्रकाशित
  • काठमाडौं । नेकपा (एमाले) ले भूकम्प प्रभावित क्षेत्रमा एक हजार एकसय जना स्वयंसेवक परिचालित गरेको जनाएको छ । स्वयंसेवकहरूले भूकम्पले भत्काएका घरभित्रका सामानहरू निकाल्ने, भग्नावशेष पन्छाउने र त्यहाँ अस्थायी घरटहरा बनाउन जमिन सम्याउनेजस्ता काम गरिरहेको एमालेले जनाएको छ ।

    Advertisement

    कात्तिक १७ गते राति गएको भूकम्पबाट प्रभावित जाजरकोट र रुकुमपश्चिममा भएको भौतिक संरचनाको भग्नावशेष हटाउन र अस्थायी बसोबास निर्माणका लागि पार्टी केन्द्रको तर्फबाट एक हजार र प्रदेशका एक सय गरी ११ सय स्वयंसेवक खटिएका हुन् । त्यसमध्ये जाजरकोटमा सातसय र रुकुमपश्चिममा चारसय स्वयमसेवक परिचालन भएको पार्टी केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिनुभयो ।

    नेकपा (एमाले) का जनसंगठनहरू नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट), अनेरास्ववियु, राष्ट्रिय युवा संघ नेपाल, राष्ट्रिय खेलकुद महासंघ तथा पार्टीका प्रदेश कमिटीबाट दक्ष जनशक्ति सहितको स्वयंसेवकहरूको टोली प्रभावित क्षेत्रमा पुगेर काममा जुटेको नेता आचार्यले बताउनुभयो ।

    जिफण्टको स्वयंसेवक टोली जाजरकोटमा मङ्सिर १ गतेदेखि नै भग्नावशेष हटाउन र भत्केका घरभित्र पुरिएका सामान निकाली व्यवस्थापन गर्न खटिइरहेको छ । केन्द्रीय सदस्य आचार्यका अनुसार स्वयंसेवकहरूलाई प्रभावित बस्तीको आधारमा विभिन्न २८ वटा समूहमा विभाजन गरिएको छ । जसअनुसार भेरी नगरपालिका –३ माथिल्लो थाप्ले क्षेत्रमा पार्टीका पोलिटब्युरो सदस्य तथा जिफन्टका अध्यक्ष विनोद श्रेष्ठको नेतृत्वमा काम भइरहेको छ ।

    त्यसैगरी पीपलडाँडा क्षेत्रमा अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष नारायण घर्ती र महासचिव नरेश रोकायको नेतृत्वमा अनेरास्ववियुको समूह परिचालन भएकोे छ । पार्टीका केन्द्रीय सदस्य तथा विपद व्यवस्थापन तथा स्वयंसेवा विभागका प्रमुख किरण पौडेल, केन्द्रीय सदस्य निरज आचार्य लगायतको समूहले भेरी नगरपालिका १ रिम्नाबाट काम सुरु गरेको छ । मोहन बडुवाल नेतृत्वको प्रदेश कमिटीको समूहले पनि रिम्नामै काम गरिहेको छ ।

    भेरी नगरपालिका –१ रावतगाउँ, पिपे, मैदे, चौर, रिम्ना, नलगाड नगरपालिका –१ को चिउरी, पालि, कल्पत वडा ३ को कट्के, करुवा, चाउलेचौर, टट्टा वडा ५ को ऐरारी, चारगाउँ वडा ६ को थाप्ला, चारगाउँ वडा ७ को चामखेत लगायत क्षेत्रमा विभिन्न समूह खटिएको सो दलले जनाएको छ । त्यसैगरी इपिसेन्टरको रूपमा रहेको बारेकोट गाउँपालिकाको सिर्पाचौर, लिम्सा, बयाला, काउली, रामिडाँडा, जिरी लगायतका ठाउँमा छुट्टाछुट्टै समूह बनाएर पहिलो चरणमा जोखिममा रहेका संरचनाको भग्नावशेष हटाउने काम भइरहेको पार्टी केन्द्रीय सदस्य किरण पौडेलले बताउनुभयो ।

    उहाँका अनुसार कुशे गाउँपलिका र जुनिचाँदे गाउँपालिकामा भोलिसम्ममा स्वयंसेवक पुग्नेछन् । नेकपा (एमाले) का स्वयम्सेवकहरूले पाँच हजार कार्यदिनमा एक करोडभन्दा बढी मूल्यको श्रम गर्नेछन् । हजारौं घरटहराहरू बनाएर भूकम्पको पीडामा रहेका नागरिकहरूलाई न्यानो बसाइँको व्यवस्था गरेर मात्र आफूहरू घर फर्किने केन्द्रीय सदस्य पौडेलले बताउनुभयो ।

    नेकपा (एमाले) को गत कात्तिक २२ गते बसेको २५ औँ सचिवालय बैठकले भूकम्प प्रभावित क्षेत्रमा स्वयंसेवक परिचालन गरी भग्नावशेष हटाउन र अस्थायी घरटहरा बनाउन श्रमदान गर्ने निर्णय गरेको थियो । २०७२ सालको विनाशकारी भूकम्पमा पनि नेकपा (एमाले) ले स्वयंसेवक परिचालन गरी २७ हजार २७६ अस्थायी घरटहरा र १३ सयभन्दा बढी विद्यालयका अस्थायी संरचना निर्माण गरेको थियो ।

    मङ्गलबार, मङि्सर ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    लोकप्रिय

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५

    • ३.
      आज २०८३ साल असार २५ गते (९

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer