• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, बैशाख १४, २०८३
☰
सोमबार, बैशाख १४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

७७% कृषकलाई वर्षभरी खान नै नपुग्ने कृषि उत्पादन बागमती प्रदेशमा


  •   मङ्गलबार, मङि्सर ०५, २०८० मा प्रकाशित
  • मकवानपुर । बागमती प्रदेशमा कृषि पेसामा आश्रित परिवार मध्ये ७७ प्रतिशतलाई वर्षभरि खानसम्म पुग्दैन । राष्ट्रिय कृषि गणनाको तथ्याङ्क अनुसार प्रदेशमा मुख्य पेसा कृषि अपनाउने कुल परिवार मध्ये २३ प्रतिशत मात्र उत्पादित कृषि उपजबाट जीवन निर्वाह गर्ने गरेका छन् ।

    Advertisement

    बागमती प्रदेशका १३ जिल्लाको कुल ६ लाख ६८ हजार १७७ घरपरिवार मध्ये ४ लाख ८५ हजार १२५ को मुख्य पेसा कृषि रहेकोमा १ लाख ८३ हजार ५३ परिवार मात्र अन्य पेसामा आश्रित छन् । बागमती प्रदेशमा मुख्य पेसा कृषि अपनाएका ४ लाख ८५ हजार १२५ घर परिवारमध्ये २ लाख ९४ हजार ३७८ परिवारलाई मात्र उत्पादित कृषि उपजबाट वर्षभरि खाना पुग्छ भने ३ लाख ७३ हजार ८०० परिवारलाई खान नपुग्ने राष्ट्रिय तथ्याङ्क कार्यालयले जारी गरेको कृषि गणना २०७८ को प्रतिवेदन उल्लेख छ ।

    बागमतीको कुल घरपरिवार मध्ये ८४ हजार ९९१ परिवारको कृषि आम्दानी २५ प्रतिशत भन्दा कम रहेको छ भने १ लाख ४० हजार ६४९ परिवारको कृषि कर्मबाट हुने आम्दानी ५० प्रतिशत भन्दा कम रहेको छ । कृषि कर्मबाट ७५ प्रतिशतसम्म आम्दानी गर्ने परिवार बागमती प्रदेशमा २ लाख ३७ हजार ५२३ परिवार र २ लाख ५ हजार १४ परिवारको आम्दानी शतप्रतिशत रहेको तथ्याङ्कमा उल्लेख छ ।

    तथ्याङ्क अनुसार प्रदेशको दोलखा जिल्लाका ४० हजार ८९४ घरपरिवार मध्ये ३३ हजार १९२ परिवार कृषिमा आबद्ध रहेका छन् भने ७ हजार ७०२ परिवार अन्य पेसा गरेर जीविकोपार्जन गर्दछन् । सो जिल्लाको कुल परिवार सङ्ख्यामध्ये १३ हजार ४२६ परिवार आम्दानीबाट वर्षभरि खान पुग्छ भने २७ हजार ४६८ परिवारको आम्दानीले वर्षभरको गुजारा टर्दैन ।

    सिन्धुपाल्चोकको ६१ हजार ८६५ परिवार मध्ये ४९ हजार ५०१ कृषिमा र १२ हजार ३६४ परिवार अन्य पेसामा आबद्ध रहेका छन् । जसमध्ये २३ हजार ९८० परिवार कृषि उपजबाट जीविका चलाउन सक्षम छन् भने ३७ हजार ८८५ परिवार लाई अझै वर्षभरि खान नै पुग्दैन । रसुवाको कुल ९ हजार ३१२ परिवार मध्ये ७ हजार ६३४ परिवार कृषिमा आबद्ध छन् । कुल परिवार मध्ये २ हजार ६१० लाई वर्षभरि कृषिबाट गुजारा चल्छ भने ६ हजार ७०२ लाई गुजारामा नै समस्या हुने गरेको तथ्याङ्कमा उल्लेख छ ।

    धादिङका कुल ६८ हजार ७८० परिवार मध्ये ५४ हजार २४० परिवार कृषिमा र १४ हजार ५४० परिवार अन्य पेसामा आबद्ध रहेका छन् । जसमध्ये २५ हजार ५१ परिवार कृषि उपजबाट आफ्नो गुजारा चलाउँछन् भने ४३ हजार ७२९ परिवारलाई कृषि उपजले वर्षभरि खान नै पुग्दैन । नुवाकोटका कुल ५६ हजार ९१५ परिवार मध्ये ४४ हजार ३७७ परिवार कृषिमा र १२ हजार ५३८ परिवार अन्य पेसमा आबद्ध छन् । जजमध्ये ३० हजार ८९१ परिवारलाई कृषि उपजबाट जीविकोपार्जन गर्न सक्षम छन् भने २६ हजार २४ परिवारलाई कृषि उपजले वर्षभरि खान नै अपुग हुन्छ ।

    काठमाडौँका ५० हजार ८५७ परिवार मध्ये २२ हजार ८४१ परिवार कृषिमा आबद्ध छन् भने २८ हजार १६ परिवार अन्य पेसाबाट जीविकोपार्जन गर्दछन् । काठमाडौँका १६ हजार ४६२ परिवारलाई कृषि उत्पादनबाट खान पुग्छ भने ३४ हजार ३९५ परिवारलाई कृषि उपजबाट खान समेत अपुग हुन्छ । भक्तपुरका २५ हजार ९८३ घरपरिवार मध्ये कृषिमा ११ हजार १५५ र अन्य पेसामा १४ हजार ८२८ परिवार आबद्ध रहेका छन् । जसमध्ये ९ हजार ४९३ परिवारलाई कृषिबाट जीविकोपार्जन गर्दछन् भने १६ हजार ४९० परिवारलाई कृषि उब्जनीले खान पुग्दैन ।

    ललितपुरका २९ हजार ९९१ परिवार मध्ये १५ हजार ९५ कृषिमा आबद्ध रहेका छन् भने १४ हजार ८९६ अन्य पेसाबाट गुजारा गर्दछन् । जसमध्ये १० हजार ८०० परिवार कृषि उब्जनीबाट वर्षभरि जीविका चलाउँछन् भने १९ हजार १९१ परिवारलाई कृषिबाट उत्पादित खाद्यान्नले खान पुग्दैन । काभ्रेका ६९ हजार ९४१ परिवार मध्ये कृषिमा ५७ हजार २७५ र अन्य पेसामा १२ हजार ६६७ परिवार आबद्ध रहेका छन् । काभ्रेका कुल परिवार सङ्ख्याको ३५ हजार ७३ परिवारलाई कृषि उब्जनीले वर्षभरि खान पुग्छ भने ३४ हजार ८६८ परिवारलाई कृषिबाट गुजारा गर्न पुग्दैन ।

    रामेछापको ४१ हजार ८६३ परिवार मध्ये कृषिमा ३१ हजार ३४६ परिवार कृषि र १० हजार १० हजार ५१७ अन्य पेसामा आबद्ध छन् । जसमध्ये १० हजार २६३ परिवारको वार्षिक गुजारा कृषि उपजबाट हुन्छ भने ३१ हजार ६०० परिवारलाई वर्षभरि कृषि उत्पादनले खान पुग्दैन । सिन्धुलीका ५४ हजार ७३५ परिवार मध्ये ४३ हजार ६२५ कृषिमा र ११ हजार ११० परिवार अन्य पेसा गर्दछन् । २६ हजार ५५२ परिवारलाई कृषि उत्पादनले वर्षभरि खान पुग्छ भने २८ हजार १८३ परिवारलाई कृषि उब्जनीले खान पुग्दैन ।

    मकवानपुरका ६७ हजार ५२३ घरपरिवार मध्ये ५४ हजार ८१५ कृषिमा र १२ हजार ७०९ परिवार अन्य पेसा गर्दछन् । जसमध्ये ३८ हजार २२२ परिवार उत्पादित कृषि बालीबाट जीविका चलाउँछन् भने २९ हजार ३०१ परिवारलाई कृषि उत्पादनबाट खानलाई पुग्दैन । चितवनका ८९ हजार ५१९ परिवार मध्ये कृषिमा ६० हजार ३१ र अन्य पेसामा २९ हजार ४८८ परिवार आबद्ध रहेका छन् । जसमध्ये ५१ हजार ५५५ परिवारको जीविकोपार्जन कृषि उपजबाट हुन्छ भने ३७ हजार ९६४ परिवारलाई कृषि उब्जनीले खान नै पुग्दैन ।

    मङ्गलबार, मङि्सर ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer