• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, भदौ २२, २०८३
☰
सोमबार, भदौ २२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

पार्टीको नाम ‘माओवादी’ नरहने, नेसपासँग एकता हुँदै


  •   मङ्गलबार, मङि्सर ०५, २०८० मा प्रकाशित
  • काठमाडौँ । माओवादी केन्द्रले नाम परिवर्तन गर्न करिब करिब सहमत भैसकेको छ । डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीसँग एकता गर्नका लागि माओवादी नाम नै परिवर्तन गर्न सहमत भएको स्रोतले जनाएको छ ।

    Advertisement

    माओवादी केन्द्रसँग पार्टी एकीकरण गर्ने सैद्धान्तिक सहमति गरेको नेपाल समाजवादी पार्टी (नेसपा) ले एकीकृत पार्टीको नाममा नेकपा राख्ने कि नराख्ने भन्ने निर्णय लिन बैठक बोलाएको भए पनि त्यो औपचारिक मात्रै हुुने नेसपाका एक नेताले भने ।

    उनका अनुसार माओवादी केन्द्रले नेकपा समाजवादी राख्न सहमत भैसकेकाले एकीकरणपछि ‘माओवादी’ भन्ने शब्द नै हट्ने भएको छ ।

    बुधबारदेखि शुरु हुने केन्द्रीय समितिको बैठकको एजेन्डा तय गर्न मंगलबार बसेको कार्यकारिणीको बैठकले नामका विषयमा टुंगो लगाएको छ ।

    ‘माओवादी केन्द्रको स्थानमा नेकपा समाजवादी पार्टी नामकरण गर्ने भएपछि मात्रै एकीकरणको प्रकृया टुुंगिएको हो’, नेसपाका ती नेताले भने ।

    पार्टी स्रोतका अनुसार केन्द्रीय समितिको बैठकले पार्टीका अध्यक्ष बाबुराम भट्टराईकै नेतृत्वमा उच्चस्तरीय संवाद समिति बनाउने एजेन्डामा छलफल गर्ने छ ।

    उक्त समितिले एकीकृत पार्टीको नाम, झन्डा, न्यूनतम साझा कार्यक्रम लगायतका विषयमा टुंगो लगाउने भएको छ । केन्द्रीय समितिको बैठक काठमाडौँको जडीबुटीमा बस्ने भएको र नेकपा माओवादी हटाउने सहमतिपछि मात्रै नेसपाको बैठक बस्ने भएको हो ।

    माओवादी केन्द्र सरकारमै रहेका बेला आफ्नो नाम हटाउने कसरत गर्दा उपेन्द्र यादवको जनता समाजवादी पार्टी, एमालेबाट विभाजित भएको नेकपा एस र बाबुरामको समाजवादी पार्टीलाई आफ्नो पार्टीमा ल्याउने उद्देश्य राखेको थियो ।

    तर अन्य पार्टी नआए पनि नाम हटाएपछि बाबुरामको पार्टी भने जोडिने निश्चित जस्तै भएको छ ।

    ‘भोलिसम्म अर्को कुनै चलखेल नभएमा माओवादी केन्द्रको नाम परिवर्तन गरेर हाम्रो पार्टी एकता हुन्छ’, बाबुराम निकटका एक वरिष्ठ नेताले भने ।

    यसअघि बाबुराम भट्टराईको समाजवादी पार्टीमा पनि विवाद भएको र नेकपा एसले तत्काल एकता हुन नसक्ने सन्देश दिएपछि माओवादीको यो उद्देश्य सफल हुन सकेको थिएन ।

    राज्यविरुद्ध विद्रोह गरेको माओवादी केन्द्रलाई आफ्नो नामप्रति मोह भंग भएको आशंका गरिएको छ ।

    ‘माओवादी नामप्रति मोह भंग भएको होइन, समाजवादी पार्टी निर्माण गर्दा मुलुकमा बलियो दल स्थापित हुनसक्छ भन्ने धारणा हो हामी यो अभियानमा छौँ’, नेसपासँग वार्ता समितिमा रहेका माओवादीका एक उच्च नेताले भने ।

    माओवादी नामले दश वर्ष सशस्त्र युद्धबाट हलचल र १८ वर्ष शान्तिपूर्ण बाटो लिएपछि नाम फेर्ने तयारी गर्दा पार्टीभित्र केही नेता कार्यकर्ता भने सन्तुष्ट हुन सकेका छैनन् ।

    एमाले र माओवादीसँग २०७५ जेठमा पार्टी एकता भएपछि माओवादी नाम परिवर्तन गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राखिएको थियो ।

    २०७७ फागुन २३ मा सर्वोच्च अदालतले नेकपा पहिले नै दर्ता भइसकेको भन्दै एमाले र माओवादीको एकता खारेज गरिदिएको थियो ।

    गत भदौ २५ मा पदाधिकारी बैठकले अरू कम्युनिष्ट पार्टीसँग एकता सफल पार्न माओवादी नाममा आगामी महाधिवेशनसम्म नाम फेर्ने निर्णय गरेको थियो  ।

    ‘नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र अन्य कम्युनिस्ष्ट घटकहरूसँग पार्टी एकताको विषयमा गम्भीर ढंगले वार्ता, संवाद र छलफल भइरहेको सन्दर्भमा पार्टी एकतालाई सफल तुल्याउनका लागि नेपाल कम्युनिष्ट पार्टीको पछाडि कोष्ठमा रहेको माओवादी केन्द्रका बारेमा आगामी महाधिवेशनमा छलफल गरी आवश्यक निर्णय गर्न सकिनेछ’ पदाधिकारी बैठकको निर्णयमा भनिएको थियो ।

    त्यसलाई नै माओवादीले तल्लो तहसम्म सर्कुलर गरेको थियो । पार्टी विधानमा भने माक्र्सवाद–लेनिनवादका साथै माओवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा व्याख्या गरेको छ ।

    ‘मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद–माओवाद हो । पार्टीले आजको समाजमा रहेका वर्गहरूको अस्तित्व, वर्गहरूबीचको अन्तर्विरोध र वर्ग सङ्घर्षलाई समाज विकासको अनिवार्य एवं मुख्य आधार मान्दछ’, माओवादीको विधानमा भनिएको छ ।

    एमालेसँग एकता भएपछि उसले त्यतिबेला माओवाद छाडेको थियो । सर्वाेच्चले दुई पार्टी अलग गरेपछि पुनः माओवादलाई अँगालेर विधानमा उल्लेख गर्यो । २०५२ फागुनमा सशस्त्र युद्ध शुरु गर्नुअघि तत्कालीन नेकपा एकता केन्द्रले नाम परिवर्तन गरी नेकपा माओवादी गर्यो ।

    आमनिर्वाचनअघि माओवादी र पूर्वमाओवादी नेता भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीसँग एकताको तयारी थियो ।

    माओवादी नाम परिवर्तन गरी नेकपा (समाजवादी) नाम राख्ने अनौपचारिक निर्णय भए पनि निर्वाचनको परिणाम आएपछि एकता अवरुद्ध भएको थियो  ।

    मङ्गलबार, मङि्सर ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    भर्खरै

    • १.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • २.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • ३.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer