• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, असार १०, २०८३
☰
बुधबार, असार १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

उमेर अनुसार मानिसले दैनिक कति समय हिँड्नै पर्छ


  •   बुधबार, मङि्सर ०६, २०८० मा प्रकाशित
  • काठमाडौं । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार प्रत्येक ४ मध्ये एक व्यक्तिको दैनिक हिडाईं पर्याप्त मात्रामा पुगेको छैन। किशोरवस्थाका बालबालिकाहरु ८० प्रतिशत भन्दा बढी पर्याप्त मात्रामा नहिँडेको विश्व स्वास्थ्य संगठनको तथ्यांक रहेको छ। अपर्याप्त मात्रामा हिडाईका कारण मुटु रोग तथा कम उमेरमा मृत्युको जोखिम २० देखि ३० प्रतिशतले बढ्ने गर्छ। नियमित हिडाईं शारीरिक तथा मानसिक दुवै स्वास्थ्यका लागि फाइदाजनक हुने गर्छ।

    Advertisement

    उच्च रक्तचाप ,मधुमेह, कोलेस्ट्रोल,मस्तिष्कघात, हृदयघात जस्ता रोगहरुको सम्भावनालाई शारीरिक सक्रियताले घटाउन सकिन्छ।विभिन्न प्रकारका क्यान्सरहरुका जोखिम न्यूनीकरणका लागि पनि शारीरिक सक्रियता महत्वपूर्ण मानिन्छ। स्तन तथा आन्द्राको क्यान्सरलाई घटाउनका लागि सक्रिय जीवनशैली आवश्यक पर्ने गर्छ। पर्याप्त मात्रामा हिँड्ने मानिसहरुको मानसिक स्वास्थ्य राम्रो भएको हामी पाउँछौं। पर्याप्त मात्रामा हिँड्ने मानिसहरुको हाडजोर्नी समेत बलियो हुने गर्छ।

    कति हिँड्न जरुरी?
    मानिसहरुमा यसबारेमा थुप्रै भ्रमहरु रहेको पाइन्छ। अधिकांश मानिसहरुमा दैनिक कति हिँड्नुपर्छ भन्ने कुराको ज्ञान छैन। कोही व्यक्ति लामो समयदेखि शारीरिक रुपमा निक्रिय रहेको छ भने चाँडै मृत्यु हुने जोखिम बढी हुन्छ। यदि उमेर ढल्केका मानिसहरु समेत हिँड्नु हुँदैंन भने मृत्युको जोखिम बढ्ने गर्छ। सक्रिय जीवनशैली भएका मानिसहरुले आफूलाई अचानक हुने मृत्युबाट जोगाउन सक्छ।

    दुर्भाग्यको कुरा भन्नुपर्छ आजको विश्वमा विकास भइरहेका विभिन्न प्रकारका खोज तथा अनुसन्धानले हामीलाई निस्क्रिय जीवन दिइरहेका छन्। त्यसैले आज मानिसहरु दिन प्रतिदिन शारीरिक रुपमा निष्क्रिय भइरहेको अवस्था छ। यसबारे ज्ञान हुँदाहुँदै पनि हामीले यसको समाधान गर्न सकेको अवस्था छैन।

    मानव शरीरको निर्माण प्रतिदिन ६० किलोमिटरसम्मको हिडाईलाई थेग्न सक्ने गरी बनाइएको मैले एक लेख पढेर थाहा पाएँ। हिडाईंका कारण मानव शरीरमा आउने पसिनाले मान्छेलाई झनै बढी उर्जा दिने विभिन्न अनुसन्धानहरुबाट पत्ता लगाइएको छ। गाउँ तथा सहर बसाईंका क्रममा मानिसहरुको हिडाईंमा फरक पर्नेगर्छ। सहरीया जीवनशैलीले मानिसलाई अल्छीपना उपहार दिएको छ। जसका कारण गाउँमा भन्दा सहरका मानिसहरु उच्च रक्तचाप, मधुमेह, मोटोपना, कोलेस्ट्रोरेल जस्ता समस्याबाट पिडित भएका छन्।

    विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक व्यक्तिले दैनिक आधा घन्टा हिड्नुपर्ने हुन्छ। आधा घन्टामा उसले छिटो छिटो तीन किलोमिटरसम्म हिड्नुपर्ने हुन्छ। विस्तारै हिँड्नेहरुले दैनिक ५ किलोमिटर हिँड्नु आवश्यक छ। मांशपेशी चलाउने शारीरिक व्यायाम सातामा एक पटक मानव शरीरलाई आवश्यक पर्छ। विश्व स्वास्थ्य संगठनका अनुसार उच्च रक्तचाप, कोलेस्ट्रोरेल , मधुमेह जस्ता समस्या भएका व्यक्तिहरुले यसको दोब्बर हिँड्नुपर्ने हुन्छ। २० वर्ष उमेर काटिसकेपछि सहरमा बस्ने जोसुकैलाई पनि प्रेसर, सुगर जस्ता समस्या आउने गर्छन्। त्यसैले त्यस्ता व्यक्तिले दैनिक ६० मिनेट हिड्ँनैपर्ने हुन्छ।

    उमेर बढ्दैं जाँदा मानिसमा रोग पनि बढ्दै जाने गर्छ। प्रदुषण तथा वंशाणुगत कारणले लाग्ने रोग बाहेक अन्य रोगहरु लाग्न नदिनका लागि मानिसको प्रयत्नले पनि काम गर्छ। मानिसले शारीरिक व्यायामद्वारा भने रोग लाग्ने सम्भावनालाई भने कम गर्न सक्छ।

    कुन उमेरका मानिसले दैनिक कति समय हिँड्ने?
    ३० वर्षभन्दा कम उमेरका व्यक्तिले दैनिक आधा घन्टा हिँड्नैपर्ने हुन्छ। ३० देखि ४५ वर्षसम्मका मानिसहरुले दैनिक ४५ मिनेटसम्म हिँड्नुपर्ने हुन्छ। ४५ वर्षदेखि ६० वर्षसम्मका मानिसले भने दैनिक १ घन्टासम्म हिँड्नु फाइदाजनक हुन्छ। त्यस्तै ६० देखि ८० वर्षका मानिसहरुले दैनिक विस्तारै २ घन्टा हिडेको स्वास्थ्यका लागि हितकर हुन्छ। यसरी हिडेमा अचानक हुने मृत्यु तथा अन्य स्वास्थ्य समस्याबाट बँच्न सकिन्छ।

    मेरो उपचार अनुभवमा शारीरिक रुपमा सक्रिय जीवनशैली अपनाउने बिरामीहरुमा कमै रोग पत्ता लागेको पाएको छु। तर जो व्यक्ति शारीरिक रुपमा निष्क्रीय छ त्यस्ता व्यक्तिलाई सुगर,प्रेसर लगायतका विभिन्न रोगहरुको बढी लागेको पाउन सकिन्छ। शारीरिक रुपमा सक्रिय जीवनशैली अपनाउने मानिसहरु मानसिक रुपमा समेत स्वस्थ भएको पाइन्छ। शारीरिक रुपमा सक्रिय जीवनशैली अपनाएमा मुटु रोग लाग्ने सम्भावना घटाउनका लागि महत्वपूर्ण भूमिका खेल्नेछ।(साभार)

    बुधबार, मङि्सर ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ८ गते (२२

    • ४.
      आज २०८३ साल असार ६ गते (२०

    • ५.
      आज २०८३ साल असार ९ गते (२३

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer