• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, बैशाख १४, २०८३
☰
सोमबार, बैशाख १४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

बालबालिकालाई भावनात्मक रुपमा बलियो बनाउने यस्ता छन् ६ उपाय


  •   बुधबार, मङि्सर ०६, २०८० मा प्रकाशित
  • काठमाडौं । आजभोलि हरेक क्षेत्रमा प्रतिस्पर्धा निकै बढेको छ । यस्तो अवस्थामा बच्चालाई शारीरिक र भावनात्मक रूपमा बलियो बनाउनु अभिभावकको दायित्व हो । यदि बच्चा भावनात्मक रूपमा बलियो छ भने उसले हरेक कठिनाइलाई सजिलै पार गर्न सक्छ ।

    Advertisement

    भावनात्मक रूपमा बलियो हुनुले बच्चालाई समस्याहरुको सामना गर्न सक्षम बनाउँछ । साथै, उनीहरू चुनौती र असफलतामा पनि हार मान्दैनन् र निरन्तर प्रयास जारी राख्छन् । बच्चा भावनात्मक रूपमा बलियो हुनु धेरै महत्त्वपूर्ण छ । किनकि जो बच्चा भावनात्मक रूपमा बलियो हुँदैनन्, उनीहरूले परीक्षामा कम अंक ल्याउँदा पनि ठूलै गल्ती गरे भन्ने ठान्छन् ।

    यस्तो अवस्थामा आमाबाबुले बच्चालाई बाल्यकालदेखि नै भावनात्मक रूपमा बलियो बनाउनु अति आवश्यक छ । त्यसका लागि अभिभावक आफैं पनि भावनात्मक रूपमा बलियो हुनुपर्छ । किनकि अभिभावकलाई हेरेर नै बच्चाले धेरै कुरा सिकिरहेका हुन्छन् ।

    बच्चालाई भावनात्मक रूपमा बलियो कसरी बनाउने ?

    बच्चालाई गाली नगर्ने

    बच्चालाई भावनात्मक रूपमा बलियो बनाउने तरिका उसलाई सानो-सानो कुरामा गाली गर्नु होइन । सानातिना गल्तीका लागि बच्चालाई हप्काउनुभयो भने त्यसले बच्चालाई भावनात्मक रूपमा कमजोर बनाउँछ र उसको आत्मविश्वास घट्न थाल्छ ।

    बच्चाले केही गल्ती गर्दा उसलाई त्यही गल्ती फेरि नगर्न प्रोत्साहित गर्नुपर्छ । साथै, यदि बच्चाले कुनै काम गर्न मान्दैन भने उसलाई मायापूर्वक सम्झाइबुझाइ गर्नुपर्छ ।

    बच्चाले आफ्नो कुरा खुलेर भन्न सक्ने वातावरण सिर्जना गरिदिने

    अभिभावकले बेलाबेलामा आफ्नो कुरा बच्चालाई सुनाउने र उसको कुरा पनि सुनिदिने गर्नुपर्छ । यस्तो गर्दा बच्चाले यो कुराले मलाई शारीरिक, मानसिक र भावनात्मक रूपमा असर गरेको छ भनेर अभिभावकलाई बताउन सक्छ । बच्चाले बताएको सबै कुरालाई राम्ररी सुनिदिएर तिम्रो साथमा हामी छौं भनिदिंदा पनि उनीहरू भावनात्मक रूपमा बलियो हुन्छन् ।

    बच्चाहरू जब किशोरावस्थामा पुग्छन् त्यो बेला उनीहरू धेरै भावनामा बहकिने हुन सक्छ । त्यो बेला उनीहरूलाई भावनालाई कसरी नियन्त्रण गर्ने भन्ने कुरा सिकाइयो भने पनि उनीहरू भावनात्मक रूपमा बलियो हुन्छन् ।

    बच्चालाई समयको महत्त्व सिकाउने

    समय बित्दै जाँदा प्रविधिमा तीव्र परिवर्तन भइरहेको छ । साथै बालबालिकाको व्यवहार र आत्मविश्वासमा पनि परिवर्तन देखिएको छ । आजको समयमा बालबालिकाले सानैदेखि धेरै कुरा सिक्छन् । यस्तो अवस्थामा बच्चालाई सही समयमा सही काम गर्न प्रोत्साहन दिनुपर्छ । उनीहरूलाई समयको महत्त्व बुझाउनुपर्छ । यसले बच्चामा आत्मविश्वास पैदा गर्नेछ ।

    समस्या समाधान गर्ने सीप सिकाउने

    जीवन चुनौतीहरूले भरिएको छ । त्यसैले बच्चालाई ती चुनौतीसँग कसरी लड्ने भनेर सिकाउनु आवश्यक छ । उनीहरूलाई निर्णय प्रक्रियामा समावेश गराएर समस्या समाधान गर्ने सीप विकास गर्न मद्दत गर्नुपर्छ । बच्चालाई आलोचनात्मक रूपमा सोच्न र दैनिक समस्याको समाधान गर्न प्रोत्साहन दिनुपर्छ ।

    सकारात्मक सोचको विकास गर्न सहयोग गर्ने

    बच्चाहरूमा सकारात्मक सोचको विकास गर्नु पनि महत्त्वपूर्ण हुन्छ । हरेक चुनौतीलाई पार गर्ने उपाय हुन्छन् । त्यसैले लगातार प्रयास, लगनशीलता र गल्तीबाट सिक्ने क्षमतालाई बढाउनुपर्छ । सिकाइ प्रक्रियाको स्वभाविक भागको रूपमा चुनौतीहरूलाई स्वीकार गर्ने मानसिकता विकास गरेर, बालबालिकाहरूले लचिलोपन र अवरोधहरूबाट पुनः प्राप्ति गर्ने क्षमता विकास गर्छन् ।

    परिवारको महत्त्व बुझाउनुहोस्

    बलियो, सकारात्मक सम्बन्ध निर्माण गर्न भावनात्मक बल आधारशीला हो । आफ्ना बच्चालाई परिवार र साथीहरूसँग राम्रो सम्बन्ध विकास गर्न प्रोत्साहन गर्नुपर्छ । बच्चालाई अरूसँग राम्रो सम्बन्ध बनाउँदाका फाइदा बताउनुपर्छ । परिवार, साथीभाइ र सहकर्मीको सहयोगले बच्चाले हरेक कठिन परिस्थितिबाट सजिलै बाहिर निस्कन सक्छन् ।

    आमाबाबु बच्चाका लागि रोल मोडल हुन् । यस्तो अवस्थामा बच्चालाई हरेक चरणमा साथ दिनुपर्छ । उसलाई केही नयाँ काम गर्न को लागि उत्प्रेरित गर्नुपर्छ । उनीहरूलाई राम्रो व्यक्ति बन्न प्रोत्साहन दिनुहोस् । (साभार)

     

    बुधबार, मङि्सर ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer