• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, बैशाख १४, २०८३
☰
सोमबार, बैशाख १४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

यसवर्ष चार हजार भन्दा बढी शिक्षकको विज्ञापन आह्वान हुने


  •   बुधबार, मङि्सर ०६, २०८० मा प्रकाशित
  • काठमाडौँ । स्थायी शिक्षकको पदपुर्ती गर्ने निकाय शिक्षा सेवा आयोगले आफ्नो तालिका अनुसार बिभिन्न समयमा माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तहको स्थायी शिक्षक पदपुर्तीको लागी दरखास्त आव्हान गर्दछ । जस अनुसार माध्यमिक तहको पुस/माघ, निम्न माध्यमिक तहको फाल्गुण/चैत्र, र प्राथमिक तहकोलागी बैशाख/जेस्ठको समय निर्धारण गरेको छ । सोही अनुसार यस वर्ष देशभरबाट ४ हजार भन्दा बढी स्थायी शिक्षक (रिक्त हुने) पदको विज्ञापन हुने भएको छ । २०८० को वैशाखदेखि २०८० को चैतसम्म प्रावि, निमावि र मावि तहका ४ हजार ३२५ शिक्षकको पद रिक्त हुन लागेको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले उक्त रिक्त पदको विवरण यकिन गर्न ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गरेको छ ।

    Advertisement

    केन्द्रले सार्वजनिक गरेको विवरण अनुसार प्रावि तह तर्फ ३ हजार १७९ शिक्षक पद रिक्त हुनेछ । त्यस्तै निमावि तहमा ७४४ र मावि तहमा ४०२ पद रिक्त हुनेछ । निमावि तर्फ नेपाली विषयका ११३ जना शिक्षकको पद रिक्त हुनेछ । त्यस्तै अङ्ग्रेजीका १६४, गणितका १३६, गणित विज्ञानका ४०, विज्ञान १६९, सामाजिक अध्ययन ११९, ऐच्छिक प्रथमका १ गरी ७४४ शिक्षकको पद रिक्त हुन लागेको हो ।
    त्यस्तै मावि तर्फ नेपालीका ६३ जना, अङ्ग्रेजीका ७०, गणितका ८७, विज्ञानका १०९, सामाजिक अध्ययनका ४७, ऐच्छिक प्रथम ९ र ऐच्छिक द्वितीय१७ गरी ४०२ शिक्षक पद रिक्त हुने केन्द्रले जनाएको छ ।

    केन्द्रले सार्वजनिक गरेको विवरणमा संशोधन गर्नुपर्ने भएकोमा कारणसहित सूचना प्रकाशित भएको सात दिनभित्रमा पेस गर्न भनेको छ । संशोधनको लागि कुनै विवरण नआएको खण्डमा अहिले सार्वजनिक गरेको विवरण नै शिक्षक सेवा आयोगलाई पठाइने जनाएको छ । उक्त विवरण पछि संशोधन हुन नसक्ने केन्द्रका निर्देशक प्रेम भट्टराईले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

    शिक्षक सेवा आयोगले विज्ञापनका लागि विवरण सङ्कलन गरेको थियो । उक्त विवरणमा केही संशोधन गर्नुपर्ने भएमा त्यसका लागि समय दिएर केन्द्रमा पठाएको हो । शिक्षक सेवा आयोगले सोही आधारमा शिक्षक पदपूर्तिका लागि विज्ञापन आह्वान गर्नेछ ।

     

    बुधबार, मङि्सर ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer