• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, बैशाख १४, २०८३
☰
सोमबार, बैशाख १४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

छिमेकी विद्यालय बचाउदै भक्तपुरको एक सामुदायिक मावि


  •   बिहिबार, मङि्सर ०७, २०८० मा प्रकाशित
  • काठमाण्डौ । विद्यार्थी अभावका कारण बन्द हुने अवस्थामा पुगेका भक्तपुर नगरपालिकाका लिवालीमा रहेको भीम आदर्श मावि तथा सिद्धि शारदा प्रावि, भक्तपुर नगरपालिका– १० क्वाख्डौंमा रहेको ब्रह्मचारिणी आधारभूत मावि, ब्रह्मायणी आधारभूत विद्यालय र सरस्वती विद्यागृह माविलाई विद्यार्थी दिएर बागिश्वरीले अभिभावकको भूमिका निभाएको छ ।

    Advertisement

    देशभरका सामुदायिक विद्यालयहरूमा विद्यार्थी संख्या न्यून हुँदै गइरहेको छ । विद्यार्थी संख्या घट्दै जाँदा कतिपय विद्यालय बन्दसमेत भएका छन् भने कतिपयको अस्तित्व संकटमा छ । यस्तै, संकटग्रस्त विद्यालयहरूलाई भने भक्तपुरको अर्को विद्यालयले विद्यार्थी दिएर बचाइरहेको छ ।

    भक्तपुरको बागिश्वरी माविले आफ्नो विद्यालयमा पढ्न आएका विद्यार्थीलाई अन्य सामुदायिक विद्यालयमा पठाउँदै आएको छ । विद्यार्थी अभावका कारण बन्द हुने अवस्थामा पुगेका छिमेकी विद्यालयलाई विद्यार्थी दिएर बागिश्वरीले अभिभावकको भूमिका निभाएको छ । भक्तपुरको च्यामासिंह र कमलविनायकमा रहेको बागिश्वरी माविमा हाल विद्यालय तहमा चार हजार एक सय १६ विद्यार्थी अध्ययनरत छन् । सामुदायिक विद्यालय भएर पनि विद्यार्थीको चाप रहेको यस माविले कैयौँ विद्यालयलाई पनि हराभरा पारेको छ । बागिश्वरीले लिवालीस्थित भीम आदर्श मावि, भक्तपुर नगरपालिका– १० क्वाख्डौँमा रहेको ब्रह्मचारिणी आधारभूत मावि, ब्रह्मायणी आधारभूत विद्यालय, सिद्धि शारदा प्रावि, सरस्वती विद्यागृह माविलगायतलाई विद्यार्थी दिँदै आएको छ ।

    ज्ञानसागर प्रजापति प्लस २ इन्चार्जका अनुसार, बागिश्वरी मावि पठनपाठनमा कमीकमजोरी नहुने गरी विद्यालय, अभिभावक र विद्यार्थीसँगको सहमतिमा नै छिमेकी विद्यालयमा विद्यार्थी पठाइरहेका छौँ । विद्यार्थी पठाएको विद्यालयमा बागिश्वरीले समय–समयमा अनुगमन तथा अवलोकनसमेत गर्दै आएको छ । एउटा विद्यालयले विद्यार्थी दिएर सहयोग गरेको अन्यन्त्र उदाहरण छैन, छिमेको विद्यालय बन्द भएको हेर्न सक्दैनौँ ।

    बागिश्वरीका कक्षा ११ र १२ इन्चार्ज ज्ञानसागर प्रजापतिका अनुसार पठनपाठनमा कमीकमजोर नहुने गरी विद्यालय, अभिभावक र विद्यार्थीसँग सहमतिमा नै छिमेकी विद्यालयमा विद्यार्थी पठाइको हो । विद्यार्थी पठाएको विद्यालयमा बागिश्वरीले समय–समयमा अनुगमन तथा अवलोकनसमेत गर्दै आएको छ । ‘एउटा विद्यालयले विद्यार्थी दिएर सहयोग गरेको अन्यन्त्र उदाहरण छैन, छिमेको विद्यालय बन्द भएको हेर्न सक्दैनौँ,’ उनले भने, ‘ती विद्यालयको अस्तित्व जोगाउन विद्यार्थी दिएका हौँ । यसो हुँदा पठनपाठनबारे पनि हामीले नै वेलावेलामा अवलोकन गर्छौँ ।’

    ६ महिनाअघि बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका शिक्षा निर्देशक पूर्णप्रसाद नेपालीको टोली भक्तपुरका विद्यालयहरूको अनुगमन गरेको थियो । सो क्रममा निर्देशक नेपालीले बागिश्वरीले गरिरहेको अभ्यासको प्रशंसा गरेका थिए ।

    लिवालीमा रहेको भीम आदर्श मावि बागिश्वरीले जोगाएको मध्येको एक हो । ६ वर्षअघि यस विद्यालयमा जम्मा १८ जना मात्रै विद्यार्थी थिए । तत्कालीन जिल्ला शिक्षा कार्यालयले त्यसवेला आदर्श माविलाई मर्ज गर्न खोजेको थियो । तर, बागिश्वरीले विद्यार्थी दिएर सहयोग गर्‍यो । त्यतिवेला बागिश्वरीले एक सयभन्दा बढी विद्यार्थी दिएको थियो । यस माविमा हाल ८२ जना विद्यार्थी अध्यनरत छन् । विद्यार्थी फेरि न्यून हुन थालेको भन्दै आदर्श माविले बागिश्वरीको सहारा माग्न थालेको छ । विद्यालयमा १५ भन्दा बढी शिक्षक कर्मचारी छन् ।

    भक्तपुर नगरपालिका– १० क्वाख्डौंमा रहेको ब्रह्मचारिणी आधारभूत मावि पनि विद्यार्थी अभावका कारण बन्द हुने अवस्थामा पुगेको थियो । तीन वर्षअघि विद्यालयमा दुईजना मात्रै विद्यार्थी थिए । विद्यार्थी कम भएर मर्ज गर्नेबारे बहस चलिरहेकै वेला बागिश्वरीले विद्यार्थी दिएर अस्तित्व बचाइदियो । त्यतिवेला बागिश्वरीले ५० जनाभन्दा बढी विद्यार्थी दिएको थियो । तर, अहिले फेरि यहाँ विद्यार्थी घट्दै गएका छन् । विद्यालयको तल्लो तह अर्थात् प्रि–प्राइमेरीमा अध्ययनरत विद्यार्थी संख्या कम हुँदा माथिल्ला तहमा पनि विद्यार्थी घट्दो अवस्थामा छ । यो विद्यालयमा नर्सरीमा २० जना विद्यार्थी छन् । विद्यालय सञ्चालन भइरहेको भवन पनि बागिश्वरीकै हो ।

    बागिश्वरीले विद्यार्थी बाँडेर सञ्चालन भएको अर्को विद्यालय ब्रह्मायणी आधारभूत विद्यालय हो । यो बागिश्वरीमातहत नै छ । ०४८ सालमा बागिश्वरीले आफ्ना विद्यार्थी कटौती गरेर ब्रह्मायणीमा सारेको थियो । यस विद्यालयका संस्थापक अध्यक्ष ज्ञानसागर प्रजापति हुन् भने उनैको अग्रसरतामा ब्रह्मायणीको अस्तित्व जोगिएको छ । हाल यस विद्यालयमा एक सय १२ जना विद्यार्थी छन् ।

    लिवालीमा रहेको सिद्धि शारदा प्राविमा पनि ६ वर्षअघि विद्यार्थी संकट भयो । तत्कालीन समयमा यसलाई मर्ज गर्ने छलफल चलिरहे पनि बागिश्वरीले नै विद्यार्थी दिएर अस्तित्व जोगाइदियो । ६ वर्षअघि यस विद्यालयमा विद्यार्थी संख्या शून्य थियो । तत्कालीन समयमा त्यसमा कार्यरत सबै शिक्षक जिल्ला शिक्षा कार्यालयले बागिश्वरीमा पठायो । तर, बागिश्वरीले विद्यार्थी दिएर सहयोग गर्ने भए पनि शिक्षकहरू पनि फिर्ता भए भने विद्यालयको अस्तित्व पनि जोगियो । हाल विद्यालयको आफ्नै भवन छ भने करिब एक सयजना विद्यार्थी अध्ययनरत छन् ।

    चालू शैक्षिक सत्रमा भक्तपुरमै रहेको सरस्वती विद्यागृह मावि पनि विद्यार्थी खडेरी भएर बन्द हुने अवस्था आयो । कक्षा १० सम्म जम्मा एक सय विद्यार्थी मात्रै थिए । नगरपालिकाले यस विद्यालयलाई मर्ज गर्ने तयारीसमेत गरेको थियो । तर, बागिश्वरीले एक सयजनाभन्दा बढी विद्यार्थी पठाएपछि विद्यालयको अस्तित्व जोगिएको छ । ‘बागिश्वरीमा भर्ना हुन आएकालाई सरस्वतीमा पठायौँ,’ बागिश्वरी माविका कक्षा ११ र १२ इन्चार्ज ज्ञानसागर प्रजापतिले भने, ‘आफ्नैमातहत र क्यालेन्डर एउटै छ भनेर विद्यार्थी र अभिभावकलाई मनाएपछि उहाँहरू सहमत हुनुभयो,’ उनले भने, ‘हाल यस विद्यालयमा तीन सय विद्यार्थी छन् ।’ सरस्वती विद्यालय गृहबाट गत वर्ष आठजनाले मात्रै एसइई दिएका थिए भने यसपटक १५ जना विद्यार्थी कक्षा १० मा अध्ययनरत छन् । यस विद्यालयका लागि बागिश्वरीले नै प्राइमरी भवन निर्माण गरिदिएको छ ।

    बिहिबार, मङि्सर ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer